२१ माघ २०८२, बुधवार

कब्जियतको कारण, लक्षण र घरेलु उपचार:

प्रोफाईल खबर १० माघ २०८२, शनिवार

अनभ्यासे विषं विद्या, अजीर्णे भोजनं विषम्। (हितोपदेश)
अर्थात्, अभ्यास नगर्नाले विद्या विष बन्छ भने अजीर्ण (पहिले खाएको भोजन नपच्दै गरेको) भोजन विष बन्छ।

कब्ज पाचन प्रणालीको त्यो स्थिति लाई भनिन्छ, जसमा कुनै व्यक्ति (या जनावर) को पेटमा मल अत्यन्त कडा हुन्छ, मलत्याग गर्दा कठिनाई हुन्छ, मल निष्कासनको मात्रा कम हुन्छ, मल त्याग गर्दा अत्यधिक बल प्रयोग गर्नु पर्दछ।

सामान्य आवृति र आमाशयको गति व्यक्ति विशेषमा निर्भर गर्दछ। एक सप्ताहमा ७-१२ पटक मल त्याग गर्ने प्रक्रिया सामान्य मानिन्छ। कब्ज हुँदा शौच गर्नमा बाधा उत्पन्न हुन्छ, पाचनप्रणाली प्रभावित हुन्छ, जसको कारणले शौच गर्दा अत्यन्त पिडा हुन्छ, कसैलाई केवल वायुको समस्या हुन्छ भने कसैलाई भोजनको पाचन ठीक सङ्ग हुँदैन। आजभोलि कब्जको समस्या बाट बालबालिका र युवा पिढी दुवै ग्रसित भैसकेका छन्। व्यक्तिलाई दुई-तीन दिन सम्म शौच हुँदैन। अनि कब्जको समस्या उत्पन्न भैहाल्छ।

      पेटमा शुष्क मल जम्मा हुनु नै कब्ज हो। यदि कब्जको शीघ्र उपचार गरिएन भने शरीरमा अनेकौं विकार उत्पन्न हुन्छन्। समस्त रोगको मूल कारण नै कब्ज हो। समयमै राम्रो सङ्ग पेट सफा नहुनु नै कब्जियत हो। एक स्वस्थ व्यक्तिले दिनमा दुई पटक (बिहान र साँझ) त मल त्याग गर्नै पर्छ। दुई पटक नभए पनि बिहान एक पटक त अवश्य गर्नै पर्छ। बिहान नित्य मल त्याग गर्न नसक्नु या विलम्ब हुनु अस्वस्थताको लक्षण हो।

      लक्षण:
१-    कडा तथा सुख्खा मल कठिन सङ्ग निस्कनु ।
२-    शौच नियमित समयमै नहुनु।
३-    शौच गर्दा अधिक समय लाग्नु।
४-    मल त्याग गर्दा जोड लगाउनु पर्ने।
५-    पेट तथा कमर दर्द।
६-    मल त्याग गरेपछी पनि पेट हल्का नहुनु।
७-    कहिलेकाहीं मल सङ्ग चिप्लो पदार्थ आऊँ निस्कनु।
८-    आलस्य, बेचैनी, भारिपन, जलन, सिरदर्द, अनिद्रा, चिरचिरेपन।
९- भोक नलाग्नु।
१०- मल द्वार बाट दुर्गन्धित वायु (पाद) निस्कनु।
११-    पेट फुल्नु।
१२-    सासमा दुर्गन्ध।
१३-    मुख पाक्नु।
१४-    अनुहारमा ससाना बिबिरा देखिनु।

कारण:
१-    आहार-विहारमा त्रुटी।
२-    अजीर्ण भोजन र अधिक भोजन।
३-    पटकपटक कचरपचर खाइरहनु।
४-    राम्रोसङ्ग नचबाएर छिटोछिटो खानु।
५-    क्रोध, दुःख, मानसिक तनाव, चिन्तामा भोजन गर्नु।
६-    भोजनको बीचविचमा पानी खानु।
७-    पौष्टिक भोजन नगर्नु।
८-    शारीरिक परिश्रम या व्यायाम नगर्नु।
९-    आवश्यक विश्राम नगर्नु।
१०-    अनिदो बस्नु।
११-    शौचको वेगलाई रोक्ने बानि।
१२-    कम्जोर आँत तथा पाचन प्रणाली।
१३-    कलेजो र अग्न्याशयको कमजोरी।
१४-    मैदा र वेसन बाट बनेका परिकार सेवन गर्नु।
१५-    चिया, कफी अधिक सेवन गर्नु।
१६-    धुम्रपान र मद्यपान गर्नु।
१७-    भोजनको समय अनियमित हुनु।
१८-    रेशायुक्त भोजन नगर्नु।
१९-    मांसाहार गर्नु।
२०-   शरीरमा क्याल्सियम र पोटासियमको कमि।

कब्ज उत्पन्न गर्ने भोजन:
१-    आँतमा टाँसिने खालका भोजन: मैदा, बेसन, पाउरोटि, डबलरोटि, बिस्कुट, मिठाइ, बोक्रा निकालिएका फल र तरकारी।
२-    ढिलो पच्ने भोजन: तारेका, भुटेका वस्तु, समोसा, पकौडा, चिप्स, पापड, नमकिन आदिको सेवन।
३-    मांसाहारी भोजन: सबै प्रकारका मासु, माछा, गर्भाशय (अण्डा आदि सेवन गर्नु) ।
४-    मासी, आऊँ उत्पन्न गर्ने भोजन: पस्चुरीकृत दुध, बर्फी, पनिर, रसगुल्ला, मिठाई, आइसक्रिम, चकलेट आदि सेवन गर्नु।
५-    नशालु पदार्थ: चिया, कफी, सुर्ती, गुट्का, मदिरा, बिडी, चुरोट, गाँजा, चरेश आदि सेवन गर्नु।
६-    जलन उत्पन्न गर्ने भोजन: समुद्री (आयो) नुन, चिनी, धुलो खुर्सानी, मरिच, गरम मसला, अचार आदि सेवन गर्नु।
७-    पाचनक्रियामा वाधा गर्ने तथा अम्ल उत्पन्न गर्ने भोजन: बरफ, फ्रिजमा भण्डारण गरिएका वस्तु, चिसो पानी, लस्सी, कोकाकोला, पेप्सी, आइसक्रिम, डिब्बाबन्द भोजन तथा बोतलबन्द पेय आदि सेवन गर्नु।
८-     केवल पकवाहरको मात्र सेवन गर्नु।
९-    क्षारिय भोजन कम सेवन गर्नु।
१०-     वायु वृद्धि गर्ने भोजन: सबै प्रकारका दाल र गेडागुडी, मैदा र बेसन बाट बनेका परिकार।

निवारण:
औषधीय आहार (पेटको सफाई):

१-    अमलाको रस।
२-    बेल फलको रस।
३-    करेलाको रस।
४-    हरिया पात भएका सागको रस।
५-    जमराको रस।
६-    त्रिफला।
७-    ईसबगोल।
८-    अन्जिर, मुनक्का, किशमिश।
९-    सेतो कुबिन्डोको रस।
१०-    गहुँको चोकर।
११-       फाटेको दुधको पानी।
१२-       कागतीको रस।

सामान्य आहार:

क्षारिय भोजन ८०%, जस्तै- मौसम अनुसारका ताजा फल (मेवा, अम्बा, अंगुर, स्याउ, तरबुज आदि)

सलादको रुपमा काँचै खान सकिने ताजा तरकारी जस्तै- गाजर, मुला, बन्दागोवि, काँक्रो, प्याज, टमाटर, अंकुरित गेडागुडी र अनाज आदि।र २०% अम्लिय पक्वाहार।

 बाहिरी उपचार (थेरापी):-
१-    पेटमा चिसोपानीको पट्टी बेर्ने।
२-    माटोको पट्टी।
३-    चिसो कटी स्नान।
४-    ढाड स्नान (मेरुदण्ड स्नान) ।
५-    भिजेको सुती कपडा र सुख्खा ऊनी कपडा बेर्ने।
६-    एनीमा।
७-    लघु शंख प्रक्षालन: बिहान उठ्ने बित्तिकै दुई गिलास मनतातो पानीमा एक चम्मच कागतीको रस र एक चम्मच सिधे नुन मिलाएर खाने त्यसपछि पाँच आसन (ताडासन, तिर्यक-ताडासन, कटीचक्रासन, तिर्यक-भुजंगासन र उदाराकर्षण आसन) ५ पटक गर्ने र मलत्याग गर्न मन लाग्यो भने मलत्याग गरेर पुनः यहि प्रक्रिया ३ पटक सम्म दोहोर्‍याउने।
८-    टहलनु, दौडनु, पौडी खेल्नु, डोरी नाघ्नु (उफ्रिनु)।
९-    योगासन-पेट र आँतमा दवाफ पर्ने खालका आसन-पादहस्तासन, कटिचक्रासन, पश्चिमोत्तासन, मण्डुकासन आदि।
१०-    प्राणायाम-कपालभाँती, भस्त्रिका, अनुलोमविलोम।
स्वस्थ रहौ, सुखी रहौ...!
जय प्रकृति...!

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट