२५ फागुन २०८२, सोमवार

अमरेशका भतिजले सर्लाहीमा कांग्रेस नेतामाथि गरे आक्रमण, घाइते नेता अस्पताल भर्ना

प्रोफाईल खबर २४ फागुन २०८२, आइतवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • सर्लाहीको बलरामा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि इट्टा प्रहार गरी आक्रमण गर्दा उनी घाइते भएका छन्।
  • नेपाली कांग्रेसले दोषीमाथि कडा कारबाहीको माग गरेको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। मध्यान्ह १२ बजेपछि बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्।

डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले ज्यान लिने गरी सिधै ताकेर इट्टाले आक्रमण गरेको गाडीमा सँगै रहेका सिन्हाका नाती शनिकुमार सिंहले जानकारी दिए ।

सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको सिंहले जानकारी दिएका छन् ।

आक्रमणबाट घाइते भएका डा. कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा हात र शरीरका विभिन्न भागमा चोट लागेको घाइते सिन्हाले बताएका छन् ।

यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । 
साथै, यस्ता घटनाविरुद्ध आफूहरू चुप लागेर नबस्ने चेतावनी पनि कांग्रेस कार्यकर्ताहरूले दिएका छन्।

घटनाबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा समेत जानकारी दिइसकिएको घाइते सिन्हाले बताएका छन्। प्रहरीले पनि घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट