जबरजस्ती करणी उद्योगमा दोषी ठहर,

१३ बैशाख २०८२
Avatar
प्रोफाइल खबर

जबरजस्ती करणी उद्योगमा २०८१ वैशाख ९ गते पक्राउ परी झुम्का कारागारमा पूर्वपक्षमा रहेका बराहक्षेत्र-२, पुनर्वास सुनसरी निवासी भेषराज घिमिरेलाई अन्तत: अदालतले दोषी ठहर गरेको छ । मिति २०८२ बैशाख ११ गते जिल्ला अदालत सुनसरीले घिमिरेलाई दोषी ठहर गरेको हो ‌। घिमिरे बृहत्तर बराहक्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष, आदर्श मा.वि. बराहक्षेत्र-२, सुनसरी का भू.पू. सह-प्राध्यापक, शंकराचार्य मठका तत्कालीन अध्यक्ष एवं नेकपा एमाले निकट राजनीतिमा सक्रिय व्यक्ति हुन । साथै राधाकृष्ण भक्ति प्रतिष्ठान एवं प्रथम जगद्गुरु पिठ बराहक्षेत्र-१ सुनसरीको आफू सदस्य रहेको कुरा पनि उनले बताउँदै आएका थिए।

२०८० फागुन ३० गते पीडित बराहक्षेत्र (नाम परिवर्तन) “कुमारी” राति करिब ८:०० बजे आफ्नो कोठामा बसिरहेको अवस्थामा निज भेषराज घिमिरे कोठामा अचानक प्रवेश गरी बलात्कारको प्रयास गरेका थिए । पीडित महिला बराहक्षेत्र “कुमारी”  आफ्नो बचाउमा प्रतिकार गर्दा भेषराज अझ हिंस्रक बनी जबरजस्ती करणीको प्रयास गरिरहेका थिए । उक्त समयमा महिलालाई भेषराज घिमिरेले राधाकृष्ण भक्ति प्रतिष्ठान तथा प्रथम जगद्गुरु पिठको म खास व्यक्ति हुँ भन्दै धम्काएका थिए भने घटना घटिसकेपछि पनि निज घिमिरेको परिवारले पीडित महिलालाई पटकपटक विभिन्न आर्थिक प्रलोभन देखाउने अनेक तवरले फकाउने प्रयास गर्दै आएका थिए । पीडित महिला यी विभिन्न प्रलोभनमा नफसेपछि अदालतमा गइस् भने राम्रो हुँदैन भन्दै अङ्गभङ्ग गरिदिने धम्की‌ दिँदै आएका थिए।

Advertisement:

समाजमा एकल महिलामाथि गरिने यस्ता प्रकारका जघन्य अपराध गर्ने अपराधीलाई अदालतले पोख्त प्रमाणका आधारमा दोषी ठहर गरी पीडितलाई न्याय दिलाएको छ । विगत एक वर्षदेखि चलिरहेको पीडित महिलाको सङ्घर्षलाई जिल्ला अदालत सुनसरीले उच्च सम्मानका साथ न्याय प्रदान गरेको छ । अदालतको यस्तो न्यायपूर्ण फैसलाले आजको समयमा पनि सत्य र न्याय जीवितै रहेको पीडित महिलाले बताइन । उनले पुनः भनिन् दोषीलाई कारबाही र पीडितलाई न्याय मिलेर सत्यको जित भएको छ ।

प्रतिक्रिया दिनुहोस्: