भोजन बिष कसरि बन्छ ? भोजन कति समयमा पच्छ ?

२८ मंसिर २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

 

हामीले रोटी-तरकारी खान्छौं, दाल-भात खान्छौं, दुध, दही, मोही, लस्सी, फल आदि खान्छौं । यि सब हामीले भोजनको रूपमा ग्रहण गर्दछौं जसले हामीलाई केहि उर्जा प्रदान गर्दछन्। हामीले जे खान्छौं, त्यो सबैलाई पेटले अगाडी तिर धकेल्छ। पेटमा एउटा सानो थैलो जस्तो स्थान हुन्छ जसलाई हामी “आमाशय” भन्दछौं। यसको संस्कृत नाम “जठर” र अंग्रेजीमा इपिग्यास्ट्रियम भनिन्छ।

Advertisement:

यो आमाशय (जठर) हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण भाग हो। किनकि सबै भोजन सबभन्दा पहिले यसैमा आउँछ। यो एकदम लचिलो अङ्ग हो। यो सामान्यतः १ किलो ठोस आहार या १ लिटर तरल पदार्थ धारण गर्नका लागि विस्तारित हुन्छ। तर लचिलो भएको हुनाले २-३ किलो ठोस या २-३ लिटर तरल पदार्थ धारण गर्नका लागि फैलन सक्छ। यसको खास क्षमता जति भए पनि ठोस र तरल मिलाएर लगभग ३५० ग्राम मात्र भोजन गर्नु उत्तम मानिन्छ। नवजात शिशुको आमाशय केवल ३०० ग्राम या मिलि मात्र धारण गर्न फैलन सक्छ।

भोजन मुखमा हाल्नासाथ आमाशयमा अग्नि प्रदीप्त हुन्छ त्यसैलाई “जठराग्नि” भनिन्छ; यो एकगास भोजन मुखमा जानासाथ स्वतः (अटोमेटिक) जल्छ। जसरि आगोले खान पकाउँछ, त्यसैगरि यो जठराग्निले पेटको भोजनलाई पचाउने काम गर्दछ। यो अग्नि तब सम्म सक्रिय रहन्छ जब सम्म पेटको भोजन पच्दैन। यदि हामीले भोजन गर्ने बेलामा घटाघट पानी खायौं भने त्यो जठराग्नि निभ्छ। यदि उक्त अग्नि निभ्यो भने भोजन पच्ने जुन क्रिया छ त्यो रोकिन्छ। हमेशा एउटा कुरा जान्नु पर्दछ कि भोजन पेटमा गएपछि दुई वटा क्रिया हुन्छ- पहिलो क्रियालाई हामीले पाचन (डाइजेशन) भन्दछौं भने अर्को क्रिया यदि भोजन पचेन भने या पाचन क्रियामा अवरोध भयो भने भोजन अपच हुन्छ जसलाई सड्नु (फरमेन्टेसन) भनिन्छ।

आगो जल्यो भने भोजन पच्छ, पच्यो भने रस बन्छ, रस बाट रगत, मासु, बोसो, हड्डी, मासी, रज, वीर्य र अन्तमा ओज बन्छ र अन्तमा नपचेका पदार्थलाई मल, र मूत्रको रुपमा शरीरले बाहिर निकाल्छ। यो भयो पेटमा आगो जलिरह्यो र भोजन पच्यो भने अष्टधातु बन्ने प्रक्रिया। अब पेटको आगो निभ्यो, भोजन पचेन र भोजन सड्न थाल्यो भने के के बन्छ त त्यो पनि जानौं

भोजन सडेपछी सबभन्दा पहिले वायु (ग्यास) बन्छ। त्यसपछि यूरिक अम्ल (uric acid) भन्ने बिष बन्छ। हामी कहिलेकाहीं डाक्टरकहाँ गएर भन्छौं कि मेरो घुँडा दुख्छ, काँध दुख्छ, ढाड र कम्मर दुख्छ, जोर्नी सुन्निएको छ। तब डाक्टरले तत्काल भन्छ कि तपाइँको रगतमा यूरिक एसिड बढेको छ; यो दवाई खानुस कम हुन्छ। जब खाना अपच हुन्छ र सड्न थाल्छ, तब युरिक अम्ल जस्तै अर्को एउटा घातक विष बन्छ, जसलाई हामी खराब कोलेस्ट्रोल (LDL) भन्छौं। कहिलेकाहीं हामी रक्तचाप (BP) परिक्षण गराउन डाक्टर कहाँ जान्छौं, तब डाक्टरले भन्छ कि तपाइँको रक्तचाप उच्च (HIGH BP) छ। यदि यसको कारण सोधियो भने उसले भन्नेछ तपाइँको रगतमा कोलेस्ट्रोल अति बढेको छ। कुनचाहिं कोलेस्ट्रोल? भनेर पुनः सोधियो भने उसले भन्छ खराब कोलेष्ट्रोल (LDL) अधिक छ।

अँझ यो भन्दा पनि घातक अर्को एउटा विष छ त्यो हो VLDL (Very Low Density lipoprotein)। यो पनि कोलेष्ट्रोल कै अर्को रुप हो। यदि VLDL अधिक बढेको छ भने त डाक्टरले भन्ने छ तपाइँलाई भगवानले पनि बचाउन सक्दैन। भोजन सड्यो भने जुन जुन बिष बन्छन् ति मध्ये अर्को एउटा विष छ जसलाई अंग्रेजीमा ट्राइग्लिसेराइड (TG) भनिन्छ। जब कुनै डाक्टरले तपाइँलाई भन्छ – “तपाइँको टीजी बढेको छ” तब बुझ्नु पर्छ तपाइँले खाएको भोजन पचिरहेको छैन र भोजन सडेर तपाइँको शरीरमा विष निर्माण हुँदैछ। यसैलाई कसैले यूरिक एसिड भन्छ, कसैले कोलेस्ट्रोल भन्छ, कसैले LDL, VLDL को मानले भन्छ। चाहे जे भने पनि सम्झनुहोस् यी सबै विष हुन्। यस्ता विष लगभग १०३ प्रकारका हुन्छन्। जब खाएको भोजन नपचेर पेटमा सड्छ तब यस्ता बिष बन्छन्।

मतलब यदि कसैको कोलेस्ट्रोल बढेको छ भने खाना पचेको छैन भनेर तुरुन्तै ध्यान जानु पर्छ। कसैको टीजी अधिक बढेको छ भने एक मिनेटमा बुझ्नुस तपाइँले खाएको भोजन पचेको छैन। यदि कसैको यूरिक एसिड बढेको छ भने भोजन पचेको छैन भनेर एकछिनमा बुझ्नु पर्छ। कसैको पेटमा वायु (ग्यास) बन्दै छ भने एकै छिनमा बुझ्नु पर्छ कि खाना पचिरहेको छैन। किनकि खाएको भोजन पचेपछी यी मध्ये कुनै पनि बिष बन्दैनन्। भोजन पच्यो भने अष्ट धातुको निर्माण हुन्छ र अन्तमा मल-मूत्र बन्छ। भोजन नपच्दा नै त्यस्ताखाले बिष शरीरमा बन्छन् र शरीर रोगको घर बन्छ।
पेटमा बन्ने यस्ता बिष जब अधिक बढेर रगतमा मिसिन्छन्, तब रगत हृदयका नाड़िहरुबाट निस्कन सक्दैन। दैनिक थोरै थोरै फोहर जुन रगतमा आएको हो त्यो त्यहीं जम्मा हुँदै जान्छ र एक दिन नाडी नै जाम हुन्छ। जसलाई हामी हृदयाघात (heart attack) भन्छौं। त्यसकारण हामीले हाम्रो जीवनमा यो कुराको ध्यान दिनु पर्दछ कि जुन भोजन हामीले खान्छौं, त्यो राम्रोसङ्ग पच्नु पर्दछ। भोजन ठीकसँग पच्नका लागि पेटमा ठीकसङ्ग जठराग्नि प्रदीप्त हुनु पर्दछ। किनभने अग्नि बिना भोजन पच्दैन र पाक्दैन पनि,महत्वपूर्ण कुरो भोजन गर्नु हैन, पचाउनु ठूलो हो। हामीले के खायौं, कति खायौं, कसरि खायौं, कतिबेला खायौं त्यो महत्वको हैन। त्यसैले भोजनको बिच-बीचमा या तुरुन्त अघि र पछी पानी कदापि खानु हुँदैन।
अब सबैको मनमा प्रश्न उठ्न सक्छ कति बेला खाने त पानी? यसको सहि उत्तर हो- पानी भोजन गरेको १ घण्टा ४८ मिनेट पछी मात्र खानु पर्दछ। किनकि भोजन गरेपछि आमाशयमा जान्छ र त्यहाँ ठोस तथा तरल पदार्थ आपसमा मिल्छन् र अनेक प्रकारका रसहरु पनि मिसिन्छन् र भोजन खिचडीरुप(पेस्ट)मा बदलिन्छ। यो हुन १ घण्टा ४८ मिनेटको समय लाग्छ। त्यस पछी जठराग्नि निभेको त हुँदैन तर मन्द हुन थाल्छ। त्यसपछि भोजन सानो आन्द्रा तिर जान थाल्छ। त्यहीबेला पानीको आवस्यकता पर्दछ र एक-दुई गिलास मनतातो पानी खानु पर्छ। यदि पानी भोजन भन्दा पहिले खाइएको छ भने ४८ मिनेट पछी मात्र भोजन गर्नु पर्छ। किनकि तरल पदार्थ ४८ मिनेटपछी मात्र आमाशय बाट तल झर्छ। भोजन गर्नेबेला हाम्रो जठराग्नि प्रदीप्त भएको हुन्छ, यदि योबेला पानी खानेहो भने अग्नि निभ्छ र भोजन पच्दैन ।
खाना खाएपछि पेटमा खाना पच्छ या सड्छ यो जान्नु अति आवस्यक छ ।

त्यसैले यो नियमको सबैले सदा पालन गरौँ..!
नमस्ते…!
स्वस्थ रहौं, सुखी रहौं..!
जय प्रकृति…!

 

प्रतिक्रिया दिनुहोस्: