यो संसारमा अनेकौं विचार र सिद्धान्त विद्यमान छ, जसलाई हाम्रा पुर्खाहरुले हाम्रो संस्कारमा संलग्न गरेर दैनिक जीवनमा जोडियो र जसको कारण हाम्रो जीवन सहज संगै पुरा ब्रमाण्डको रक्षा होस् ।
सर्भे भवन्तु सुखीनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु: मा कश्चित् दुःख भाग्भ्वेत् ।।
अर्थात्, सब केवल आफ्नो मात्र नभएर सबै प्राणीको रक्षक हो । यही कारण मानवलाई प्राणी मध्ये सर्वश्रेष्ठः प्राणी मानियो जसले आफुलाई आफ्नो अस्तित्वमा राख्नु संगै ब्रमाण्डकै रक्षकको रुपमा आफ्नो धर्म निभाउनु पनि मानव हुनुको पहिचान हो । यही सिद्धान्तलाई जीवन्त राख्न हाम्रा पुर्वज जसले आफ्नो जीवनको सम्पुर्ण अवस्था जगत् भलाईको लागि समर्पण गरेर विभिन्न सिद्धान्त प्रतिपादन गरे अनि त्यही सिद्धान्तको आधारमा हाम्रो जीवन पद्धतिका लागि जीवन निर्देश गरे । त्यही सिद्धान्तले मानव जीवन सच्चा बनाउछ, जहाँ कुनै भुगोल जाति, भाषा भन्दा पनि समग्रको कल्याणको कामना छ । तिनै विविध सिद्धान्त मध्ये ऋषिमुनीले हाम्रो जीवन गौसँग जोडे जसलाई हाम्रा समग्र शास्त्रले माताकोरुपमा व्याख्या गरे र हामी मानवको पहिलो कर्तव्यने गौको रक्षा साथै गौसेवामा निर्देशित छ ।
वेद हाम्रो जीवनको आधार हो जहाँ कुनै निश्चित भाषा, भुगोल जात भन्दा पनि समग्र मानवको जीवन पद्धति र मानवले गर्नु पर्ने काम र कर्तव्यको व्याख्या गरीएको छ । ऋग्वेदमा ७२३ पटक यजुर्वेदमा ८७ पटक सामवेदमा १७० पटक र अथर्ववेदमा ३३१ पटक गरी जम्मा सम्पूर्ण वेदमा १३११ पटक गौमाताको विषयमा व्याख्या गरीएको छ । यी वेदका मन्त्रहरुमा गौमाताको महत्व, उपयोगीता, पञ्चगव्य पर्दाथको उपयोग र त्यसको लाभको वर्णन छ ।
वेदमा गौका लागि गो, धेनु र अध्या यी तीन शब्द आएका छन् । त्यस्तै शतपथ ब्राहमण(७।५।२।३४)मा गौको विषयमा “सहस्रो वा एष शतधार उत्स यदगौ:” अर्थात् भूमिमा टिकेका जति जीवन सम्बन्धि कल्पनाहरु छन् । तिनमा सबभन्दा अधिक सुन्दर, सत्य, सरस र उपयोगी यिने गौ हुन् । सबै शास्त्रमा गौको सबैभन्दा वढी महत्व दर्शाएको पाउन सकिन्छ । त्यस्ते भगवान श्रीकृष्ण यस धराधाममा आउनुको एक मात्र उदेश्य भनेको गौ वर्धन अर्थात् गाईको संख्या वृद्धि हो। स्वयं गौ सेवामा जीवन भएर गौको सेवाबाट सम्पूर्ण मानव तथा प्रकृतिको रक्षा गर्नु भयो । भगवान भएर गौ सेवाको चर्चा श्रीकृष्णको जीवनमा देखाउनु भनेकै हामी मानवको परम कर्तव्य गौ सेवा हो ।
त्यस्तै सारा जगत्का रक्षक देवका देव महादेव भगवान शिवको अवतार गोरक्षनाथको पनि यस धराधाममा आउनुको एक मात्र उदेश्य गौ रक्षा ने हो । अझ गोरखनाथ भगवानको उत्पतिको प्रसङ्ग नै गौमाताको गोवरबाट भएको शास्त्रमा व्यख्या पाउन सकिन्छ । यस्तै हाम्रा सम्पुर्ण ऋषीहरुको आधार र ज्ञानको मुख्य केन्द्र ने गौमाता रहको प्रसङ्ग शास्त्रमा पाउन सकिन्छ । सम्पुर्ण शास्त्र, सम्पुर्ण ऋषिहरुको ज्ञानको केन्द्रने गौ हुनुको कारण भगवानको सर्व उत्कृष्ट सृजना गौ हो । विना गौ नत मानव सम्भव छ नत स्वच्छ प्रकृतीकै कल्पना गर्न सकन्छि । मानवको मानवता हराउनुको पछि, वातावरण असन्तुलनताको पछि हाम्रा शास्त्रमा भनिएको साधना सिद्ध नहुको पछि समग्रमा सिङ्गो मानव समाज तथा प्रकृतिको असन्तुलनको मुख्य कारण नै गौ माथिको अत्याचार हो ।
यस्ता समस्या समाजमा अनावास गराउन मानवताको रक्षा गरौं र सर्वश्रेष्ण प्राणी हुनुको नाताले आफ्नो स्वधर्ममा रहेर सबै प्राणीको रक्षकको भुमिका नीभाउँ। मानव ब्रमाण्डको रक्षक रहुन् भन्ने उदेश्यले नै सबै शास्त्रमा गौको महत्व र लगभग सबै भगवान पृथ्वीमा आई गौ सेवक बन्नु भयो र हामी मानव समुदायलाई गौको सेवा गर्न प्रेरित गर्नुको पछाडि गो अवस्था मात्र नभएर सत्य हो । जो मानव र प्रकृतिको रक्षक हो । प्रकृतिको सबै भन्दा महत्पूर्ण कृति ने गौ हुन् । गौविनाको मानव मानवीय गुणमा रहन सक्दैन, मानवले आफ्नो अस्तित्वमा रहन नसक्नुको पछाडिको मुख्य कारण नै गौ प्रतिको निन्दा र गौको चरम दुःख हो ।
शास्त्रको मुख्य केन्द्र गौ हुन् । ऋषिहरुको आधारमा गौ, प्रकृतिको रक्षक गौ, सम्पूर्ण शास्त्रमा वर्णित भगवानहरुको निवास गौ अब तपाई हामी भने गौ रक्षा र गौ सेवा विना हामीले चाहेको समाज, हामीले चाहेको धर्म र हाम्रो समाज सम्भव होला ?
हामीलाई शास्त्रले वास्तवमा चरित्रको पुजा सिकाए। धर्म जीवनको आधार बनाए तर हामी चरित्रको नभएर चित्रको पुजा गरीम् । भगवान श्रीकृष्णको भक्त त बनिम् तर स्वयं भगवानले जीवन भर सेवा गर्नु भएको गौको हेला गरीम्। शिवको पुजा त गरीम् तर उनैको गौमाताको विजोग गरीम् । त्यसैले भगवानलाई तब चिन्नुहुन्छ जब तपाई गौसेवा गर्नुहुन्छ । जब तपाई गौसेवा गर्नुहुन्छ तब मानवको गुणको विकास हुनेछ । त्यसैले सबै मिलेर गौसेवा गरी प्रकृतिको संरक्षण गर्दै प्राणी मध्ये उत्कृष्ट हुनुको दायित्व पुरा गरौं । सबै मिली गौको रक्षा गरौं ।
जय गौ माता ।
प्रतिक्रिया दिनुहोस्: