२५ फागुन २०८२, सोमवार

गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्

प्रोफाईल खबर २५ फागुन २०८२, सोमवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले गगन थापाको राजीनामा माग्नेहरूलाई कांग्रेसकै "अन्तरघाती" र "घन्टीमा भोट दिने" व्यक्ति भएको बताएका छन्।
  • सिंहलाई हालै सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद र रु १ करोड २३ लाखभन्दा बढी जरिवाना तोकेको छ।

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले पार्टी सभापति गगन थापाको राजीनामा माग्नेहरू कांग्रेसभित्रकै अन्तरघाती भएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाजु समेत रहेका सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुकमा उनले लेखेका छन्, “गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरू नेपाली कांग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरू हुन्।”

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ बाट पराजित भएपछि पार्टीभित्रैबाट नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ।

राजनीतिक वृत्तमा थापालाई सर्लाहीमा उम्मेदवार बनाउन बिरेन्द्र र सुरेन्द्रको भूमिका रहेको चर्चा पनि छ। निर्वाचनमा हार व्यहोरेपछि उनीहरूकै कारण थापा सर्लाहीमा पराजित भएको भन्दै स्थानीय कार्यकर्ताबीच असन्तुष्टि बढेको बताइन्छ।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट