२५ फागुन २०८२, सोमवार

इलाम–२ मा सुहाङ नेम्बाङको प्रभावशाली जित, बाबुको विरासत जोगाउँदै एमालेको पकड कायम

प्रोफाईल खबर २४ फागुन २०८२, आइतवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • इलाम क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का सुहाङ नेम्बाङले २२,४२६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरे।
  • उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गर्दै स्वर्गीय नेता सुवास नेम्बाङको विरासत र एमालेको बलियो पकड कायम राखेका छन्।

इलाम क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का युवा उम्मेदवार सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले २२ हजार ४२६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन्। आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८१४ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत पाएका छन्।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १९ हजार ४८९ मतदाता रहेका थिए। तीमध्ये ६७ हजार ६६४ मत खसेको थियो, जुन कुल मतदाताको करिब ५६ प्रतिशत हो। गणना भएका मतमध्ये ३ हजार ८८३ मत बदर भएको जनाइएको छ।

नयाँ र पुराना शक्तिबीच कडा प्रतिस्पर्धा भएको यस निर्वाचनमा सुहाङको जितले इलाममा एमालेको बलियो पकड कायम रहेको सन्देश दिएको छ। स्वर्गीय नेता सुवास नेम्बाङको सादगी, विकासप्रेमी छवि र सुहाङको युवा जोसले मतदाताको विश्वास जितेको विश्लेषण गरिएको छ।

२०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत ल्याएर विजयी भएका सुहाङले त्यसबेला पाएको मतलाई ‘सहानुभूति’ भनिएको थियो। तर पछिल्लो समय उनले संसद्मा इलामको चिया, कृषि, सडक र विपत व्यवस्थापनका मुद्दा उठाउँदै आफ्नो छुट्टै राजनीतिक पहिचान बनाउने प्रयास गरेका छन्।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट