गगनको पक्षमा गोपालमान : ‘संकटमा नेतृत्व त्याग्नु हुँदैन’
प्रोफाईल खबर
२७ फागुन २०८२, बुधवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचन परिणामपश्चात् भइरहेको आलोचनाबीच सभापति गगनकुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन्।
- उनले यसलाई जनताको परिवर्तनको चाहना बुझ्न नसकेको चेतावनीको रूपमा लिँदै पार्टीलाई समयसापेक्ष रूपान्तरण गरी युवाका आकांक्षा समेट्न आवश्यक रहेको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि उठिरहेको आलोचना र राजीनामाको प्रसङ्गबीच श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सभापति थापालाई सम्बोधन गर्दै उनले अहिलेको कठिन अवस्थामा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैका लागि हितकर नहुने बताएका छन्। श्रेष्ठका अनुसार निर्वाचनको परिणामलाई नेतृत्वको असफलताका रूपमा मात्र नभई जनताको परिवर्तनको चाहनालाई समयमै आत्मसात् गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्छ।
उनले कांग्रेस अब समयसापेक्ष रूपमा रूपान्तरण हुँदै युवाको आकांक्षा समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्। वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै नयाँ ऊर्जा र रणनीतिका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।
श्रेष्ठले थापाको साहस, दूरदृष्टि र युवालाई प्रेरित गर्ने क्षमताको प्रशंसा गर्दै संकटको यस घडीमा सम्पूर्ण कांग्रेस पंक्ति एकढिक्का भएर नेतृत्वलाई साथ दिनुपर्नेमा जोड दिएका छन्।


प्रोफाईल खबर