तुलसी प्रकृतिको बरदान कसरि, घरमा तुलसी किन रोपिन्छ ?

२५ कार्तिक २०८१

तुलसी प्रकृतिको बरदान कसरि, घरमा तुलसी किन रोपिन्छ ?

-दिपेन्द्र प्रकाश केसी

हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ। तुलसीलाई भगवान बिष्णुको प्रतिकको रुपमा लिने गरिन्छ।

Advertisement:

तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो। तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गर्ने आयुर्वेद चिकित्सक बताउँछन्।

बिहान तुलसीको मठ नजिकै बसेर प्राणायाम, श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ।  यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। यसले गर्दा शरीरमा विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस लड्न सक्ने क्षमताको वृद्धि गर्छ।

यसको स्वाद केही टर्रो भएपनि स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। विशेषगरी मुटुका बिरामीका लागि त यो अत्यन्त उपयोगी मानिन्छ। युनानी चिकित्सा पद्दतिमा तुलसीलाई महत्वका साथ लिइन्छ। यसले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन्।

एलोप्याथिक पद्दतिमा पनि यसलाई सर्वगुणसम्पन्न मानिएको छ। चिकित्सकका अनुसार तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ। तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ। यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन। कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ। यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ।

तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन्। पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ। तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ।

राती सुत्दा तुलसी र कपुरलाई हातखुट्टामा लगाएमा लामखुट्टे पनि नजिक आउँदैन। तुलसीको माला लगाएमा संक्रामक रोग पनि लाग्न पाउँदैन। तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ। तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ। दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ।

खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ। तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ। तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ। चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ। तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ।

दिउँसो खाना खाएपछि तुलसीको पात चपाउने हो भने पाचनशक्ति मजबूत हुन्छ भने तुलसीको काँडामा थोरै सिधेनुन र पिसेको सुठो मिसाएर खाने हो भने कब्जियत निको हुन्छ। दुषित पानीमा तुलसीको केही ताजा पात राखिदिने हो भने पानी शुद्ध हुन्छ। दैनिक पानीका साथ तुलसीको कम्तीमा ५ वटा पात चपाएर निल्ने हो भने कैयौं प्रकारका संक्रामक रोग पनि निवारण हुन्छ।

प्रतिक्रिया दिनुहोस्: