क्षीर सागर, मेरु पर्वत, देव र दानव द्वारा प्रसिद्द समुद्र मन्थनको घटना जो हजारौं वर्ष देखि हाम्रो प्रत्येक घरमा ब्रह्म मुहूर्तको बेला घटित भैरहेको छ। अर्थात गौमाताको दुध बाट बनेको दही र त्यसमा मदानी द्वारा मन्थनको प्रक्रिया बाट निस्केको नौनी र त्यसबाट निर्मित घिउ सृष्टिको सबभन्दा ठूलो खोज हो कसरि ? यहि खोजको प्रेरणाले विगतमा पाश्चात्य वैज्ञानिकहरुले “बिग ब्यांग थ्यौरी” निकालेर भन्न थाले कि सृष्टिको निर्माणमा लागेका सूक्ष्म कण नै विष्णु र शिव ऊर्जा हुन्।
यी दुवै उर्जाको स्वरुपका लागि एक ब्रह्म ऊर्जा छ जुन अदृश्य छ, यहि अदृश्य ऊर्जामा प्रज्ञा रुपी चेतना छ। सृष्टिमा यो उर्जाको अधिकता केवल गौमाताको दुध बाट वैदिक प्रक्रिया द्वारा निकालिएको नौनीमा छ, त्यसैले नौनी रूपी गव्य नै यो सृष्टिमा साक्षात् ब्रह्म ऊर्जा हो जसलाई धारण गरेर जीव जगत बुद्धिशाली, बलशाली र सृष्टिलाई संतुलित राख्ने चित्तवृति वाला हुन्छ।
विषय विस्तार संग:
के हामीले कहिल्यै कल्पना गरेका छौं ? यो सृष्टिको उदय भए पछी पहिलो पटक दुध बाट दही बनाउने प्रक्रियाको खोज कसले गरेको होला ? दहीलाई मदानीले मथेर त्यसबाट नौनी निकाल्ने विधि कसले खोज गरेर निकाल्यो होला ? र नौनीलाई अग्निमा तपाएर त्यसबाट सृष्टिको सबभन्दा सुद्ध अग्निको स्वरूप घृतको खोज कसले गरेको होला?
गौमाताले यस सृष्टिलाई यसको सन्तुलनका लागि प्रमुख तीन महाभूत प्रत्यक्ष रूपमा प्रदान गर्दछिन्, ति हुन्- गोबर रुपी पृथ्वी महाभूत, मूत्र रुपी वायु महाभूत र दूध रुपी जल महाभूत तर सृष्टिको निर्माणमा दुईवटा अन्य महाभूत पनि छन्- अग्नि र आकाश। यी दुईको खोज नै क्षीर सागर, मेरु पर्वत र देव दानव द्वारा गरिएको मन्थन क्रिया हो, जसमा क्षीर सागर दुधले भरिएको भाँडो हो मेरु पर्वत त्यो दहीलाई मथ्ने मदानी हो र हाम्रा दुवै हात जसबाट यो क्रिया हुन्छ, त्यसमा एक पुण्य रुपी देव हस्त (दाहिने हात) हो र अर्को पाप रुपी दानव हस्त (बायाँ हात) हो।
यस मन्थन क्रियामा मदानी एक पटक पृथ्वीको दिशामा (दायाँ बाट बायाँ) घुम्ने र अर्को पटक विपरीत दिशामा घुम्नाले दहीका परमाणुहरु आपसमा ठक्कर खान्छन् र परमाणुहरुको सामुहिक रूप विखण्डन हुन्छ। यस विखण्डन बाट निस्केका दहीका प्रोटोनहरु आपसमा तेज गतिले ठोक्किन्छन् र तिनको पनि विखण्डन हुन्छ। यहीँ सृष्टिको निर्माणमा लागेका तिनवटै ऊर्जाहरु अलग हुने र पुनः सम्मिलित हुने प्रक्रिया निक्कै समय सम्म चलिरहन्छ। यसको फलस्वरूप नै दहीले आँफू भित्र लुकेको अग्निलाई जल संग मिलाएर नौनीको रूपमा बाहिर निकाल्छ।
यो नौनी जुन सहज रूपले अर्धतरल जस्तो देखिन्छ, वास्तवमा यो सृष्टिको यस्तो अद्भुत पदार्थ हो जसमा दुईवटा विपरित गुण भएका महाभूतहरु (अग्नि र जल) को समावेश हो। यी कदापि एक साथ रहने प्रकृतिका हैनन् तर नौनीमा एकसाथ रहन्छन्। यहि नौनीलाई जब अग्निमा तपाइन्छ, तब यसबाट जल वाष्प बनेर उड्छ र सृष्टिको शुद्ध अग्नि जुन अग्नि महाभूतको नामले जानिन्छ, त्यो हामीलाई प्राप्त हुन्छ। यो घृतको दियो बनाएर जलाउँदा या अग्निमा हवन गर्दा जुन ज्वाला बन्छ र त्यस बाट निस्कने जुन प्रकाश छ त्यो सूर्यको किरण झैं छ जसमा सृष्टिको सञ्चालन गर्ने दुई ऊर्जा- “प्रज्ञा एवं क्रिया ऊर्जा” को समावेश हुन्छ। यस्तो घृत बाट बल्ने दियो सूर्यको एउटा सानो अंश हो। यसरि बनेको १० मिलि घृत यदि कुनै दीपकमा जलाउँदा या अग्निमा हवन गर्दा यसबाट १६०० किलो अशुद्ध वायु प्राण वायु (भेषज वायु) को रुपमा रुपान्तरण हुन्छ।
यही कारणले वेदमा सूर्य बाट निस्कने किरणको एउटा नाम “गौ” पनि छ। वेदले भन्छ कि सूर्यको किरणमा ज्योति, आयु र “गौ” यी तीन प्रकृति छन्। यी तीनबाट नै वनस्पति जगत र जीव जगतलाई यथा संभव उर्जा प्राप्त हुन्छ। सूर्य किरणमा जुन “गौ” प्रकृति छ, त्यसको शोषण केवल हाम्रा स्थानीय नस्लका गौमाताले मात्र गर्न सक्छन्। त्यसैले हाम्रा ऋषि महर्षिहरुले यस जीवलाइ “गौ” भनेर नाम दिए र आफ्ना लागि, आफ्नो उपयोगका वनस्पतिका लागि, पृथ्वी र सृष्टिलाई दीर्घायु बनाउनका लागि “गौ” को सानिध्य गरे । सृष्टि र गोमाता एकार्काका सहायक र परिपूरक छन् यिनमा कुनै भेद छैन।
यहि क्रियालाई आधुनिक विज्ञानले ढिलै भए पनि सम्झ्यो र यसलाई प्रमाणित गर्नका लागि आधुनिक युगको सबभन्दा ठूलो र प्रथम परिक्षण “Big Bang Test” को नामले सन् २००६ मा स्विजरल्याण्डको सीमा क्षेत्रमा गरियो। यस परिक्षणमा २७ किमी परिधिको एउटा सुरुङ धरतीको गर्भमा निर्माण गरियो। यसमा ठूला-ठूला चुम्बकीय ऊर्जाले चल्ने यंत्र (जसलाई इकोलाईजर मशीन भनिन्छ) लगाइयो। यी मशिनको मद्दतले शुद्ध हाइड्रोजन परमाणुहरुलाई टुक्र्याएर यसका प्रोटोनहरुलाई सूर्यका किरण बराबरको गति दिएर आपसमा जुधाइयो। यसलाई Proton Bombardment भनियो। यो क्रियाले प्रोटोनहरुलाई टुक्र्यायो र यसका तीन खण्ड भए जसमध्ये दुई खण्डको आकृति देखियो। पहिलो आकृति जसको संरचना शिवलिंग झैं देखियो र अर्को संरचना विष्णुको सहस्र रूप झैं र तेस्रो खण्ड एक ज्योति-पुंज सरह निस्केर ओझेल भयो। यही ब्रह्मा उर्जा हो जसको कुनै आकृति छैन तर जब शिव र विष्णु उर्जाको बीच बाट निस्क्यो प्रोटोन नष्ट भयो। अर्थात त्यो ज्योति पूंज नै त्यस्तो ऊर्जा हो जसले यस सृष्टिलाई बाँधेर राखेको छ त्यसैले ब्रम्हा रूपी यो ज्योति-पूंज नै इश्वर हो जसको कारणले यो सृष्टिको निर्माण भएको हो। यही कारणले आधुनिक वैज्ञानिकहरुले प्रथम पटक स्वीकार गर्न वाध्य भए कि इश्वरको अस्तित्व छ जसको महशुस उनीहरुले क्षण भरका लागि गरे र माने कि सनातन धारणा – “कण-कणमा इश्वर छ” यो शाश्वत सत्य हो।
यो प्रयोग गर्ने प्रक्रियाको ज्ञान ति पाश्चात्य वैज्ञानिकहरुलाई हाम्रै समाजका ति घर बाट प्राप्त भयो जहाँ ब्रह्म मुहूर्तमा दही मन्थनको क्रिया हुने गर्दथ्यो र नौनी रुपी आणविक ऊर्जा निकालिन्थ्यो। यहि आणविक ऊर्जाको सेवनले हाम्रो भूमिमा महान ऋषि-मुनि तथा देशभक्त क्रान्तिकारीहरु पैदा हुँदै आएका थिए तर दुर्भाग्य भनौं हामीले सृष्टिको यस्तो उत्कृष्ट अनुसंधानलाई गुमाएका छौं, यहि कारणले आज हाम्रो देशमा ऋषि तथा देशभक्त क्रान्तिकारी व्यक्तित्वले जन्म लिएका छैनन्। हाम्रो भविष्य यसैमा निर्भर छ।
जब हाम्रा बालबालिकालाई पुनः नौनी रूपी ब्रह्म उर्जा र गोमाताको सानिध्यता प्राप्त हुनेछ तब यस धरतीमा पुनः ऋषि-मुनि तथा देशभक्त वीर महापुरुषहरु पैदा हुनेछन्। यदि देशलाई समृद्ध र शक्तिशाली तथा ऋषि-मुनि र क्रान्तिकारीहरुको देश बनाउने हो भने यो आणविक परिक्षणको लघु रूपलाई घर-घरमा पुनः स्थापित गर्नु पर्दछ।
अतः कुनै पनि मूल्यमा यो कार्य गरौँ तब मात्र हामीले नेपाललाई विदेशी कम्पनिहरुको लूट बाट मुक्त गरेर पूर्ण स्वाभिमानी, आत्मनिर्भर तथा स्वावलम्बी राष्ट्र बनाउन सक्नेछौं।
जय गौमाता…!
प्रतिक्रिया दिनुहोस्: