२१ माघ २०८२, बुधवार

दृश्यमा जीवन्त मुस्ताङ: गणेश खड्काको निर्देशन र भाबिन गुरुङको छायांकनमा ‘मैच्याङ’ (भिडियोसहित)

प्रोफाईल खबर २० माघ २०८२, मङ्गलवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • मुस्ताङको अनुपम सौन्दर्य र एक भावनात्मक प्रेमकथा समेटिएको नयाँ संगीत भिडियो 'मैच्याङ' सार्वजनिक भएको छ।
  • यसले बाहिरी युवक र स्थानीय युवतीबीच प्रेम, द्वन्द्व र सांस्कृतिक भिन्नताको संवेदनशील कथा प्रस्तुत गर्दछ।
  • भिडियोले सामाजिक यथार्थ र पहिचानका प्रश्न उठाउँदै 'क्रमशः' अन्त्यका साथ दर्शकलाई अर्को भागको प्रतीक्षामा राखेको छ।

मुस्ताङको अनुपम प्राकृतिक सौन्दर्य र भावनात्मक प्रेमकथालाई समेटेर नयाँ संगीत भिडियो ‘मैच्याङ’ सार्वजनिक गरिएको छ। Treble Stroke Band द्वारा प्रस्तुत यस गीतले प्रेम, द्वन्द्व र सांस्कृतिक भिन्नताको संवेदनशील कथा बोकेको छ, जसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ।

गीतको कथा लेखन तथा निर्देशन गणेश खड्काले गरेका हुन् भने छायांकन भाबिन गुरुङले गरेका हुन्। मुस्ताङको मौलिकता र सौन्दर्यलाई दृश्यमा जीवन्त बनाएको  छ। भिडियोमा जिवन बस्नेत, सुज्यान सिंह खड्का र तीर्थ खड्काको सशक्त अभिनयले कथालाई थप गहिरो र विश्वसनीय बनाएको छ।

मुस्ताङ भ्रमणमा पुगेको एक बाहिरी युवक र स्थानीय युवतीबीच विकसित प्रेमकथामा आधारित ‘मैच्याङ’ले रोमान्ससँगै सामाजिक यथार्थ पनि देखाउँछ। युवतीका श्रीमानले सम्बन्ध थाहा पाएपछि सिर्जना हुने तनाव, द्वन्द्व र भाग्यको खेलले कथालाई नाटकीय मोड दिन्छ।

भिडियोले प्रेम मात्र होइन, संस्कृति, पहिचान र सामाजिक सीमारेखामाथि पनि प्रश्न उठाएको छ। कथाको अन्त्य “क्रमशः (To Be Continued)”  गरिएकाले दर्शकमा अर्को अध्यायको प्रतिक्षा र कौतूहल झनै बढाएको छ। ‘मैच्याङ’ भावनात्मक कथा र दृश्य सौन्दर्यको सशक्त संयोजनका रूपमा प्रस्तुत भएको छ।

(भिडियो)

 

 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट