कस्तुप पन्तको सिर्जनामा एलिना चौहानको ‘म बाँच्न पाउँदिन र ?’ सार्वजनिक
प्रोफाईल खबर
३० फागुन २०८२, शनिवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- गीतकार/संगीतकार कस्तुप पन्तको सिर्जना र गायिका एलिना चौहानको स्वरमा 'म बाँच्न पाउँदिन र ?' बोलको नयाँ गीत सार्वजनिक भई चर्चामा छ।
- यो गीतले समाजमा अरूको जीवनबारे निष्कर्ष निकाल्ने प्रवृत्तिलाई चुनौती दिँदै आफ्नो तरिकाले बाँच्ने र झुठो सहानुभूतिमा नलाग्ने सन्देश दिएको छ।
लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्त को सिर्जनामा गायिका एलिना चौहान को नयाँ गीत ‘म बाँच्न पाउँदिन र ?’ सार्वजनिक भएको छ। गीत कस्तुप पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमा चर्चा बटुल्न थालेको छ।
गीतमा पछिल्लो समय समाजमा देखिने व्यवहार र मानिसहरू अरूको जीवनबारे छिटो निष्कर्ष निकाल्ने प्रवृत्तिलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। कसैलाई आफ्नो तरिकाले बाँच्न नदिने सामाजिक मानसिकता र झुठो सहानुभूतिपछि नलाग्ने सन्देश गीतमार्फत दिन खोजिएको छ। गीतको संगीत संयोजन रमेश सेन्चुरी ले गरेका हुन् भने मिक्सिङ कुमार राना को रहेको छ।
लामो समयअघि नै रेकर्ड भएको यो गीत अहिले आएर सार्वजनिक गरिएको हो। गीतकार पन्तका अनुसार गीत कसैप्रति लक्षित नभई समाजमा देखिने साझा यथार्थलाई समेटेर तयार गरिएको हो।
गीतको भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्ट ले निर्देशन गरेका छन्। भिडियोमा मोडल स्मारिका ढकाल र सुरेश कोल्ही को अभिनय देख्न सकिन्छ। मुस्ताङका रमणीय पर्यटकीय क्षेत्रमा छायांकन गरिएको भिडियोमा करण चैंसिरको क्यामेरा र विनोद बमको सम्पादन रहेको छ।
भावनात्मक कथा र एलिना चौहानको सुमधुर स्वरका कारण गीतले दर्शक–श्रोताको मन छोइरहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्त नेपाली सांगीतिक क्षेत्रमा सक्रिय र सिर्जनशील व्यक्तित्वका रूपमा परिचित छन्। उनले आधुनिक नेपाली गीत–संगीतमा धेरै मार्मिक शब्द र मिठो धुन दिएका छन्। उनका सिर्जनामा समाजका विभिन्न पक्ष, प्रेम, भावना र समसामयिक विषयवस्तु झल्किने गर्छन्। पछिल्लो समय उनका गीतहरू चर्चित गायक–गायिकाको स्वरमा सार्वजनिक हुँदै दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएका छन्।


प्रोफाईल खबर