ૐ,आफ्नो उपचार आँफै गरौँ..!
केहि उपयोगी सूत्र :
१- नुन केवल सिधे र बिरे प्रयोग गरौँ। थाइराइड, रक्तचाप र पेट ठीक हुनेछ।
२- भोजन बनाउनका लागि प्रेसर कुकर, राइस कुकर र अल्युमिनियम (गिल्टी/सिल्टि) का भाँडा प्रयोग नगरौं; अल्युमिनियम सिलिकेटको दुष्प्रभाव बाट बचौं.. ।
३ तेल चाहे जोसुकै किन नहोस्, प्रशोधित गरिएको नखाऔं। तोरी, तिल, बदाम आदिको छानेर मात्र खाने गरौँ। प्रशोधन गर्दा अनेकौं घातक रसायनहरु मिलाइन्छ जसले मुटुरोग निम्त्याउँछ।
४- तेल निकाली सकेको भटमासको खली (पिना) बाट बनेको सोयाबीनको बरी खाने नगरौं, यसलाई स्वादिलो बनाउनका लागि केही विषालु रसायन मिलाइएको हुन्छ त्यसैले यसमा फिज आउँछ; अर्को कुरो यसमा पाइने प्रोटिन जटिल प्रकारको हुन्छ जसलाई पचाउने हाम्रो शरीरमा ताकत छैन, यसलाई सुँगुर, बंगुर र भैंसीले पचाउन सक्छन्, तिनलाई खुवाउने गरौँ।
५- भान्छा कोठाको धुवाँ तथा प्रदूषित हावा बाहिर फाल्न र स्वच्छ हावा भित्र आउनका लागि पंखा अवस्य लगाऔं।
६- भोजन पकाउनेबेला मनमा सकारात्मक सोंचका साथ् कुनै सुमधुर संगीत लगाउने या राम्रो गीत गुनगुनाउने गर्दा भोजनमा राम्रो प्रभाव पर्दछ र स्वादिलो बन्छ र थकाई पनि लाग्दैन।
७- भोजनमा गोघृतको प्रयोग बढाउनाले अनेकौं रोग बाट छुटकारा पाइन्छ र मुटुरोगमा लाभ हुन्छ।
८- दाल, तरकारी र सलाद, अचार, चटनीमा अधिक मात्रामा धनीयाको पात र बकाइनो (करिपत्ता)को पात प्रयोग गरौँ, स्वाद पनि बढ्छ र औषधिको काम पनि गर्छ।
९- तरकारी बनाउन फलामको कराही प्रयोग गरौँ, शरीरमा फलाम तत्वको कमी हुने छैन।
१०- भोजनको समय निश्चित गरौँ, पेट ठीक रहनेछ।
११- भोजन गर्दा कुरो नगरौं, मोबाइल, टिभी बन्द गरौँ, एक गासलाई ३२ पटक चबाउने गरौँ।
१२- भोजनको अघि, बिचमा र तत्काल पछि पानी खाने बानि छोडौं, भोजन छिटो पच्नेछ र अधिक पोषण पाइनेछ।
१३- बिहान र दिउँसोको नास्ता खाने बानी छोडौं, बिहान साढे सात देखि साढे नौ बजे सम्म र बेलुकी ६बजे भित्र भोजन गरौँ।
१४- खाना काँचो बढी र पकाएको कम खाने गरौँ प्रसस्त पोषक भिटामिन र बोक्रा सहित खादा फाइबर बढी प्राप्त हुनेछ।
१५- बिहान भोजन भन्दा १५-२० मिनेट अघि मौसम अनुसारका सलाद खाने र दिउँसो २-३ बजे फल (कुनै एक प्रकृतिको मात्र) खाने गरौं ।
१६- बिहानको भोजन पछी सिधेनुन र भुटेको जिराको धुलो मिलाएर वैदिक विधिबाट मथेको रैथाने गाईको मोही सेवन गरौँ, खाना छिटो पच्नेछ र पेटका सबै समस्या ठीक हुनेछन।
१७- चीनीको प्रयोग त्यागौं, गुड या सक्खर खाने गरौँ, बुढो हुँदा सम्म हड्डी बलियो हुनेछ।
१८- दाल झान्दा घिउ र लहसुनका साथ जिम्मुको पनि प्रयोग गरौँ, अत्यधिक लाभ हुनेछ।
१९- चिया, कफी, पेप्सी, कोकाकोला लगायत डिब्बा बन्द खाना र पेय कहिल्यै सेवन नगरौँ चिया छोड्न नसक्ने बानि छ भने आयुर्वेदिक पेयको प्रयोग गरौँ निरोगी भइएला।
२०- फोहर फाल्ने भाँडो भान्छा कोठा बाहिर राखौं, राति सुत्नु भन्दा पहिले सबै फोहर त्यसमा हाल्ने गरौँ।
२१- सुत्नु भन्दा पहिले पञ्चगव्य नासिका घृत या गाईको शुद्ध घिउ नाकमा २-२ थोपा र नाभिमा ३ थोपा हाल्ने गरौँ, मस्तिष्क र स्नायु सदा स्वस्थ रहनेछन् ।
२२- करेला, मेथी जस्ता तितो गुण भएका तरकारी खाने गरौँ, रक्त सुद्ध रहन्छ ।
२३- घैँटोमा या तामाको भाडोमा राखेको पानी मात्र खाने गरौं फृजमा राखेको चिसो पानी खाने नगरौं दाँत र आँत दुवै खराब हुन्छन्।
२४- प्लास्टिक र अल्युमिनियममा खाने वस्तु राख्न र पकाउन प्रयोग नगरौं; यिनलाई भान्छा बाट बाहिर निकालौं यी दुवै क्यान्सर कारक छन्।
२५- माइक्रोवेव ओवनको प्रयोग पनि नगरौं, यो पनि क्यान्सर कारक छ।
२६- बामसी भोजन र भोजनका बिचमा चिसा वस्तु या पानी खाने बानी बगरौं, यस बाट पाचनमा असर पर्दछ र वायुदोष बढ्छ।
२७- बाहिरको तयारी खाने वस्तु निक्कै हानिकारक छ, त्यसैले भोजन सदा घरमै बनाएर ताजा ताजा स-परिवार साथमा बसेर खाने गरौँ।
२८- तेलमा तारेका, भुटेका चिल्लो वस्तुले शरीरको वजन र पेटको एसिडिटी बढ्छ त्यसैले त्यस्ता वस्तु सेवन नगरौं।
२९- गहुँको पिठो र बेसन बाट बनेका वस्तु खाने बानी छोडौ।
३०- ४५ वर्ष उमेर पछि मटर, केराउ, चना, राजमास र मासको दाल खाने बानि छोडौं पेट तथा मृगौलाका समस्या बाट बचौं।
३१- अदुवा र ज्वानोको प्रयोगले वायुविकार र शरीर दुख्ने कम हुन्छ।
३२- अचारमा हिङ र मेथी अनिवार्य मिलाउनु पर्छ। नत्र अचार हानिकारक हुन्छ।
३३- अचार केवल अमिलो स्वाद भएका फल या जमिन मुनि फलेका वस्तुको मात्र बनाउनु उत्तम हुन्छ।
३४- पानी छान्ने RO/UVवाटर प्युरिफायर या फिल्टर हानिकारक छ। यसले पानी छान्दैन, पानीमा भएका स्वास्थ्यवर्धक खनिजहरुलाई मात्र छान्ने गर्दछ। जसको कारणले शरीर कम्जोर र रोगग्रस्त हुन्छ। त्यसैले पानी सदा साधारण सुती कपडाले छानेर या उमालेर प्रयोग गरौँ; माटाको घैटो प्रयोग गरौं यहि नै उत्तम विकल्प हो।
३५- भान्छामा सदा निम्न प्रकारका औषधीजन्य पदार्थहरु राख्ने गरौँ, जस्तै-
बेसार, ज्वानो, जिरा, कालो जिरा, धनिया, मेथी, हिङ, तेजपात, दालचिनी, जाइफल, जाइपत्री, सौंफ, तोरी, रायो, पहेंलो सर्स्यु, सिधेनुन, बिरेनुन, खुर्सानी, अदुवा, सुठो, मरिच, टिमुर, पिपला, बोजो, लहसुन, प्याज, जिम्मु, पुदिना, ल्वाङ, ठूलो अलैची, सानो अलैची, अमेल्ची(इमली), कागती, चुक, अम्चुर, बकाइनाको पात(करिपत्ता), खसखस, राप, खुदो, गुड, मिस्री, मह, तिल, तुलसी, सुपारी, छोहडा, किसमिस, अञ्जीर, नारियल, घिउ, बदाम, साबदाना, हर्रो, बर्रो, अमला, केशर, कपूर, फिटकिरी, अर्सी(आलस), भङो, तोरीको तेल, तिलको तेल, नारियलको तेल, बदामको तेल, अर्सी(आलस)को तेल, ओखरको तेल।
३६- राति आधा चम्मच त्रिफला एक गिलास पानीमा घोलेर राखौं, बिहान कपडाले छानेर यो पानीले आँखा धुने गरौँ, आँखाको ज्योति बढ्नुका साथै आँखा सम्बन्धि अनेकौं समस्या नष्ट हुन्छन्। छानेर बचेको पदार्थ एक गिलास पानीमा हालेर सुरक्षित राखौं र राति सुत्ने बेला सेबन गरौँ पेट साफ हुनेछ र रोगप्रतिरोधी क्षमता बढ्नेछ।
३७- राति आधा चम्मच जीरा एक गिलास पानीमा भिजाएर बिहान उठ्नासाथ् जिरा चबाएर खाए पछी पानी खाने गरौँ अम्लपित्त (एसिडिटी) नियन्त्रण हुनेछ।
३८- एक्यूप्रेशर वाला पिरामिड प्लेटफार्ममा उभिएर भोजन बनाउने गर्नाले समस्त शारीरिक समस्या बाट बच्न सकिन्छ।
३९- भोजन या पेयमा दालचीनीको प्रयोग गर्दा शरीर निरोगी बन्छ।
४०- जाडोमा जडीबुटी युक्त पेय सेवन गर्नु स्वास्थ्यवर्धक छ।
४१- जाडोमा अलिकति जाइफल र जईपत्रीको सेवन गर्नाले चिसोको असर कम हुन्छ।
४२- जाडोमा बाहिर निस्कने बेला २ चिम्टी ज्वानो मुखमा राखेर निस्कने गरौँ, चिसो बाट हुन सक्ने समस्या बाट बचिनेछ।
४३- रस निकालेको कागतीको टुक्रामा अलिकति बेसार, सिधेनुन र फिटकरी या कहिलेकाही बेसार, सिधेनुन र फिटकिरिको धुलोमा तोरिको तेल मिलाएर दात र गिजा मल्ने गर्दा दात, गिजा र मुखका रोग बाट वचन सकिन्छ।
४४- ज्वरोमा २ मानो पानी उमालेर आधा गिलास बनाउने, मनतातो भयो भने रोगीलाई एक एक चम्चा खुवाउने, औषधिको काम गर्नेछ।
स्वस्थ शरीर नै सुखको आधार हो..!
नमस्ते ..!
जय प्रकृति ..!
प्रतिक्रिया दिनुहोस्: