२ चैत २०८२, सोमवार

‘द हाईट रेष्ट्रो एण्ड वेलनेश’ ले सुरु गर्यो सेवा

प्रोफाईल खबर १ चैत २०८२, आइतवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • काठमाडौंको महाराजगञ्जमा २० करोड लगानीमा प्रिमियम ग्राहकलाई लक्षित गरी 'द हाइट रेष्ट्रो एण्ड वेलनेश' सञ्चालनमा आएको छ।
  • यहाँ अन्तर्राष्ट्रिय प्रविधियुक्त जिम, स्पा, स्वीमिङ पुलजस्ता वेलनेश सुविधाहरूका साथै रेष्टुरेन्ट र उपत्यकाको ३६० डिग्री भ्यूको अनुभव लिन सकिन्छ।

 

काठमाडौं । शहरको कोलाहलबाट फुर्सद लिएर स्वास्थ्यका लागि समय निकाल्न चाहने प्रिमियम ग्राहकलाई लक्षित गरेर द हाइट रेष्ट्रो एण्ड वेलनेश आजदेखि सञ्चालनमा आएको छ । ६ जना उद्यमीहरुले करब २० करोड लगानीमा महाराजगञ्जस्थित सेल्सबेरी भवनको टपमा ‘द हाईट’ सञ्चालनमा ल्याएका हुन् । ‘द हाईट’ मा भरत खत्री, रमेश कुँवर, जितेन्द्र ठकुरी, सन्तोष कार्की, राजु अवस्थी र रामशरण रिमालको संयुक्त लगानी छ । 
शनिबारदेखि सञ्चालमा आएको ‘द हाईट’ मा अन्तर्राष्ट्रिय प्रविधियुक्त जिम, स्पा, साउना, स्टिम, जकुजी, स्वीमिङ पुलसहितको रेष्ट्रोको सुविधा रहेको छ । नेपालमै पहिलोपटक लाइफ फिटनेश अमेरिकाका उपकरणजडित जिम र नेपालकै उत्कृष्ट हेल्थ क्लबको रुपमा ‘द हाईट’ ले सेवा सुरु गरेको सञ्चालकहरुको भनाई छ । 
विगतमा विभिन्न व्यवसायमा जमेका उद्यमीहरुले ६० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनेगरी पहिलोपटक हस्पिटालिटी बिजनेशमा लगानी गरेका हुन् । 
‘द हाईट’ का अध्यक्ष भरत खत्रीले स्वाद र स्वास्थ्य दुवै खोज्नेहरुका लागि ‘द हाईट’ नै उत्कृष्ट गन्तव्य बन्ने बताए । ‘मिठो स्वादका लागि रेष्ट्रो छ । स्वस्थ जीवनका लागि वेलनेश सर्भिसहरु छ । त्यसैले छोटो समयमै सबैको मन जित्ने गरेर मेहेनत गरेका छौं’, खत्रीले भने । ‘द हाईट’ बाट काठमाडौं उपत्यकाको ३ सय ६० डिग्रीकै भ्यू हेर्न सकिन्छ ।
शनिबार ‘द हाईट’ को औपचारिक उद्घाटन समारोहमा सहभागिहरुले त्यहाँ उपलब्ध सुविधा, एम्बियन्स र स्वादको प्रशंसा गरेका थिए । 

 

 

 

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट