गीता ज्ञान प्रबचन,अध्ययन तथा बितरण कार्यक्रम सम्पन्न

७ पुष २०८१
Avatar
प्रोफाइल खबर

बिश्व हिन्दु महासघ जिल्ला शाखा स्याङ्जा ,बिश्व हिन्दु युवा सघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको संयुक्त आयोजनामा गीता ज्ञान प्रबचन ,अध्ययन तथा बितरण कार्यक्रम वालिङ स्थित पतञ्जलीमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु महा सघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले गर्नु भएको थियो।

कार्यक्रममा गुरु पण्डित नेत्र प्रसाद पराजुलीले गीताको प्रबचन गर्नु भएको थियो।उहाले गीता नै सबै भन्दा उत्कृष्ट भएको र मानव जगतलाई गीताले बाच्ने कला सिकाएको बताउनु भएको थियो।पण्डित पराजुलीले गीतामा कृष्ण अर्जुनको महिमा लगायतको कुरा बुझाउनु भएको थियो।उहाले गीता एक यस्तो महान ग्रन्थ हो जसले मानव कल्याणका हरेक पक्षलाई समेटिएको छ। धर्म ,विज्ञान ,राजनीति को त्रिकोणय विकास। आत्म चिन्तन र सरल मानवीय दैनिकी । ज्ञान र विज्ञानको समिश्रित् रूप गीता हो।

Advertisement:

यस्तै कार्यक्रममा स्वागत मन्तब्य बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले राख्नु भएको थियो।उहाले अब सनातनीहरु चुप लागेर बस्न नहुने कुरा बताउनु भएको थियो।त्यसकालागी सबै जना आ आफ्नो ठाउँबाट उठेर आफ्नो कला संस्कृति बचाउनु पर्ने कुरा बताउनु भएको थियो।अध्यक्ष पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा गरेका कार्यहरुको जानकारी दिनु भएको थियो। कार्यक्रममा धन्यबाद मन्तव्य केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष सीताराम अधिकारी र खगेन्द्र अर्यालले राख्नु भएको थियो।

कार्यक्रममा गीताको १२ औ र १५ औ अध्याय गुप्त प्रसाद गैह्रे,त्रिबिक्रम अर्याल र लोकनाथ लामिछानेले पाठ पारायण गरेर सुनाउनु भएको थियो।कार्यक्रममा प्रबचन सुन्न आउनु भएका करिब २५० जनालाई गीता बितरण गरिएको थियो।कार्यक्रममा युवा,बिधार्थी,शिक्षक,विभिन्न संघ संस्थामा आवद्ध महिला दिदी बहिनिहरु,सामाजिक ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो।कार्यक्रमको सन्चालन बिश्व हिन्दु महा सघ जिल्ला शाखा स्याङ्जाका सचिब भुपराज बगालेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: