हामीले बिष कसरि सेवन गरिरहेका छौं ? छद्म तरिकाले जनसंख्या वृद्धि रोक्ने अदभुत तरीका..!

३ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

सावधान…! वर्षौंदेखि हामीले मिठो बिष कसरि सेवन गरिरहेका छौं ?
छद्म तरिकाले जनसंख्या वृद्धि रोक्ने अदभुत तरीका..!

सावधान, तपाइले खाने वस्तु र औषधिमा साइनाइड नामक प्राणघातक बिष मिलाएर खुवाइदै छ…!

Advertisement:

के हो साइनाइड नामक विष ?

शायद तपाइले पहिले कहिल्यै साइनाइडको भयंकर दुष्प्रभावको बारेमा सुन्नु भएको छैन होला तर यो एक अंतर्राष्ट्रीय षड्यन्त्र हो जसको शिकार हामी भैरहेका छौं। तपाईहरु सबैसंग निवेदन छ कि यो लेखलाई ध्यानसंग पढ्नुहोला र बुझ्नुहोला जसले बुझ्न चाहनुहुन्न, उहाँले यो बिष खानुहोला। हाम्रो अन्न र औषधिमा साइनाइड नामक प्राणघातक बिष मिलाइदैछ। साइनाइड एक घातक बिष हो, आश्चर्यचकित नहुनुहोस्, यो बिलकुल सत्य हो। आजभोलि हामी सबैले सुनेका र देखेका पनि छौं कि एक पूर्ण स्वस्थ व्यक्तिको केहि काम गर्दागर्दै अचानक मृत्यु हुन्छ र मृत्युको कारण थाहा हुँदैन, यस्ता घटनाहरु सामान्य जस्तै हुँदैछ।

आउनुहोस्, जानौं त्यस्ता खाद्य पदार्थ र औषधि जसमा साइनाइड विष मिलाइएको छ र हामी निर्दोषहरु यसको शिकार बन्दैछौं :-

१- नुन

हामीले प्रयोग गर्ने नुनको पाकेटलाई ध्यानसंग हेर्नुस यदि यसमा क्रिस्टल मोडिफायर (crystal modifier) E-536 लेखिएको छ भने यसको अर्थ नुनमा पोटाशियम फेरो साइनाइड मिलाइएको छ जसको एक रासायनिक अणुमा साइनाइडका ६ वटा परमाणु हुन्छन जसको रासायनिक सूत्र {K4Fe(CN)6} हो। हुनत यो एकदम अल्प मात्रामा हुन्छ तर जब यो हाम्रो पेटमा पुग्छ तब पेटमा उपस्थित पाचक अम्ल (HCL) संग प्रतिक्रिया गरेर पोटाशियम र फेरोसाईनाइडको धनात्मक र ऋणात्मक आयन बनाउँछ र फेरोसाइनाइडले पेटमा उत्पन्न HCL संग प्रतिक्रिया गरेर फेरस क्लोराइड र हाइड्रोजन साइनाइड बनाउँछ जुन अत्यंत घातक विष हो। यो विषलाई प्रभावहीन (डिटक्सिफाई) बनाउनका लागि कलेजोमा अत्यधिक दबाव पर्दछ। प्रतिदिन यो मन्द बिष मिलाइएको नुन खाँदा केहि महीना या वर्षमा व्यक्ति मृत्युको निकट पुग्छ।

२- भिटामिन-बी :-

यो सबैभन्दा अधिक खपत हुने भिटामिन हो, यो बी कम्प्लेक्समा एउटा विषाक्त पदार्थ छ त्यो हो साईनाकोबलामिन या बी-१२ जसले हाम्रो पेट या रगतमा पुगेर साइनाइडको अणु छोड्दछ। सावधान..! यदि यो भिटामिन बी-कम्प्लेक्स क्याप्सूल, ट्याब्लेट या इंजेक्शनमा बी-१२ साइनोकोबलामिन छ भने डाक्टरले जतिसुकै आश्वाशन दिए पनि नलिनुस्। बजारमा ९९% बी-कम्प्लेक्स भिटामिन बी-१२ (Cyanocobalamin) हुन्छ। केवल १% औषधि कम्पनिहरुले मात्र Methyl cobalamin B-12 बनाउँछन् जुन खानमा सुरक्षित छ। त्यसैले भिटामिन-बी किन्दा केवल Methyl cobalamin B-12 युक्त नै किन्नुहोला।

विगत केहि वर्ष यता सरकारी योजनामै गहुँको पिठो र मैदा आदिमा साइनाइड मिलाइएको B-12 Cyanocobalamin भिटामिन मिलाउन अनिवार्य गरिएको छ (फोर्टिफाइड पिठो/मैदा)।

सरकारले सुरक्षित B-12 Methyl cobalamin लाई प्रस्तावित किन गरेन..?

के सरकारलाई थाहा छैन र तौवाको तापमा गहुँको रोटि पकाउँदा तातोको कारणले भिटामिन-बी पूर्णरुपमा नष्ट हुन्छ र केवल विषाक्त साइनाइडका अणु मात्र बच्छन् जुन तातोले नष्ट हुँदैनन्।अनि यो फोर्टीफिकेशनको उपयोग र लाभ के ? या सरकारले जानि-जानि अन्नमा बिष मिलाइरहेकोछ..! आश्चर्यचकित नहुनुहोस्..! सरकार भित्र लुकेको अंतरराष्ट्रीय वैश्विक दानवी सरकारको दबाव छ कि जनसंख्या कम गर्नका लागि यो एक कोवर्ट डीपपुलेशन प्रोग्राम हो जसलाई विस्तार पूर्वक पढ्दा सबैको होश उड्नेछ।

त्यस्तै अन्य केही विहिनिकरण (डी-पपुलेशन) केमिकल पदार्थ,

आयोडीन नुन विश्वको सबैभन्दा ठूलो जनसंख्या विहिनिकरण (डीपपुलेशन) षड्यंत्र:-

आज भन्दा लगभग ३०-४० वर्ष पहिले आयोडीन नुनको बारेमा कसैलाई थाहा थिएन। कसैलाई आयोडीनको कमी थिएन, यदि मानव इतिहास हेर्ने हो भने मुसा मुहम्मद, जीसस क्राइस्ट काल होस् या त्यो भन्दा पनि पहिले बुद्ध, महावीर, पौराणिक काल, महाभारत या रामायण, मनुस्मृती आदि समयमा एउटा पनि प्रमाण प्राप्त हुँदैन जहाँ कसैमा आयोडीनको कमीको लक्षण देखिएको होस् । अचानक लगभग २६ वर्ष पहिले यहाँ आयोडिनको कमि छ भनेर सरकारले सन्चारका विविध माध्यममा लाखौं करोडौं खर्च गरेर लगातार विज्ञापन देखाएर बुद्धि भ्रष्ट गर्ने दुष्कार्य शुरु गर्यो ।”बालबालिकाको मानसिक विकासका लागि आयोडीन युक्त नुन मात्रै खानुपर्छ।” विचारा जनताले यसलाई आदर्श वाक्य मानिसके। त्यसबेला नेपालमा जन्म दर ४० प्रति १००० थियो।

यही प्रोपोगन्डा पकिस्तान र बङ्लादेशमा पनि गरियो तर त्यहाँका जनता होशियार थिए, उनीहरुले सरकारी आयोडीन नुनको बहिष्कार गरेर साधारण समुद्री नुन या सिधेनुन नै किनेर खान थाले जसमा प्राकृतिक आयोडीन हुन्छ, मन्द बिष (कृत्रिम आयोडिन) मिलाइएको हुँदैन। परिणामस्वरूप त्यहाँ लुटेरा वहुराष्ट्रिय कम्पनीको दलाली गर्ने सरकार द्वारा प्रायोजित आयोडीन नुनको कार्यक्रम असफल भयो।
आज २६ वर्ष पछि नेपालमा आयोडीन नुनको कारणले जन्म दर लगभग १८ प्रति १००० छ।

जनसंख्या नियन्त्रण हुनुपर्छ, ठिक कुरा हो, तर यस्तो निच तरिकाले ??

नेपालका सबै स्थानमा आयोडीनको कमी छैन, हिमाल र पहाडका केहि स्थानमा आयोडिनको कमि हुनसक्छ तर यसको पूर्ति अन्य माध्यम बाट पनि हुन्छ। अर्को जान्नुपर्ने कुरा केहो भने बिना आयोडिनको कुनै नुन हुँदैन। आयोडिन प्राकृतिक हुनुपर्छ, दैनिक कति खाने त्यसको पनि मात्रा हुन्छ। अतिरिक्त आयोडिन जीवनभरी खानु पनि पर्दैन। नुनमा मिलाइएको आयोडिन कृतिम (इन्डस्ट्रियल ग्रेडको सप्लिमेन्ट) हो, यसलाई शरीरले पचाउन सक्दैन र यसको अनेकौं दुष्परिणाम छन्। आवश्यकता भन्दा अधिक आयोडीन खानाले कण्ठमा स्थित थाइराइड ग्रंथिले अधिक हार्मोन बनाउँछ जसको कारणले नपुंसकता, मृगौलाको समस्या, स्त्रिमा बाँझोपन, अनियमित मासिक स्राव इत्यादि समस्या उत्पन्न हुन्छन। यहि तथाकथित् आयोडिन नुनकै कारण नेपालका युवा-युवतीहरु नपुंसकताको शिकार भैरहेका छन् र महिलाहरुमा आजभोली बाँझोपन र थाइरायडको समस्या बढ्दो छ र सबैमा मृगौलाको समस्या, उच्च रक्तचाप, मानसिक तनाव, अनिद्रा आदि समस्या बढ्दैछ।

नेपालका जनतालाई गिनीपिग सरह बनाएर आयोडीन नुनको परिक्षणका कारण कैयौं परिवारको अस्तित्व समाप्त भैसक्यो। तर जनता अब जागरूक हुँदैछन् र विस्तारै सब थाहा हुँदैछ। त्यसैले सिधेनुन र अन्य साधारण नुनको उपयोग र माग बढ्दै छ, नेपालमा आयोडीन नुनको विकल्पमा सादा नुन, बिरे र सिंधे नुन प्रयोग गर्ने हो भने, रिफाइन तेलको विकल्पमा तोरीको र तिलको तेल प्रयोग गर्ने हो भने, जनावरको हड्डी र बिष मिलाइएको दन्तमंजनको विकल्पमा आयुर्वेदिक जडिबुटी युक्त, पन्चगव्य दन्तमंजन प्रयोग गर्नेहो भने, अंग्रेजी पिडानाशक औषधि जस्तै- ब्रूफिन, डिक्लोफेनेक, असेक्लोफेनेक, ब्रोमाइड, मैदाका उत्पादन-चाउचाउ, चाउमिन, मोमो पाउरोटी, बिस्कुट आदि, पेप्सी कोला आदि चिसो पेय, पानीमा क्लोरीन ब्लीच, र एंडोसल्फान जस्ता कीटनाशक बन्द हुने हो भने नेपालमा क्यान्सर, ह्रदय रोग, थाइराइड र मृगौला रोग सदाका लागि अन्त्य हुनेछन् र नेपालका लगभग ८०% अस्पताल बन्द हुनेछन्।

– दन्तमंजनमा प्रयोग गरिने फ्लोराइड, फिज उठ्ने वस्तु र सुरक्षाको रुपमा मिलाइने वस्तु सबै घातक बिष हुन्, त्यसैले आयुर्वेदिक, पंचगव्य तथा घरेलु या प्राकृतिक दन्तमंजन, दतिउन मात्र प्रयोग गरौँ।
– ओरल पोलियो वेक्सीन जसमा SV-40 नामक क्यान्सर उत्पन्न गर्न सक्ने भाइरस मिलाइएको छ (गूगल सर्च गर्नुस्) ।
– टेटनस टैक्सओइड भ्याक्सिन (टीटी इंजेक्शन) मा स्त्रिलाई बाँझो बनाउन सक्ने वस्तुको मिलावट छ।
– आफ्ना प्राणभन्दा पनि प्यारा छोरीहरुलाई कहिल्यै पनि टीटीको सुई नलगाउनुहोस, शायद उनि जीवनमा कहिल्यै आमा बन्न सक्ने छैनन्, किनकि यसमा Anti-HCG antibody को मिलावट छ।
विश्वास छैन भने Tetanus HCG Kenya लेखेर गूगल गर्नुस्, अहिले त अफ्रिकी मुलुक केन्याको मात्र रिपोर्ट आएकोछ तर नेपालमा ३४ वर्ष पहिले यसको प्रयोग भैसकेको छ र अहीलेसम्म पनि जारी छ।

* हाम्रो कर्तव्य हो जानकारी दिनु, जीवनको निर्णय तपाइको अधिकारमा छ…!

जय सनातन..!
जय प्रकृति…!
जय गौमाता…!
कृपया यो लेखलाई स्वयं पुष्टि गर्नुहोला, यदि सत्य लाग्यो भने मात्र विश्वास गर्नुहोला। हाम्रो मनशाय कसैलाई जबरदस्ती मनाउन खोज्ने कदापि हैन।

प्रतिक्रिया दिनुहोस्: