खाद्य तेलको बारेमा सनसनी पूर्ण जानकारी जुन तपाइँको स्वस्थ जीवनका लागि हितकारी छ..!

२८ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

यो लेख ति लाखौँ देशवासीहरुमा समर्पित छ, जो आफ्नो भोजनमा शुद्ध एवं स्वास्थ्य वर्द्धक खाद्य तेल बाट वन्चित हुनु भएकोछ..!

हाम्रो देशको भोजनमा लाखौं वर्ष देखि परम्परागत रुपले कोलमा पेलेको सुद्ध तेलको नै प्रयोग हुँदै आएको थियो, तर विगत केहि वर्ष देखि “अक्कल बिनाको नक्कल” गरेर केहि कुतर्क गर्नेहरुले जनमानसमा भ्रम फैलाउन थालेकाछन्, जुन यसप्रकार छन्:-

Advertisement:

भ्रम: जिरो कोलेष्ट्रोल

सत्यता: कोलेष्ट्रोल केवल प्राणि-वसा (माछा, मासु, अण्डा तथा जर्शी र भैंसीको दुध बाट बनेका उत्पादन) मा मात्र पाइन्छ या खाएको भोजन राम्रो संग नपच्नाले पनि शरीरमा उत्पादन हुन्छ, कुनै पनि वनस्पति वसामा कोलेष्ट्रोल हुँदैन। भटमास (सोयाबिन), ढुटो (राइसब्रान) र सूर्यमुखी आदिको तेलमा कोलेष्ट्रोल नभएको विज्ञापन गरिन्छ। सत्यता त यहि हो कि सबै किसिमका बनस्पति तेल जिरो कोलेष्ट्रोल नै हुन्छन्। तिल, तोरी, बदम, रायो, ओखर आदिको तेलमा पनि कोलेष्ट्रोल हुँदैन। त्यसैले त्यस्ता भ्रामक बिज्ञापनहरुमा विश्वास नगर्दा हुन्छ।

भ्रम: कोलेष्ट्रोल फाइटर:

सत्यता: मानव शरीरमा कोलेष्ट्रोलको स्तर वसाको प्रकारमा पनि निर्भर गर्दछ। वनस्पति घिउको संत्रिप्त वसाले कोलेष्ट्रोलको स्तर वृद्धि गर्दछ। वहु-असंत्रिप्त वसिय अम्ल-PUFA (Poly Unsaturated Fatty Acid) अधिक भएको तेल जस्तै- भटमास, सूर्यमुखी तथा सेफ्लार आदि तेलले शरीरमा हानिकारक कोलेष्ट्रोल- LDL (Low Density Lippoprotiens) र लाभदायक कोलेष्ट्रोल-HDL (High Density Lippoprotiens) दुवैको स्तर कम गर्दछन्। तर  Mono Unsaturated Fatty Acid (MUFA) अधिक भएका तेलहरू जस्तै- तोरी, तिल, बदम, ओखर, जैतुन आदिले हानिकारक कोलेष्ट्रोल-LDL लाई कम गर्नुका साथै लाभदायी कोलेष्ट्रोल- HDL को स्तर नियन्त्रित गरेर राख्दछन्।

भ्रम: भिटामिन-ई:

सत्यता: भटमास तथा सूर्यमुखीमा पाइने भिटामिन-ई डेल्टा प्रकारको हुन्छ, जुन मानव पाचन प्रणालीमा शामेल हुँदैन। भटमासमा अत्यधिक प्रोटिन (३५-४०%) हुन्छ भन्ने कुरो सत्य नै हो तर यो प्रोटिन अत्यन्तै जटिल प्रकारको हुन्छ, जसको गलन क्षमता (Melting Point) ४५ डिग्री से. भन्दा अधिक हुन्छ। जसलाई मानव पाचन प्रणालीको संरचनाले त पचाउन सक्दैन तर सुँगुर, बंगुर तथा भैंसी जस्ता जनावरहरुले सहजै पचाउन सक्छन। भटमासमा ट्रीप्सिन (tripsin) तथा अर्को एकप्रकारको विकास अवरोधक तथा हिमीग्लुटिनिन्स (Hemeglutinins)  आदि बिषालु तत्वहरु पाइन्छन् जसलाई १५ पाउण्डको दवाफमा ३० मिनेट सम्म बन्द पात्रमा तताउँदा मात्र नष्ट गर्न सकिन्छ।

भ्रम: अत्याधुनिक प्रविधि बाट निकालिएको :

सत्यता: भटमास तथा सूर्यमुखी लगायत अन्य अखाद्य तेल निकाल्नका लागि ट्राइक्लोरोइथिलिन, कमर्शियल ग्रेडको हेक्सेन एवं कास्टिक सोडा आदि हानिकारक रसायनहरुको प्रयोग गर्ने गरिन्छ। तर हाम्रो परम्परागत खाद्य तेलहन तिल, तोरी, रायो, बदम, ओखर आदिमा तेलको मात्र अत्यधिक (४०-७५%) हुन्छ जुन स्वास्थ्य एवं पर्यावरणको दृष्टिले अनुकुल प्रविधि बाट केवल सामान्य दवाफ द्वारा कोल जस्ता साना इकाईहरुमा कुनै पनि किसिमको रसायन उपयोग नगरी निकालिन्छ। रिफाइन तेलमा कास्टिक सोडाका बचेका अवशेषहरुले हाम्रो शरीरका विभिन्न भागहरुमा नकारात्मक प्रभाव देखाउन थाल्छन्।दमको ऐठन पनि पर्न सक्छ, यी विजातीय द्रव्यहरुलाई निकाल्न शरीरलाई अनावश्यक परिश्रम गर्नु पर्ने हुन्छ, जसले गर्दा शरीरका पोशक तत्वहरु अनावश्यक रुपमा खेर जान्छन र शरीर कम्जोर हुन्छ। यहि कास्टिक सोडाको कुप्रभावले शरीरको श्लेष्मा सकिन्छ।

भ्रम: रङ्गहीन एवं गन्धहीन:

सत्यता: हाम्रो परम्परागत खाद्य तेलहरुको विशिष्ट गन्ध एवं रङ त्यसमा विद्यमान लाभदायक एन्टीअक्सिडेन्ट, टोकोफेरोल, लेसिथिन, भिटामिन आदि कारणले हुन्छ। हाम्रा लागि रिफाइन गरिने क्रिया एक अनावश्यक क्रिया हो। जसले गर्दा तेलमा पाइने लाभदायक एन्टीअक्सिडेन्ट, टोकोफेरोल, लेसिथिन, भिटामिन आदि तत्व नष्ट हुन्छन्।

भ्रम: माइक्रोरिफाइन:

सत्यता: ईश्वरीय व्यवस्थामा प्रकृति बाट हामीलाई जे प्राप्त हुन्छ, त्यो हाम्रालागी अत्यन्त उपयोगी हुन्छ। तेल पनि त्यस्तै हो । प्राकृतिक विधि बाट निकालिएको तेल मात्र हाम्रो शरीरले राम्रो संग पचाउन जानेको हुन्छ। जब यस्तो सुद्ध प्राकृतिक तेललाई रिफाइन गर्ने प्रक्रियामा पटक पटक तताउने र चिसो पार्ने गरिन्छ र रसायन मिलाउने गरिन्छ, जसको कारणले तेलमा भएको लाभदायी तत्व निकालिन्छ र तेल पारदर्शी (Trans) बन्छ।अर्थात्, त्यस तेलमा पोलीमराईजेशन शुरु हुन्छ, यस्तो पोलिमर्स हाम्रो शरीरले पचाउन सक्दैन।यहि तेलले हाम्रा रक्त धमनीहरुलाई कडा बनाउँछ, रगतमा खराब कोलेष्ट्रोलको मात्रा बढाउँछ, धमनीहरुमा अवरोध उत्पन्न गर्दछ।

कुनै पनि तेललाई अन्य तेल संग मिलाउनका लागि रिफाइन गर्ने गरिन्छ। तेललाई रिफाइन गर्न जनावरको हड्डीको कोइला (Animal Charcol) अथवा प्लास्टर अफ पेरिस मिलाइन्छ जसले गर्दा तेलमा भएको प्राकृतिक रङ चिल्लो र भिटामिन सहित खतम हुन्छ। पटक पटक तताएर वाफ द्वारा तेलको प्राकृतिक सुगन्ध पनि निकालिन्छ।

भ्रम: हल्का र पारदर्शी:

सत्यता: विदेशी भटमासमा हुने माछाको जस्तो दुर्गन्ध एवं अन्य अखाद्य तेलको दुर्गन्ध हटाउनको लागि रिफाइन गरिन्छ जसबाट तेल हल्का एवं पारदर्शी बन्छ। गाढा एवं रङ्गीन तेल स्वास्थ्यवर्धक हुन्छ। किनकि त्यसमा प्राकृतिक रुपमा भिटामिन, एन्टीअक्सिडेन्ट तथा ग्लुकोसाइनोलेट्स पाइन्छन्।

भ्रम: भोजनको असली स्वाद:

सत्यता: भटमास, सूर्यमुखी तथा सेफ्लार आदि तथा अन्य अखाद्य तेलको आफ्नो प्राकृतिक स्वाद र गन्ध त स्वीकार गर्न लायक नै हुँदैन। त्यसैले त्यसलाई रसायन द्वारा कृतिम तरिकाले हटाउने गरिन्छ। हाम्रो आफ्नो स्वदेशी परम्परा द्वारा निकालिएको तोरी, तिल तथा अन्य खाद्य तेलको आफ्नो विशिष्ट सुगन्ध एवं स्वाद हुन्छ जसले भोजनलाई स्वादिष्ट तथा पौष्टिक बनाउँछ र शरीरलाई स्वस्थ राख्छ।

भ्रम: स्वस्थ गुणले भरपूर:

सत्यता: भटमास, सूर्यमुखी तथा सेफ्लार आदि अखाद्य तेललाई स्वस्थ भन्ने गरिन्छ, तर अधिक असंत्रिप्त (PUFA) भएको यो तेल प्रकाश, ताप एवं धातुको संसर्गले वातावरण बाट अक्सिजन ग्रहण गरेर विकृत हुन्छन्। बाहिर र शरीर भित्र अक्सिकृत हुने यी तेलको सेवनले अर्थोस्क्लेरोसिस, एजर्जी, ट्युमर, एवं हृदय सम्बन्धि विकार उत्पन्न हुन्छन्। नेपालमा तेलको उपयोग रोटि हाल्न, तरकारी भुट्न र दाल झान्नमा बढी हुन्छ। एक शोधमा एउटा तथ्य बाहिर निस्केको छ कि उच्च ताप एवं लामो समय सम्म राख्नको लागि तोरी, तिल एवं मम्फली-बदमको तेल नेपाली वातावरणमा सर्वोत्तम मानिएको छ।

साथै बिदेशी भटमास र सूर्यमुखी जैविक प्रविधि द्वारा विकशित गरिएको फसल द्वारा तयार गरिन्छ। यसरि तयार गरिएको उत्पादन स्वास्थ्यको लागि घातक हुन्छ। अहिले अम्रिका र युरोपमा यस प्रविधिलाई वहिस्कार गरिदैछ।

अहिले भैरहेका सारा शोध यिनै अखाद्य तेललाई खाद्य तेल प्रमाणित गर्ने दिशामा मात्र प्रयासरत छन्। यि तेललाई प्रोत्साहन दिने होडमा विशेषज्ञहरुले सबै हानिकारक तथ्यलाई किनारा गर्दैछन।जसको घातक परिणाम प्रत्यक्ष देखिन थालिसकेका छन्। चर्चित हृदयरोग विशेषज्ञहरुले विस्तारपूर्वक चर्चा गरेर एउटा तथ्य उजागर गरेका छन् कि विगत केहि वर्ष यता वाल-बालिका एवं युवामा हृदयरोगीको सङ्ख्या अचानक वृद्धि भएको छ। शरीरमा कोलेष्ट्रोलको स्तर १७० भन्दा अधिक हुँदा पनि हृदयाघातको सम्भावना प्रबल भएको छ, स्मरण रहोस, पहिले यो सिमा २५० थियो। यो तथ्यले के बढ्दै गरेको मांसपेशीय विकार तिर स्पष्ट संकेत गर्दैन र ? हामी विचार गरौँ कि आज बढ्दै गरेको रोगको कारण हाम्रो प्राकृतिक जीवनशैली र  परम्परागत भोजन सामग्री- स्थानीय गाईको दुध, दहि, मोही, घिउ, तोरी, बदम, तिल आदिको तेल, गुड, राप, मिश्री, सख्खर, दाल, आदि प्राकृतिक तथा मौसमअनुसारका तरकारी र फलको सट्टा बिदेशी भोजन र जीवनशैली

अपनाउनु र प्राकृतिक तथा आफ्नो परम्परागत खाद्यवस्तु नभएर सोयाबिन, पाम, सूर्यमुखी जस्ता सस्ता (अपरम्परागत हानिकारक एवं वार्निश पेन्टमा उपयोगी) तेलमा बनेका वस्तु, अनगिन्ति फास्ट फूड, विषाक्त पेय (पेप्शी, कोकाकोला आदि) चक्लेट, आइसक्रिम, नशालु पदार्थ, बिडी, चुरोट, गुट्खा, मदिरा आदि स्व्वन गर्नु हो..! अर्थात्, अक्कल बिनाको नक्कल गर्दा नै यो सब समस्या झेल्नु परिरहेको छ.!

त्यसैले आउनुहोस सबै मिलि प्राकृतिक जिवनशैली अपनाऔँ र स्वस्थ तथा निरोगी रहौं..! अस्तु..

नमस्ते…!

जय प्रकृति…!

प्रतिक्रिया दिनुहोस्: