मेरो प्रोफाइल
– योगी नरहरिनाथ
स्वदेश देखेर विदेश देखौं
स्वदेश लेखेर विदेश लेखौं
स्वदेश जानेर विदेश जानौं
स्वदेश मानेर विदेश मानौं।
स्वधर्म जानी परधर्म जानौं
स्वकर्म ठानी परकर्म ठानौं
स्वयं बनी कर्मठ सत्यनिष्ठ
यसो गरि देश गरौँ बलिष्ठ।
स्वदेश जान्ने कसरी भनेर
स्वदेश धान्ने कसरी भनेर
स्वदेशको यो अनुहार जान्ने
आसि छ हाम्रो इतिहास भन्ने।
प्रतिक्रिया दिनुहोस्: