चुरोटको धुँवा भन्दा खतरनाक छ आजभोली बजारमा बेचिने धूप

१४ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

हरेक सनातनीहरुको घरमा पूजाआजा गर्ने गरिन्छ। पूजा आराधना गर्दा धूप अनिवार्य बाल्ने प्रचलन छ। यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा रहेको छ। हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवानलाई खुशी बनाउन सकिन्छ भन्ने विश्वास पाइन्छ। त्यसैले हरेक मठ, मन्दिर, देवालय, शिवालय आदि पवित्र स्थलमा दैनिक अगरबत्ति तथा धूप जलाउने गरिन्छ। तर आजभोली बजारमा पाइने अनेकौं प्रकारका धूप र अगरबत्तीहरुमा गरिएको अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक पाइएको छ। धूप बनाउँदा प्रयोग गरिने टायरको धुलो र यसमा पाइने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउने बताइएको छ।

अध्ययन अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ। धूपबाट निस्कने सुगन्धित धुँवामा बिषका मसिना मसिना कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै घातक हुन्छ । अनुसन्धानमा बताएअनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् जसले गर्दा क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ। यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र जलन पैदा गर्छ। त्यस्तै, धुँवामा भएको खतरनाक रसायनले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा पाइने कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ । यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ भने यसमा भएको हानिकारक रसायनले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ ।

Advertisement:

यसको उत्तम विकल्पको रुपमा हाम्रा रैथाने गाईको गोबरमा घिऊ, गुग्गुल, श्रीखण्ड, रक्त चन्दन, हवन सामग्री, कपूर, चामलको पिठो, दालचिनी, बेलपत्र, तेजपत्र, सिमली(निर्गुंडी) पत्र, जटामसी, धूपी, कपूर आदि प्रयोग गरेर बनाइएको सुद्ध प्राकृतिक, मनमोहक सुगन्ध आउने, प्रदुषण तथा रसायन रहित, प्राणवायुको मात्रा वृद्धि गर्ने, सकारात्मक उर्जा वृद्धि गर्ने, घरमा सात्विकता वृद्धि गर्ने गव्य-सुगन्धि धूप प्रयोग गर्न सकिन्छ।
जय गौमाता…!
जय प्रकृति…!

प्रतिक्रिया दिनुहोस्: