गाईको हत्या गरेर बनाइन्छन यस्ता सयौँ वस्तु जुन तपाईंहरुले पनि अन्जानमा प्रयोग गर्नुहुन्छ:-
छिमेकी देश भारतमा हरेक वर्ष लगभग ४ करोड पशुको हत्या गरिन्छ। जसमा गाई, भैंसी, सुँगुर, बङ्गुर, खसी, बोका, बाख्रा, भेडा ऊंट, आदि। कुखुरा, हाँस लगायत अन्य पन्क्षी कति काटिन्छ त्यसको कुनै तथ्यांक छैन। नेपालमा हरेक वर्ष लगभग (गाई बाहेक) डेढ लाख पशुको हत्या हुन्छ। लुकिछिपी गाईको पनि हत्या भएको पाइन्छ। पन्क्षी प्रजातिको यहाँ पनि कुनै हिसाबकिताब छैन।
भारतमा सरदर २०% र नेपालमा ३५% मानिस मांसाहारी छन। पशुको हत्या बाट मासु बाहेक अन्य जुन वस्तु प्राप्त हुन्छ ती मध्ये एउटा हो तेल ! यसलाई मुसाई भाषामा tallow भनिन्छ। गाई बाट निस्कने beef tallow र सुङ्गुर/बङ्गुर बाट निस्कने तेललाई pork tallow भनिन्छ।
यस्ता तेलको सबैभन्दा अधिक उपयोग अनुहारमा लगाउने क्रीम बनाउनमा हुन्छ। जस्तै: Fair & Lovely, Ponds, Emami इत्यादि।
केही वर्ष पहिले भारतको मद्रास उच्च अदालतमा राजिव दिक्षित नाम गरेका एकजना स्वदेशी अभियान्ताले विदेशी कंपनी fair and lovely विरुद्ध मुद्दा जितेका थिए जसमा उक्त कंपनीले fair and lovely मा सुँगुर र बङ्गुरको बोशोको तेल मिलाउने कुरो स्वयं स्वीकार गरेको थियो।
वधशालामा पशुको मासु र बोशो बाट तेल बाहेक रगत पनि निकालिन्छ। वधशालामा गाई या अन्य पशुलाई पहिले रसिले बाधेर उल्टो टङ्गाइन्छ अनि तेज धार भएको छुराले तिनको गर्दन रेटिन्छ र रगतको धारा बग्न थाल्छ। ठिक तल तिर एउटा ड्रम राखिएको हुन्छ र रगत त्यसैमा जम्मा गरिन्छ। यो रगतको सबभन्दा अधिक प्रयोग गरिन्छ अँग्रेजी दवाइ (एलोपेथि दवाइ) बनाउनमा। गाईको शरीर बाट निस्केको रगत माछाको शरीर बाट निस्केको रगत, गोरु/बहर, बाच्छा , बाच्छीको शरीर बाट निस्केको रगत बाट जुन दवाई बनाइन्छ ती मध्ये एउटा नाम हो- Dexorange अत्यन्तै प्रसिद्ध दवाइ हो। डाक्टरहरुले स्त्रीहरुको शरीरमा रगतको कमी भयो भने यहि दवाई सिफारिस गर्छन्। विशेष गरेर जब स्त्रीहरु गर्भावस्थामा हुन्छन् तब उनीहरुमा रगतको कमी हुन्छ र डाक्टरहरुले उनीहरुलाई जनावरको रगत बाट बनेको दवाइ सिफारिस गर्ने गर्दछन। किनभने उनीहरुलाई दवाइ कंपनिहरु बाट मोटो रकम कमीशनको रुपमा प्राप्त हुन्छ।
यो बाहेक रगतको बढि मात्रामा प्रयोग हुन्छ- लिपिस्टिक बनाउनमा, नङपालिश बनाउनमा र चिया बनाउनमा पनि निक्कै कंपनिहरुले रसायन मिलाएर पशुको रगत प्रयोग गर्दछन्। चिया वनस्पति बाट प्राप्त हुने हरियो रङ हुने वस्तु हो। चिया न कालो हुन्छ न रातो र पहेँलो। चियाको बोटको आकार त्यति ठूलो पनि हुँदैन। चियाको बोट बाट त्यसका मुन्टाका कलिला पात (मुना) टिपिन्छ, सुकाइन्छ र डिब्बामा बन्द गरिन्छ र बेचिन्छ, यहि नै असली चिया हो। अब चियाको बोटका जुन पात तल खसेका हुन्छन्, छिप्पिएका हुन्छन् ति काम नलगाग्ने पात जुन चिया हैनन, तिनै पातलाई चिया जस्तै बनाउन नाफाखोर विदेशी कम्पनी या तिनका दलाल स्वदेशी कम्पनीहरुले जानवरको रगत यसमा मिलाएर चियाको रुपमा बेच्ने गर्दछन। यसलाई प्राविधिक भाषामा tea dust भनिन्छ।
मासु,तेल र रगत पछि वधशालामा पशुको हड्डीया निस्कन्छ र यसको प्रयोग दन्तमन्जन ( toothpaste) बनाउने कल्गेट, पेप्सोडेण्ट, क्लोजअप, सिबाका, सेन्सोडाइन आदि बदमाश कंपनिहरुले गर्दछन्। सबभन्दा पहिले जानवरको हड्डि जम्मा गरिन्छ, सुकाइन्छ, धुलो पार्ने मशिन( bone crasher) मा पिसेर धुलो बनाइन्छ र कंपनिहरुलाई बेचिन्छ। दाह्री फाल्दा प्रयोग गरिने कृम ( shaving cream) बनाउने कंपनिहरुले पनि यसको उपयोग निक्कै गर्दछन् ।
आजभोलि यस्ता हड्डीको धुलो टेल्कम पाउडर (जुन स्नान पछि प्रयोग गरिन्छ) बनाउन पनि प्रयोग गरिन्छ। किनकी यो अलि सस्तो मूल्य पर्छ। त्यसो त टेल्कम पाउडर एक विशेष पत्थर बाट बन्छ। यसको मूल्य १०० देखि १५० रुपैयाँ प्रती किलो पर्छ तर पशुको हड्डी बाट बनेको पाउडर ५० देखि ७५ रुपैयाँ प्रती किलोमा पाइन्छ। त्यसैले यि कंपनिहरुले हड्डिको प्रयोग गर्दछ्न।
त्यसपछि आउँछ पशुको छाला। सबैभन्दा बढी यसको प्रयोग गरिन्छ कृकेटको बल बनाउन! यो रातो रङको बल हुन्छ। आजभोलि सेतो रङको पनि हुन्छ यो गाईको छाला बाट बनाइन्छ। यसमा गाईका साना साना बाच्छा-बाच्छिको छाला बढी प्रयोग हुन्छ। गाईको छालाको प्रयोग फूटबलमा पनि अधिक हुन्छ।
छालाको प्रयोग आजभोलि जुत्ता, चप्पल, झोला, पैसा राख्ने थैलो, जाकेट, क्याप, बेल्ट, अनेकौं वस्तुका खोल आदि मा पनि निक्कै प्रयोग हुन्छ। छाला बाट बनेको जुन वस्तु जति मुलायम र नरम हुन्छ, त्यो १००% गाईको छाला बाट बनेको हुन्छ। यदि कडा छ भने त्यो ऊंट र घोडाको छाला बाट बनेको हो। यि बाहेक आजभोलि सजावटका वस्तुमा पनि गाईको छालाको प्रयोग गरिन्छ।
गाई र अन्य जनावरको हत्या गरेर ५ प्रकारका वस्तु निस्कन्छन।
१- मासु निस्कन्छ जुन मांसाहारीले खान्छन्।
२- बोशोको तेल निस्कन्छ जुन श्रृङ्गारका वस्तुमा प्रयोग हुन्छ।
३- रगत निस्कन्छ जुन अँग्रेजी एलोपेथी दवाइ, चिया, नङपालिश, लिपिस्टिक आदिमा प्रयोग हुन्छ।
४- हड्डी निस्कन्छ जुन दन्तमन्जन, दाह्री बनाउने कृम, टेलकम पाउडर आदि बनाउन प्रयोग हुन्छ।
५- छाला निस्कन्छ जुन कृकेट बल, फुटबल, जुत्ता, चप्पल, थैली, ब्याग, कोट, जाकेट, बेल्ट आदि बनाउन प्रयोग हुन्छ।
यसरी लाखौं जनावरको हत्या गरेर निस्कने यि ५ प्रकारका बस्तुको ठूलो व्यापार छ सन्सारमा, नेपालमा पनि यसको ठूलो बजार छ।
यसका अतिरिक्त गाईको शरीर भित्रका केहि भागको पनि निक्कै प्रयोग हुन्छ। जस्तै- गाईको ठूलो आन्द्रा बाट जिलेटिन बनाइन्छ। यसको प्रयोग आइसक्रीम, चोकोलेट, क्याप्सूल आदिमा हुन्छ। यो बाहेक म्यागी, पिज्जा, बर्गर, हटडग, चाउमिन आदिको बेस वस्तुमा ठूलो मात्रामा उपयोग गरिन्छ। अर्को एक वस्तु हुन्छ- सुन्तला रङको जेलि, यसमा जिलेटिनको अति प्रयोग हुन्छ। आजभोलि जिलेटिनको उपयोग साबदानामा पनि हुन थालेको छ। जुन हिन्दुहरुले उपवासको बेलामा खाने गर्दछन। यस्ता वस्तु जानवरको हत्या पछि बनाइन्छ र हामीले जानीनजानी यिनको प्रयोग आफ्नो जीवनमा गरिरहेका छौं। हामी आफूलाई सनातनी भन्न रुचाउँछौं, शुद्ध शाकाहारी भन्छौं तर कहिँ न कहिँ यस्ता वस्तु पनि प्रयोग गरेर आफ्नो धर्म र संस्कृति भ्रष्ट गरिरहेका छौँ ।
यस्ता वस्तु प्रयोग गर्न बाट बचौं र आफ्नो धर्म भ्रष्ट हुन बाट बचौं, एउटा कुरा सदा स्मरण राखौं, त्यो के भने टेलिभिजन लगायत अन्य सन्चार माध्यम बाट देखाइने विज्ञापन हेरेर या पढेर, सुनेर घरमा त्यस्ता कुनै वस्तु नल्याऔं। किनभने यसैमा सबभन्दा बढी धोका छ। जस्तो – चकलेटको विज्ञापन आउँछ – केटबरी, नेस्ले, आदि। कोक पेप्सिको आउँछ, फेयर एण्ड लभ्ली आदि क्रीम, कल्गेट, क्लोजअप, पेप्सोडेन्ट आदि आदि !!
हामीले आफ्नो दिमाग बाट काम गरौं र यस्ता वस्तु बाट बचौं, किनभने विज्ञापन त्यस्ता वस्तुको गरिन्छ जसमा कुनै गुणस्तर नै हुँदैन। गाईको घिउँ बिना विज्ञापन बिक्छ, उखुको रस र गुड बिना विज्ञापन बिक्छ, मह बिना विज्ञापन बिक्छ। विज्ञापनको सिद्धान्त हुन्छ तालु खुइलेलाई काइयो बेच्ने। एउटा कुरालाई पटक पटक देखाएर हाम्रो मस्तिष्कमा जबर्जस्ति भरिन्छ र एक दिन हामीले त्यो वस्तु घरमा ल्याइहाल्छौँ । उनीहरुको उद्देश्य पनि त्यही हो, हामी उनको फन्दामा फसिहाल्छौँ ।
लेख राम्रो लाग्यो भने सबैलाई सचेत बनाउन सहयोग गरौंला।। स्वस्थ प्रतिक्रियाको अपेक्षा रहनेछ ।
जय स्वाभिमान ..!
जय प्रकृति…!
जय गौमाता…!
प्रतिक्रिया दिनुहोस्: