ज्योतिर्लिङ्गको महिमा :-
आफ्ना भक्तहरूले निष्ठापूर्वक गरेका तपस्याबाट खुशी भई शिवजीले आफ्नो ज्योतिस्वरुपको दर्शन दिएको स्थान वस्तु वा लिङ्गलाई ज्योतिर्लिङ्ग भनिन्छ । अर्थात् शिवजीको ज्योति प्रकट भएको वस्तु वा प्रतिकलाई ज्योतिर्लिङ्ग भनिन्छ । विभिन्न समयमा विभिन्न स्थानमा शिवभक्तहरूले शिवजीको ध्यान, तप र उपासना गर्दा प्रशन्न भएर शिवजीले दिनुभएको दिव्य ज्योतिको प्रतिक (लिङ्ग) को विधिपूर्वक व्रत वसेर पूजा, अर्चना गर्दा मनोवाञ्छित फल प्राप्त भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको छ। शिवजीका यस्ता ज्योतिर्लिङ्गहरूमध्ये नेपालमण्डलमा रहेका ६४ ज्योतिर्लिङ्गहरूको स्थान निम्नानुसार रहेको छ।
ज्योतिर्लिङ्ग रहेका स्थान :-
(१) कुशेश्वर – दुम्जा, सिन्धुली
(२) भिमेश्वर – दोलखा बजार, दोलखा
(३) कार्फेश्वर – बाह्रबिसे, सिंन्धुपाल्चोक ।
(४) काश्यपेश्वर – मण्डन, काभ्रे
(५) स्फट्टिकेश्वर – फटकशिला, सिं.पा.
(६) चण्डेश्वर – बनेपा, काभ्रेपलान्चोक
(७) धनेश्वर – काभ्रेपलान्चोक
(८) विकटेश्वर – साँगा, काभ्रेपलान्चोक
(९) ईन्द्रेश्वर – पनौती, काभ्रेपलान्चोक
(१०) भालेश्वर – रोशीगाऊं, काभ्रेपलान्चोक
(११) गुप्तेश्वर – भारदेउ, ललितपुर
(१२) तिलेश्वर – लेले, ललितपुर
(१३) चम्पकेश्वर – लेले, ललितपुर
(१४) रामेश्वर – टिकाभैरव, ललितपुर
(१५) कालेश्वोर – गोटीखेल, ललितपुर
(१६) नटारम्भेश्वर – ठिङ्गन, मकवानपुर
(१७) उद्दलकेश्वर – छैमल, काठमाडौँ
(१८) गोपालेश्वर – फर्पिङ्ग, काठमाडौँ
(१९) चम्पेश्वर – विसंखेल, मकवानपुर
(२०) उन्मत्तेश्वर – टिष्टुङ, मकवानपुर
(२१) नन्दिकेश्वर – टिष्टुङ, मकवानपुर
(२२) गोखुरेश्वर – कुन्छाल, मकवानपुर
(२३) पाण्डुकेश्वर – पालुङ, मकवानपुर
(२४) कुटेश्वोर – महादेवखर्क, मकवानपुर
(२५) असितेश्वर- अम्लेश्वर, धादिङ
(२६) भैरवेश्वर – देवीघाट, नुवाकोट
(२७) ब्रह्मेश्वर – कविलास, नुवाकोट
(२८) कार्तिकेश्वर – कविलास, नुवाकोट
(२९) शतरुद्रेश्वर – शिवपुरी, काठमाडौँ
(३०) काकेश्वर – गागलफेदी, काठमाडौँ
(३१) मणिचुडेश्वर – मणिचुड, काठमाडौँ
(३२) योगेश्वर – बज्रयोगिनी, काठमाडौँ
(३३) नारायणेश्वर – लप्सिफेदी, काठमाडौँ
(३४) ज्योतिर्लिंगेश्वर – सांखु बजार, काठमाडौँ
(३५) रत्नचुडेश्वर – नगरकोट, भत्तपुर
(३६) वागीश्वर – वागीश्वर, भत्तपुर
(३७) किलेश्वर – चाँगुनारायण, भत्तपुर
(३८) वाल्मिकेश्वर – भत्तपुर
(३९) मंगलेश्वोर, उलाँछे, भत्तपुर
(४०) विमलेश्वोर – सिपाडोल, भत्तपुर
(४१) अनंतलिंगेश्वर – भत्तपुर
(४२) विश्वरुपेश्वर – भत्तपुर
(४३) सोमेश्वर – गुण्डुखोला, भत्तपुर
(४४) गोभराटेश्वर- लुभु, ललितपुर
(४५) भृङ्गेश्वर – सुनाकोठी, ललितपुर
(४६) त्रिलिङ्गेश्वर- पाटन, ललितपुर
(४७) कुपितेश्वर – पाटन, ललितपुर
(४८) सर्वेश्वर – पाटन, ललितपुर
(४९) गोलोकेश्वर – नैकाप, काठमाडौँ
(५०) चन्दनभराटेश्वर – थानकोट, काठमाडौँ
(५१) यक्षेश्वर – सीतापाइला, काठमाडौँ
(५२) चण्डिकेश्वर – टोखा, काठमाडौँ
(५३) धर्मेश्वर – टोखा, काठमाडौँ
(५४) गोकर्णेश्वर – गोकर्ण, काठमाडौँ
(५५) कोटीश्वर – कोटेश्वर, काठमाडौँ
(५६) वाणेश्वर – बानेश्वर, काठमाडौँ
(५७) ज्ञानेश्वर – ज्ञानेश्वर, काठमाडौँ
(५८) पर्वतेश्वर – श्लेष्मान्तक,काठमाडौँ
(५९) जलेश्वर – गुह्येश्वरी,काठमाडौँ
(६०) गुह्येश्वर ( सिद्धेश्वर ) – गुह्येश्वरी, काठमाडौँ
६१) किरांतेश्वर – श्लेष्मान्तक,काठमाडौँ
(६२) भष्मेश्वर – आर्यघाट, काठमाडौँ
(६३) भुवनेश्वर – गौशाला, काठमाडौँ
(६४) रूद्रगारेश्वर – पशुपति क्षेत्र,काठमाडौँ
६४ ज्योतिर्लिङ्गको बारेमा सम्पूर्ण खोज हामि निरन्तर प्रतुत गर्नेछौं ।
प्रतिक्रिया दिनुहोस्: