जहिले देखि हामीले आफ्नो भान्छामा पाँच वटा भूतहरुलाई भित्र्यायौं, तब देखि हाम्रो शरीर रोगैरोगले घेरिएको छ। ति पाँच वटा भूत यी हुन्-
१- आयोडीन नुन,
२- मैदा,
३- पालिश लगाइएको चामल,
४- चीनी
५- प्रशोधन गरिएको तेल
यी पाँचवटै वस्तु हाम्रो शरीरका सबभन्दा ठूला शत्रु हुन्। यिनलाई भान्छा बाट बाहीर निकालौं नत्र हाम्रो शरीर कदापि स्वस्थ रहने छैन। यी वाहेक फ्रिज र प्रेसर कुकरले पनि हाम्रो स्वास्थ्यलाई गम्भीर असर पार्दछन्। परिवारलाई स्वस्थ राख्नका लागि यिनलाई पनि भान्छा बाट बाहिर निकाल्नु पर्दछ। किनकि प्रेसर कुकरमा कुनै पनि वस्तु पाकेको हुँदैन, अग्निको ताप र वायुको चापको कारणले तिनका कणहरुमा विस्फोट भएको हुन्छ जसले गर्दा त्यसमा विद्यमान सूक्ष्म पोषक तत्वहरु नष्ट हुन्छन् र त्यो अल्मुनियमको धातु पनि त्यहि भोजनमा विलय भएर शरीर भित्र प्रवेश गर्दछ र शरीरले पाचन तथा बाहिर निष्कासन गर्न सक्दैन। फ्रिजमा भण्डारण गरिएका चिसा वस्तु पनि शरीरका लागि हानिकारक छन्। स्वस्थ रहनका लागि त्यस्ता चिसा वस्तु देखि टाढा रहनु पर्छ।
आयोडीन नुनको कारणले नपुंसकता र बाँझोपन बढ्दै :
जहिले देखि हाम्रो भान्छा बाट सीधेनुन या साधारण नुनको स्थान तथाकथित् आयोनुनले लियो, तब देखि महिलाहरुमा बाँझोपन पुरुषहरुमा नपुंसकता बढेकोछ। हाइपोथाइराइडको समस्या पनि निम्तिएको छ त्यसैले यो विषाक्त आयोडीन युक्त नुनको साटो सिधेनुन या साधारणनुन नै प्रयोग गर्नु पर्दछ। यो आयोडीन नुन भ्रामक र स्वास्थ्यका निम्ति खतरनाक छ। आज भन्दा ३०-४० वर्ष अघि सम्म यो नुन थिएन तब यी समस्त समस्याहरु थिएनन्।
यसमा कृतिम तथा अप्राकृतिक औद्योगिक ग्रेडको आयोडिन मिलाइन्छ र यसलाई स्थिर बनाउन सिमेन्ट बनाउँदा प्रयोग गरिने ३ प्रकारका रसायन मिलाइन्छ त्यसपछि यसमा क्यान्सर कारक E-536 नामक घातक रसायन मिलाइन्छ। यसरि बनाइएको एक ग्राम नुन पचाउनका लागि हाम्रो शरीरको २३ ग्राम रस सुक्छ, शरीरका कोषहरु निस्क्रिय हुन्छन्; सुक्छन्। यसको परिणाम- रक्तधमनी अवरुद्ध, स्नायु र मस्तिष्कमा विकृति, घुँडा, कमर र ढाड दुख्ने, आँखा कम्जोर, मृगौला र कलेजोको काममा वाधा, हाइपो थाइराइड, शरीर सुन्निएको जस्तो देखिने, स्मरण शक्ति कम्जोर, नपुंसकता, स्त्रीमा बाँझोपन, उच्च रक्तचाप आदि समस्याहरु जन्मिन्छन्।
मैदा एक मन्द बिष; गहुँको साथमा मधुमेह पनि आयो :
गहुँ बाट बनेका परिकारहरुको सेवनले शरीरमा रक्त शर्कराको मात्रा तुरुन्त बढ्दछ किनकि यसमा उच्च शर्करा सूचकांक (हाइ ग्लाइसेमिक इंडेक्स) हुन्छ। यदि हामीले अधिक मात्रामा यस बाट बनेका परिकारहरु सेवन गर्दछौं भने अग्न्याशय (प्यांक्रियाज) को चिन्ता गर्न सुरु गरे हुन्छ किनकि यसले एक पटक त इंसुलिनको उत्पादन ठीक संग गर्दछ तर पटक-पटक अति मेहनत गर्नु पर्दा यसको काम मन्द पर्दछ, जसको कारणले शरीरमा इंसुलिनको उत्पादन कम हुन थाल्छ र व्यक्ति मधुमेहको चपेटामा आउँछ।
मैदा एक परिष्कृत गहुँको पिठो हो, जसमा हाम्रो शरीरका लागि अत्यन्त उपयोगी वस्तु-प्रोटिन र प्राकृतिक रेशा (फाइबर) समाप्त गरिन्छ र त्यसपछि यसलाई बेन्जोयल पेरोक्साइड मा उजेल्याइन्छ जसको कारणले मैदामा सफा तथा सेतो चम्किलो ढाँचा तयार हुन्छ। त्यसपछि किरा बाट जोगाउन यसमा मालाफिन नामक घातक बिष मिलाइन्छ, नत्र पिठोमा १५ दिनमै किरा पर्छन् । यी दुवै बिष चिन, जापान तथा यूरोपियन देशहरुमा पुरा प्रतिबन्ध छ।किनकि यसले छालाको क्यान्सर गराउन सक्छ।
पहिले जौ, मकै, कोदो, फापर आदिका परिकारहरु अधिक खाने गरिन्थ्यो तर आज यी सबको खेति नै गरिन्न र खेति भए पनि त्यो मासु व्यापारका निम्ति पालिने पशु-पंक्षीलाई खुवाइन्छ। जहिले देखि गहुँका परिकारहरुको अधिक सेवन गर्न थालियो तब देखि हाम्रो शरीर रोगग्रस्त हुन थालेको छ। जहाँका मानिसले गहुँका परिकार अधिक खान्छन्, त्यहाँ मधुमेहका रोगिहरुको संख्या अधिक पाइएको छ।
पालिश लगाइएको चामल:
पहिले हरेक घरमा ढिकी र ओखलमा कुटेको चामलको भाट खाइन्थ्यो, यो प्राकृतिक पनि थियो र यसबाट स्वास्थ्य रक्षा भएको थियो। जहिले देखि सेलर मिलमा चामलको बाहिरि परत जसमा विष्णु उर्जा विद्यमान हुन्छ, जसले हाम्रो शरीरलाई रोग बाट रक्षा गर्दछ त्यो पौष्टिक परत घोटेर फालिन्छ र ड्रग कंपनिहरुलाई बेचिन्छ या पशु-पंक्षीलाई खुवाइन्छ। घोटेर बचेको विष्णु उर्जा विहिन जुन चामल हुन्छ त्यो हामीले खान्छौं। यसको कारणले शरीरका जोर्नी दुख्ने, ढाड दुख्ने र कम्जोर प्रतिरक्षा भएका रोगीहरुको संख्यामा वृद्धि भएको छ। त्यसैले नघोटेको चामल अर्थात् नफलेको या पालिश नलगाएको चामल नै खानु पर्दछ।
चीनी :
चीनी एक प्रकारको स्वेत बिष हो। चिनी बनाउने प्रक्रियामा २३ प्रकारका हानिकारक रसायनहरुको प्रयोग गरिन्छ। यो हाम्रो शरीरको लागि अत्यन्त हानिकारक छ। यसको सेवनले हामीलाई विस्तारै-विस्तारै कैयौं स्वास्थ्य संबंधी समस्या तिर लैजान्छ।
चीनीले शरीरमा ट्राइ-ग्लिसराइड र कोलेष्ट्रोल बढाउँछ, जसको कारणले हृदयघात आउँछ, चीनीले शरीरको वजनलाई अनियन्त्रित गरिदिन्छ जसको कारणले मोटोपनको समस्या हुन्छ, चीनीले रक्तचाप बढाउँछ, चीनी पक्षाघात तथा मस्तिष्कघातको एक प्रमुख कारणहो, चीनीको मिठासलाई आधुनिक भाषामा सूक्रोज भनिन्छ जुन मानिस र जनावर दुवैले पचाउन सक्दैनन्, चीनी मधुमेह र पेटको जलनको एक प्रमुख कारण हो।
प्रशोधित (रिफाइंड) तेल: उच्च-रक्त चाप, ह्रदयघात, क्यान्सर आदिको प्रमुख कारण
अहिले शरीरको सबभन्दा ठूलो शत्रु नै प्रशोधित (रिफाइंड) तेल मानिएको छ। जसले प्रशोधित तेल खान्छन्, तिनीहरुलाई हृदयाघात हुने अधिक संभावना रहन्छ। हृदयाघातको ठूलो कारण बजारको यहि प्रशोधित तेल नै हो। त्यसैले तेल सदा सुद्ध रुपमा नै खानु पर्दछ। प्राकृतिक रुपमा पेलेको तिलको तेल, तोरीको तेल, बदामको तेल, ओखरको तेल, नारियलको तेल आदि जहाँ जे हुन्छ त्यहि खानु उत्तम मानिन्छ। यसको अतिरिक्त स्थानीय नस्लका गाईको घिउ हृदयका निम्ति उत्तम मानिन्छ। सुद्ध तेल र घिउ सेवन गर्नेहरुलाई हृदय सम्बन्धि समस्या, घुडा तथा जोर्नी दुख्ने समस्या कहिल्यै हुँदैन। सुद्ध तेल र घिउ वालक, युवा, वृद्ध, रोगि, भोगी सबैका निम्ति उतम छ।
सर्वप्रथम तेलमा ग्यासोलीन नामक क्यारोसिन परिवारको रसायन मिलाएर त्यसलाई पातलो गरिन्छ फेरी त्यसमा एन हेक्सेन (पेट्रोलियम पदार्थ प्रशोधित गर्दा निस्कने एक पदार्थ) मिलाएर खुब संग मिलाइन्छ र तेलमा उपस्थित महत्वपूर्ण घटक चिल्लो (Fatty Acid) र विटामिन-र्इ तथा अन्य खनिज तत्वहरु (Minerals) पनि निकालिन्छ। ति पदार्थहरु हाम्रो शरीरले स्वयं बनाउन सक्दैन, त्यसैले ति तत्वहरु हामीलाई तेल बाट प्राप्त हुन्छन्। त्यसपछि उक्त तेललाई १५० डिग्री सेन्टिग्रेडको तापमा उमालिन्छ कारण ग्यासोलीन र हेक्सेनको दुर्गन्धलाई हटाउन सकियोस्। तेलको प्राकृतिक रङ निकालेर त्यसलाई पारदर्शी (ट्रान्सपेरेन्ट) बनाउनको लागि ब्लीचिंग गरिन्छ जसको कारणले वीटा केरोटिन र क्लोरोफिल खतम हुन्छन्। यी तत्वहरुले हाम्रो शरीरमा खराब कोलेष्ट्रोललाई कम गर्ने काम गर्दछन्। त्यस पछी Degumming प्रक्रिया द्वारा तेलका महत्वपूर्ण घटकहरु Phosphalipiel तथा Lecithene लाई निकालिन्छ जसबाट तेल अधिक पातलो हुन्छ। पुनः तेलबाट त्यसको दुर्गन्ध हटाउनको लागि तेललाई २४० डिग्री सेन्टिग्रेड तापमा पकाइन्छ। र सबभन्दा अन्तमा यस्तो प्रकारको गुणस्तर हीन र तत्वहीन तेललाई लामो समय सम्म सुरक्षित राख्नको लागि त्यसमा प्रिजरवेटिवको रुपमा Synthetic Anti Oxidants मिलाइन्छ। अब तपाइँ आँफै सोंच्नुहोस त हामीले तेल खाइरहेका छौं या विष ? अस्तु…
स्वस्थ रहौं…सुखी रहौं..!
जय प्रकृति..!
जय स्वाभिमान…!
Photo- Jasper Neupane
istock
प्रतिक्रिया दिनुहोस्: