१- कसरी हुन्छ हानिकारक ?
२- गुणस्तरीय कसरी बन्छ ?
३- शुद्धताको पहिचान केहो ?
१- कसरी हुन्छ हानिकारक ?
– यदि काचो दूध फिटेर निकालिएको नौनी बाट बनाइएको हो भने यो स्वास्थ्यका लागि हानिकारक छ। सबै डेरि पसलमा पाइने घिउ यसैगरी बनाइएको हुन्छ; यो घातक छ।
– गाईलाई सुइ लगाएर निकालिएको दुधबाट बनेको घिउ पनि हानिकारक हुन्छ।
– कितृम गर्भाधान बाट ब्याएको गाईको दूध बाट बनेको घिउ पनि हानिकारक हुन्छ।
– दु:खी गाईको दूध बाट बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– जुन गाईको बच्चालाई पेटभरि दूध नखुवाएर सबै निकालिन्छ त्यसबाट बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– बच्चा मरेको गाईको दूध बाट बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– दुधको तर जम्मा गरेर बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– फृजमा राखिएको दूध र नौनी बाट बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– फृजमा राखिएको घिउ पनि हानिकारक हुन्छ।
– आल्मुनियमको भाडामा तताइएको दुध, प्लाष्टिक र आल्मुनियमको भाडामा राखिएको र मथेको दहि बाट बनेको तथा आल्मुनियमको भाडोमा पकाएको घिउ पनि हानिकारक हुन्छ।
-प्लाष्टिक र आल्मुनियमको मदानीले मथेर बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– दहि मथेर लामो समयसम्म राखिएको, दुर्गन्धित नौनी बाट बनाइएको घिउ पनि हानिकारक हुन्छ।
– पकाएको घिउ निम्नस्तरिय प्लास्टिक र कुनै पनि धातुको भाडोमा भण्डार गरि राख्दा पनि हानिकारक हुन्छ।
२- गुणस्तरीय घिउ कसरी बन्छ ?
सर्वोत्तम: “क”
उत्तम: “ख”
मध्यम: “ग”
अ- चरन र हिंडडुल:
क- हरियालीयुक्त गोचरभूमि या जंगलमा ४-८ घण्टा चरेर अनेकौं प्रकारका वनस्पति, जडिबुटी खाने गाईको दुधबाट बनेको घिउ।
ख- खेत-बारीमा ३-४ घण्टा चरेर अनेकौं घाँस खाएका गाईको दुधबाट बनाइएको घिउ।
ग- गोठमा रहेर प्राप्त दाना, चारो आदि खाएका गाईको दुधबाट बनाइएको घिउ।
आ- इन्धन :
क- गोबरको गुइठा बालेर फलामको कराहिमा तताएको दूधलाई काठको ठेकी, माटो या काचको भाडोमा दहि जमाएर त्यही ठेकिमा काठको मदानीले मथेर निकालिएको नौनीलाई चुलोमा गुइठा बालेर फलामको कराहिमा पकाएको घिउ ।
ख- त्यही विधिले गोबर ग्यास या दाउराको आगोमा पकाइएको घिउ।
ग- त्यही विधिले एल पि ग्यासमा पकाइएको घिउ।
इ- दूध तताउने भाडो:
क- सुन, चादी, फलाम या माटाको भाडो ।
ख- पीतलको भाडो।
ग- स्टीलको भाडो।
ई- मन्थन:
क- काठको मदानि प्रयोग गरेर हातले मथेको।
ख- काठ या स्टिलको मदानी प्रयोग गरेर दुवैतिर घुम्ने मशीन बाट मथेको।
ग- काठ या स्टिलको मदानी प्रयोग गरेर एकातिर मात्र घुम्ने मशीन बाट मथेको।
उ- समय:
क- सूर्यास्त पछि र सूर्योदय अघि गाई दुहेपछि ४८ मिनेट भित्र तताएको दूध र दहि मथेर नौनी निकालेको ४८ मिनेट भित्रै पकाएको घिउ।
ख- त्यही विधिले २ घण्टामा।
ग- त्यही विधिले २ घण्टा पछि।
“क” विधि बाट बनेको घिउ: २४ क्यारेटको सुन झैँ ।
“क-ख” विधि बाट बनेको घिउ: २१ क्यारेटको सुन झैँ ।
“ख-ग” विधि बाट बनेको घिउ: १८ क्यारेटको सुन झैँ ।
“ग” विधि बाट बनेको घिउ: १४ क्यारेटको सुन झैँ ।
“क” विधि बाट बनेको घिउ हृदयरोगी, अर्बुदरोगी, पक्षाघातका रोगी, पार्किंसनका रोगी, अत्यन्त मोटा व्यक्ति, अत्यंत कमजोर रोगी, जीर्ण रोगी, अत्यंत दुखी, घायल, नवप्रसुता स्त्री, नवविवाहित दम्पत्तिका लागि अमृत समान नै छ।
त्यसैले समर्थ गोसेवकहरुले प्रतिदिन यहि विधिले बनाउनुपर्छ र यहि घिउ सेवन गर्नु पर्छ। साना साना बालबालिका जस्लाई गाईको ताजा नौनी प्राप्त हुँदैन, तिनीहरुलाई पनि यहि घिउ खुवाउन सकिन्छ।
३- घिउको शुद्धताको पहिचान:
क- उर्जाशक्तिको परिक्षण (Energy test) बाट असली-नक्कली र शुद्ध-अशुद्ध, मिलावटी घिउ तुरुन्तै थाहा पाउन सकिन्छ। रैथाने नस्लका गाईको शुद्ध घीउमा मात्रै सकारात्मक उर्जा (+ve energy) हुन्छ। अन्य सबै घिउमा नकारात्मक उर्जा (-ve energy) हुन्छ।
ख- शुद्ध घीउको रूप-रंग, स्वाद हरेक पटक बदलिन्छ। जस्तो : वर्षामा हरिया घाँस खाने भएको कारणले घिउ अधिक पहेंलो हुन्छ, गर्मिमा सुख्खा घाँस भुस, खाने भएको हुनाले पहेंलो कम हुन्छ।
ग- गाईको घिउ जाडो मौसममा जमे पनि चम्मचले सजिलोसँग निकाल्न सकिन्छ तर भैंसीको जाडोमा जमेको घिउ सजिलोसँग निकाल्न सकिन्न।
घ- गाईको शुद्ध घिउ लामो समयसम्म राख्दा सुगंध खतम भएर त्यसमा दुर्गन्ध आउन थाल्छ। नक्कली घीउको सुगंध लामो समयसम्म जस्ताकोतस्तै रहिरहन्छ । अन्य घीउ या तर बाट बनेको घिउ लामो समयसम्म राख्दा सुगंध खतम भए पनि दुर्गन्ध आउँदैन।
ङ- गाईको शुद्ध घीउलाई सूर्यको प्रत्येक्ष प्रकाश पर्ने स्थान या तेज गर्मीमा राख्नाले त्यसको पहेंलोपन सकिन्छ।
च- घिउ पकाएको ९० दिन भित्र मात्रै भोजनका साथ खान मिल्छ। ९० दिनपछि घिउमा औषधिय गुण भरिदै जान्छ, त्यसैले यो खान हुँदैन; यो औषधिको रुपमा मात्रै प्रयोग गर्नुपर्छ।
नमस्ते ..!
तपाइँको स्वस्थ्य:
तपाइँकै हातमा ..!
सुखी जिवनका लागि:
स्वस्थ शरीर ..!
जय गौमाता…!
प्रतिक्रिया दिनुहोस्: