महाऋषि वागभट्ट ज्यूले लेख्नुभएको एक पुस्तक छ जसको नाम अष्टांग हृदयम हो। यस पुस्तकमा उहाँले स्वस्थ रहने र रोग ठिक गर्नका लागि ७ हजार सुत्रको व्याख्या गर्नुभएको छ।
ती मध्येकै यो एक सूत्रको सार हो-
उहाँले भन्नुभएको छ कि यदि हृदय हुँदै छ भने यसको कारण हृदयका नलिहरुमा रुकावट (Blockage) हुन शुरू हुँदै छ। यसको कारण हो रक्तमा अम्लता (Acidity) बढेको छ।
अम्लता दुई प्रकारको हुन्छ-
एक पेटको अम्लता र अर्को रक्तको अम्लता।
पेटको अम्लता बढेको बेला पेटमा जलन हुन्छ, अमिलो डकार आउँछ, मुखमा अमिलो पानी निस्कन्छ, मतमती हुन्छ। यदि यो अम्लता अधिक बढ्यो भने यसलाई हाइपर एसिडिटी भनिन्छ।
कालान्तरमा यही पेटको अम्लता बढ्दा बढ्दा जब रक्तमा मिसिन्छ तब रक्त अम्लता-(Blood Acidity) हुन्छ। जब रक्तमा अम्लता बढ्छ तब यही अम्लीय रक्त हृदयका नलिबाट निस्कन सक्दैन र नलिहरुमा रुकावट (Blockage) गरिदिन्छ र हृदयाघात (Heart Attack) हुन्छ। यो बिना हृदयाघात हुँदैन।यहि नै सबैभन्दा ठूलो सत्य हो तर कुनै पनि डाक्टरले हामीलाई यो कुरो भन्दैनन। किनकि यसको उपचार पनि सबैभन्दा सरल छ। यदि सबैले यो सत्य थाहा पाए भने उनीहरुको व्यापार ठप्प हुछ…!
अम्लता (एसीडिटी) को उपचार के हो ?
वागभट्टले भन्नुहुन्छ जब रक्त (Blood) मा अम्लता (Acidity) बढ्यो भने हामीले यस्ता वस्तुको उपयोग गर्नुपर्छ जुन अधिक क्षारीय छन् !
हामीलाई थाहानै छ, खाने वस्तु दुई प्रकारका हुन्छन्-
अम्लीय (Acidic) र
क्षारीय (Alkaline)
अम्ल र क्षारलाई मिलाउदा सबैलाई थाहा छ, सन्तुलित हुन्छ।
त्यसैले महर्षी वागभट्टले भन्नुभएको हो अम्लता बढेको छ भने क्षारीय वस्तु खाने। तब रक्तको अम्लता सन्तुलित हुन्छ र जिवनमा हृदयाघात (Heart Attack) आउने संभावना नै हुँदैन ।
कुन कुन वस्तु क्षारीय हुन ?
हाम्रो भान्छा घरमा यस्ता अनेकौं वस्तु छन् जुन क्षारीय छन्, जसलाई खादा कहिल्यै हृदयाघात हुँदैन। यदि एकपटक पहिले आइसकेको छ भने पछि अर्कोपटक आउने छैन।
सबैभन्दा क्षारीय वस्तु हो लौका।
यो भन्दा अधिक कुनै क्षारीय वस्तु छैन। त्यसैले दैनिक लौकाको रस निकालेर बिहान खालिपेटमा खानु पर्छ।
वागभट्टका अनुसार रक्तको अम्लता कम गर्ने सबभन्दा ठूलो शक्ति लौकामा नै छ। त्यसैले लौकाको रस सबैले नियमित खाने गरौं ।
कति मात्रामा सेवन गर्ने..?
दैनिक २००-३०० ग्राम लौकाको रस खान सकिन्छ।
कतिबेला खाने..?
बिहान खाली पेट शौच गरिसके पछि खान सकिन्छ। या भोजन गरेको एक घण्टा पछि पनि खान सकिन्छ।
लौकाको रसलाई अझै अधिक क्षारीय पनि बनाउन अकिन्छ। त्यसका लागि यसमा ७-१० तुलसीका पात मिलाउन सकिन्छ। यसका साथमा पुदीनाका ७-१० पात पनि मिलाउन सकिन्छ।
यसका साथमा घिउकुमारी र कालोनुन र सिधेनुन पनि स्वादानुसार मिलाउन सकिन्छ। स्मरण रहोस् – आयोनुन या समुद्री नुन मिलाउनु घातक हुन सक्छ..!
२-३ महिनामा हृदयको सबै अवरोध निर्मूल हुनेछ। २१ दिनमै
याको असर देखिनेछ । त्यसपछि कुनै अप्रेसनको आवश्यकता पर्नेछैन। धन र तन दुवै बच्नेछ।
नियमित गोघृत सेवन गर्ने व्यक्तिलाई जिवनमा कहिल्यै पनि हृदय सम्बन्धी कुनै समस्या आउँदैन। गोघृतले रगतमा बढेको अम्लता र खराब कोलेस्ट्रोललाई निर्मूल पारिदिन्छ।
आफ्नै घरमा परम्परागत रुपमा आयुर्वेदको माध्यमबाट यसको सफल उपचार सम्भव छ। मेहनत र पसिनाको कमाइ तथा हाम्रो अनमोल शरीर बच्नेछ। यदि इच्छा भए अस्पताल र डाक्टरलाई दिने रकमको केही भाग कुनै गौशाला या गुरुकुलमा दान दिन सकिन्छ।
हाम्रा गौमाता बचे भने मात्रै नेपाल बच्नेछ….!!
जय गौमाता…!
प्रतिक्रिया दिनुहोस्: