गायक नेत्र भण्डारीको ‘आधा मुटु’ सार्वजनिक

२ मंसिर २०८१
Avatar
प्रोफाइल खबर

अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ ।

मर्मस्पर्शी गीतले एक जोडीको प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वर रहेको आधुनिक फ्लेवरको गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ । रिजन नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् ।

Advertisement:

म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा सुजन कोइरालाको भिइ, सिजी, जीएफएक्स र भिएफएक्स रहेको छ ।

गायक भण्डारीका थुप्रै गीतले बजारमा चर्चा पाएका छन। तिनै मध्यमा यो गीतलाई दर्शकले माया गर्ने गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: