१. परिचय :
प्रोफालईल खबर डटकम काठमाडौ महानगर पालिका वडा न.२९ अनामनगरमा कार्यालय रहेको सेवामुलक अनलाईन सञ्चार माध्यम हो । २०८० सालमा स्थापना भएको यस संस्थाले सामान्य सामाजिक जिवन बिताएका देखि उच्च तह सम्मका व्यक्तित्वहरुले जिवनमा गरेका ऐतिहासिक जिवनीलाई श्रव्य दृश्य मार्फत जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्यले स्थापना भएको हो । साथै खोजि परम्परा र सभ्यता, पर्यटन र इतिहास, संस्कार र चाडपर्व, कला र संस्कृति, आयुर्वेद र योग लगायतक बिषयमा निरन्तर जानकारी मुलक लेख र रचना हरुलाई हाम्रो अनलाईनमा राखिनेछ ।
२१ औं सताव्दीको यो समयमा चरम फड्को मारेको प्रविधी मार्फत त्यस संग जोडिएका संचार माध्यम तथा सामाजिक संजालबाट आम मानिसले सूचना, समाचार, संगीत, श्रव्य दृश्यलाई सजिलै अवलोकन गर्न सक्छन् । सञ्चारका माध्यम तथा समाजिक संजालमा आउने अन्य बिषय बस्तुका बारेमा जानकारी लिईरहेका आम मानिसलाई ति आदर्श व्यक्तित्वहरुकोे जिवनको ऐतिहासिक पाटोलाई सिलसिलेवार अनलाईन तथा युटुब मार्फत प्रस्तुत गराउन सहयोग पुर्याउनु यस प्रोफाईल खवर डटकमको मुख्य उदेश्य हो ।
सरकारी गैर सरकारी तथा समाजमा बिशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुका बारेमा र उनिहरुले समाजकालागि पुर्याएको योगदान र प्रयासको प्रस्तुतिले आम नव पिढींलाई एउटा असल पाठ हुन सक्छ । सोही योगदान र भएका प्रयासको सिकाईले आदर्श एवं समुन्नत समाज निर्माणको ठुलो शिक्षा प्राप्त हुन सक्ने भएकाले पनि प्रोफाईल खवरले यो प्रयासको थालनि गरेको छ ।
२. लक्ष्य र उद्देश्यहरु :
लक्ष्य: राष्ट्रिय जिवन व्यतित गरेका व्यक्तित्वहरु संगको संवाद, रिपोटिङ, ऐतिहासीक सामाग्री शव्द तथा छाँयाङ्कन गरी सिलसिलेवार प्रोफाईल खबर डटकमको अनलाइन, फेसबुक पेज, तथा युटुब मार्फत प्रदर्शन एवं प्रशारण गराई आर्दश व्यक्तित्वका रुपमा प्रस्तुत गर्न सहयोग पुरयाउने ।
उद्देश्य :
(क) जिवनको उतरार्धमा रहेका व्यक्तित्वहरुलाई आर्दश पात्रको रुपमा प्रस्तुत गर्न सघाउने ।
(ख) ति व्यक्तित्वहरुलाई समाजको दर्पण रुपमा प्रस्तुत हुन सघाउने ।
(ग) जिवन भर समाजलागि पुर्याएको योगदान र त्यागलाई गौरब पूर्ण ऐतिहासिक दस्ताका रुपमा प्रस्तुत गर्ने ।
(घ) युवा पिढींलाई सिकाई तथा शिक्षाको पाठका रुपमा स्थापित गर्ने ।
(ङ) व्यक्तिहरुका पुस्ताले आफ्ना अभिभावकको ऐतिहासिक योगदानका बारेमा जाकारी लिने अबरस पाउने छन् ।
(च) तात्कालिन ऐतिहासि, धार्मिक, साँस्कृतिक एवं भौगोलिक अवस्थाका बारेमा जानकारी दिन सहयोग पुग्ने छ ।
३. गरिने कृयाकलाप :
(क) प्रत्यक्ष अन्तरर्वाता गरिने छ ।
(ख) दैनिक कृयाकलापको छायाँकन गरिने छ ।
(ग) सम्झाना भएका जिवनको सुरुवाती दिन देखि हाल सम्मका घटना, परिदृश्य, तथा अनुभवलाई आर्कषक ढंगले संकलन गरी सामग्री तैयार पानरिने छ ।
(घ) ति व्यक्तित्वहरुलाई चिनेका, बुझेका, जानकार र प्रेरित भएका व्यक्तिहरुको बाईट तथा फुटेज सामग्रीका रुपमा संकलन गरिने छ ।
(ङ) संकलित तथा उत्पादित सामग्रीलाई सुन्दर आवज सहित सम्पादन गरी शब्द र चित्र मार्फत प्रोफाईल खबर डटकम, श्रव्य दृश्य मार्फत प्रोफाईल खबर डटकमको पेज तथा प्रोफाईल खबर डटकमको युटुब च्यानल मार्फत प्रदर्शन गरिने छ ।
कानुनी सल्ल्लाहाकर : मोहन कुमार इंगनाम
सल्लाहकार :
प्रा डा बिद्यानाथ कोइराला
डा बिष्णु दाहाल
डा माधव लामिछाने
ऋषिकेश जंग शाह
राजानन्द माण्डव्य
गोबिन्दचन्द्र सुबेदी
हरि दाहाल
बसन्त योगी
नारायण अमृत