जेन–जी आन्दोलन प्रतिवेदन सरकारलाई, अध्ययनपछि कदम चाल्ने प्रधानमन्त्री कार्कीको संकेत
प्रोफाईल खबर
२४ फागुन २०८२, आइतवार
काठमाडौं, २४ फागुन । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र सरकारी दमनको आरोपबारे छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगका पदाधिकारीहरू आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले त्यसको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
भदौ २३ र २४ गते भएका घटनामा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठन गरिएको उक्त आयोगले तेस्रो पटक थपिएको म्याद सकिनु एक दिनअघि प्रतिवेदन बुझाएको हो।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारको निर्णयअनुसार असोज ५ गते तीन सदस्यीय आयोग गठन गरिएको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।


प्रोफाईल खबर