ૐ
१- अदुवा र गौमाताको घिउँ:
अदुवाका ससाना टुक्रालाई घिउँमा भुट्ने र दिनमा ४-५ पटक चपाएर खाने। यसो गर्नाले रुघा भाग्छ र रोगीलाई शान्ति हुन्छ।
२- बेसार, ज्वानो, गुड र पानी:
१० ग्राम बेसारको धुलो र १० ग्राम ज्वानो एक कप पानीमा मिलाएर मन्द आँचमा पकाउने। जब पानी घटेर आधा भयो भने त्यसमा अलिकति गुड मिलाउने। मनतातो भए पछी छानेर दिनमा तीन पटक सेवन गर्ने; सर्दी र रुघाले कुलेलम ठोक्नेछ।
३- लहसुन, मह र कालो जिरा:
दुई केस्रा लहसुन आगोमा जलाएर पिस्ने र यो धुलोलाई महमा मिलाएर चाट्ने। कालो जिरालाई कुटेर धुलो बनाएर सानो टालोमा बाँध्ने र पटक पटक सुँघ्ने गर्नाले नाक बाट पानी आउन रोकिन्छ।
४- जाइफल र पानी:
थोरै पानी मिलाएर सफा ढुङ्गामा जाइफल घोट्ने र चंदन झैं निधारमा लगाउने, अलिकति नाकमा पनि लगाउने।
५- तुलसी, ल्वाङ, सुठो, गुड या मह र मरिच:
पाँच वटा तुलसीका पात, दुई वटा ल्वाङ, सानो टुक्रा अदुवा या सुठो र चार वटा मरिच यी सबलाई कुटेर एक कप पानीमा मिलाएर पकाउने। पानी आधा भयो भने आगो बाट उतार्ने र मनतातो भयो भने छानेर त्यसमा अलिकति गुड या मह मिलाएर सेवन गर्ने।
६- गहुँत
नाकका दुवै प्वालमा ताजा गहुँत कपड-छान गरेर दुई/दुई थोपा बिहान-बेलुकी चुहाउने र दुई/दुई चम्मच सेवन गर्ने हो भने जस्तो सुकै रुघा, सर्दी पनि ठिक हुन्छ।
७- सुठो
एक चम्मच सुठोको धुलो फ्वाँक पारेर मनतातो पानी सङ्ग निल्ने हो भने रुघा, सर्दी, टाउको दुख्ने नाक बाट पानी बग्ने आदिमा आराम हुन्छ।
८- मुनक्का (ठूलो किसमिस)
पाँच दाना मुनक्का एक कप पानीमा उमाल्ने, पानी आधा भयो भने मुनक्का निकालेर चबाएर खाने र उक्त पानी एक/एक घुट्की लिँदै खाने गर्दा रुघा भाग्छ।
९- अदुवा, तुलसी, मरिच, कागती र मह
अदुवा, तुलसी र मरिच तिनवटै मिलाएर एक चम्मच बनाउने र दुई गिलास पानीमा उमाल्ने, पानी आधा भयो भने उतारेर राख्ने, एक चम्म कागतीको रस मिलाउने अन्तमा मनतातो भयो भने एक चम्मच मह मिलाएर सेवन गर्ने।
१०- दालचीनी र जाइफल
दालचीनी तथा जाइफल दुवैको धुलो मिलाएर एक चम्मचको मात्रा एक घुट्की मनतातो पानी सङ्ग सेवन गर्ने हो भने रुघा, सर्दी फूर्र हुन्छ।
११- अम्बा (बेलौती)
पाकेको अम्बा गोमय बाट बनेको गुइठामा पोलेर खाने हो भने रुघा ठिक हुन्छ।
१२- मुलाको बिज र मह
आधा चम्मच मुलाको बिजलाई कुटेर बनाएको धुलोमा एक चम्मच मह मिलाएर चाट्ने।
१३- चुना
गहुँको गेडा बराबरको मात्रामा चुना लिएर पानीमा फिट्ने र बिहान खालि पेट नियमित केहि दिन सेवन गर्ने हो भने पनि रुघामा लाभ हुन्छ।
१४- अनारको पात र गुड
अनारका पातलाई पिसेर एक चम्चा लेदो बनाउने र त्यसमा एक चम्चा गुड मिलाएर खालि पेट सेवन गर्ने।
१५- चिराइतो, सुठो, असुरो र कटेरी(कन्टकारी)
चिराइतो, सुठो, असुरो र कटेरीको जरो सबै ५/५ ग्रामको मात्रामा लिएर काढा बनाएर सेवन गर्ने।
१६- गोदुग्ध, बेसार र मह
एक कप गऊमाताको दुधमा एक चम्मच बेसार र एक चम्मच मह राम्रो सङ्ग फिटर सेवन गर्ने।
१७- तोरी (रायो/सर्सु)को तेल
नाक बाहिर र भित्र छिन्-छिनमा तोरी, रायो या सर्सुको तेल लगाउनाले रुघाको पानी बगेर जान्छ।
१८- नीम, रीठा, कनेर, घिउकुमारी र सिधेनुन
नीम र रिठाका बिजको धुलो, सेतो कनेरको फूल तथा घिउकुमारीको गुदी सबलाई मिलाएर कुट्ने र थोरै सिधे नुन मिलाएर सेवन गर्ने।
१९- पुदीना, मरिच र सुधेनुन
आठ वटा पुदीनाका पात, पाँच दाना मरिच र एक चिम्टी सिधे नुन दुई गिलास पानीमा मिलाएर पकाउने, आधा बचेपछि छानेर सेवन गर्ने।
२०- कागती र सिधे नुन
कागतीका बोक्रा पिसेर चटनी बनाउने र त्यसमा अलिकति सिधे नुन मिलाएर सेवन गर्ने।
२१- हींग
थोरै हींग मनतातो पानीमा घोलेर पटक-पटक सुघ्ने र छातीमा मालिश गर्ने।
२२- सौंफ, मरिच र ल्वाङ
चार चम्मच सौंफ, चार दाना ल्वाङ र पाँच दाना मरिच पिसेर एक कप पानीमा उमाल्ने, चौथाई कप बचेपछी त्यसमा मह या गुड मिलाएर सेवन गर्ने।
रुघाखोकी या सर्दी लागेको बेला के खाने के नखाने ?
अत्यन्त सितल र अति गरम प्रकृति भएका वस्तु नखाने। हरियो चिया, बेसार मिलाएको गाईको दुध (ज्वरो छ भने दुध नखाने), अम्बा, मेवा, सुन्तला, स्याउ आदि फल, पालुंगो, मेथी आदिको साग, परबल, बन्दागोभी, आदिको तरकारी, बोक्रा सहितको हरियो मुंगको दल, जौ, फापर, कोदो, मकै आदिको रोटि या ढिंडो, पुरानो धानको चामल बाट बनेको परिकार, खाने। रातिमा उच्च प्रोटिन युक्त खाद्य पदार्थ नखाने, दहि नखाने, चिया, चिनी र कफी सेवन नगर्ने, गहुँको कुनै पनि परिकार नखाने, फ्रिजमा राखिएका वस्तु नखाने, मोही, बरफ, चिसो पानी, करेला, भन्टा, फूलगोभी, मूला, केरा आदि नखाने।
रुघा लागेको समयमा उपवास बस्नु अति नै लाभदायी छ, ७२ घण्टा (तीनदिन) अनाजको त्याग गर्नु र दिनभरी कागती मिलाएको मनातो पानी खाइरहने, मुंगको दालको सूप, बन्दाको सूप, स्याउको सूप र बढी भोक लागेमा मौसमी फल खान सकिन्छ। तीन दिन पछी एक/दुई दिन गाईको घिउमा पुरानो चामल एकभाग र दुई भाग मुंगको दाल, अदुवा या सुठो, मरिच, दाल्चिनिको बोक्रा आदि मिलाएर जाउलो पकाएर खाने। क्रमशः गरिष्ट आहारको मात्रा बढाउँदै लैजाने।
स्वस्थ रहौं……सुखी रहौं…
जय प्रकृति…!
जय स्वाभिमान…!
प्रतिक्रिया दिनुहोस्: