
प्रयोगशालामा भएको अनुसन्धानले गाँजा ४ सय ८० भन्दा धेरै रासायनिक पदार्थबाट बनेको पाइएको छ, जसमा सयभन्दा बढी औषधीय क्यानाविनोइडहरू रहने प्रमाणित भएको छ । गाँजामा भेटिएका त्यस्ता ४ सय ८० रसायनहरूमध्ये मात्र ६ प्रकारका उल्लेखनीय रसायनको औषधीय गुण राम्ररी पहिचान हुन सकेको छ । संसारभर गरिएका २० हजारभन्दा धेरै अनुसन्धानबाट गाँजाले मानिसमा दर्द कम गर्ने र अनिन्द्रा जस्ता समस्या पैदा गर्ने १० समूहका रोगहरूमा यो लाभदायकसिद्ध भएको छ ।
पाचन प्रणालीमा हुने अनियमितताले जन्माउने ७ समूहका रोगहरूमा पनि यो प्रभावकारी सावित छ । मानिसको मुड र बानी बेहोरामा पैदा हुने विकृतजन्य ७ समूहका रोगहरू, स्नायु समस्यासम्बन्धी ९ समूहका रोगहरूको निदानमा पनि यसको उपयोग महत्वपूर्ण ठहरिएको रोगहरूसमेत हो । यसबाट दम, क्यान्सर, एड्सजस्ता ७ अन्य समूहका गरी कम्तीमा चालीस रोग समूहको प्रत्यक्ष निदान हुने यकिन भैस केको छ। प्रत्येक रोग समूहमा आफ्नै अन्य उप-समूहहरू पनि हुने हुँदा आज मानिसमा हुने अन्दाजी ७ सयभन्दा धेरै स्वास्थ्यसम्बन्धी समस्यामा गाँजा उपयोगीसिद्ध हुने देखिन्छ । यसरी आज संसारमा बन्ने हजारौं हजार औषधीहरूमा गाँजाको उपयोग हुने अवस्था आएको छ । क्यानडाजस्ता मुलुकमा गाँजा औषधिबाहेक मालिस गर्ने क्रिम, तेलहरू, कस्मेटिक्सलगायत मनोरञ्जनात्मक गैर-औषधीय पदार्थहरू- धूमपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पमा प्रयोग गरिने ड्रिङ्क्स आदि समेतमा उपयोगमा आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्: