२१ माघ २०८२, बुधवार

गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

प्रोफाईल खबर ९ माघ २०८२, शुक्रवार

नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।  

उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’
पद बहाली भएपछि विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा बसिरहेको छ । 
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट