२५ फागुन २०८२, सोमवार

सर्लाही–४ मा अमरेशकुमार सिंहको ह्याट्रिक, गगन थापाको पहिलो हार

प्रोफाईल खबर २४ फागुन २०८२, आइतवार

सर्लाही–४ प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह विजयी भएका छन्। आइतबार सम्पन्न अन्तिम मतगणनाअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरे। यससँगै सिंहले लगातार तेस्रो पटक विजय हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्।

यता, यो परिणामसँगै गगन थापाले भने पहिलो पटक चुनावी हार बेहोरेका छन्। २०६४ सालमा समानुपातिक सांसद बनेका थापाले त्यसपछि काठमाडौं–४ बाट लगातार तीन पटक जित निकाल्दै ह्याट्रिक गरेका थिए।

यसपटक भने मधेश झरेर सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थापा सिंहसँग पराजित भएका छन्।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट