तितेपाती
१ बनस्पति
सर्व गुण औषधिय गुणले भरिपुर्ण झार वर्गमा पर्ने यो वनस्पतिको नाम तितेपाती हो । यसको पन्चाङ्ग (पात, जरा,डाँठ, फुल, बिउँ) सबै उपचारमा प्रयोग गर्न सकिने बनस्पति हो । यो नेपालको तराई देखि उच्च पहाड सम्म सजिलै पाइन्छ ।
वनस्पति परिवारको नाम :- ( कम्पोजेटी Compositr) वनस्पति परिवारमा पर्ने वनस्पति हो ।
वैज्ञानिक नाम :- ( आर्टीमिसिया Artemisia)
संस्कृत नाम :- दमनक, पुष्पचामर (आयूर्वेदिक नाम :- दमनक) (अंग्रेजी नाम :- Fleabone, Mugwort) (नेपाली नाम :- तितेपाती)
नेवारि नाम :- धुँस्वा
नेपालमा १६ प्रकारको तितेपाति भेटिएका छन् भने बिस्व भरि ३०० प्रकारको तितेपाति भेतिएका छन् ।
२ खाद्य तत्व
अहिले सम्मको अनुसन्धानमा प्रसस्त मात्रामा जिवन उपयोगि खाद्य तत्व र औषधि गुण भएको पुष्टि भएका छन् ।
(१) आन्टिअक्सिडेन्त Anti oxidant (२) फाइवर Fiber (३) पोटासिएम Potassium
(४) सोडिएम Sodium (५) क्याल्सिएम Calcium (६) भिटामीन ए Vitamin A (७) आईरन Iron
(८) कार्वोहाईड्रेट Carbohydrate (९) न्युट्रेसन Newtration
जापनमा :- सुप, रामेन, र सलादको रुपमा प्रयोग गरेको पाइन्छ ।
कोरियामा :- भात संग मिसाएर एक प्रकारको रोटि बनाएर खान्छ । चियाको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।
३ रासायनिक तत्व
:- अल्फा पाइनिन, A-pinene :- विटा पाइनिन B-pinene :- विछा फेन्चिन B-fenchene
:- क्याम्फेन Camphene :- सिनिओल Cineole :- साइमेन Cymene :- अल्फा थूजोन A-thujone
:- दाभानोन Davanone :- वोर्निओल Borneo :- क्याम्फोर Camphor
:- क्बरियोपाइलिन Caryophyllene :- लालिन Lalin :- डालिन Dalin
:- भेलाटाइल तेल Volatile Oil
४ ओखतिय गुण
आयूर्वेदमा यो तितेपातीलाई घरको बैद्य भनि उल्लेख गरेको पाइन्छ । भने यसरि पनि स्लोक लेखेको पाइएको छ । यो तितेपातीलाई मुटु र कलेजोको तागत दिने र सरीरलाई बलियो बनाउन तागत दिने अनि सरीरको कमजोरी हटाउने र सरीरलाई बलियो पार्ने जडिबुटीको रुपमा मानिन्छ।
– वात, पित्त, कफ, प्रकोपीत सर्व रोग निको पार्छ ।
-स्वास, कास, दम, खोकि, सित पीत्त, समन गर्छ ।
– चर्म रोग, घाउ, खतीरा, दाद, चिलाउने, निको पार्छ ।
– ज्वरो, छालाका रोगहरु, कृमिरोग, (पेटको जूका) आदिमा उपयोगी छ ।
परम्परागतरुपमा घरेलु उपचारमा तितेपातीको प्रयोग
– जिउ पहेलो हुने रोग (जन्डिस) को अचूक ओषती हो ।
– घाउ, चोट पटकमा रगत बगेको रोक्न र निको पार्छ ।
– खटिरा वा घाउ पाकेकोमा पेष्ट बनायर लाएमा निको हुन्छ ।
– लुतो , चिलाउने, चर्म रोगमा दादबाट मुक्त गर्छ ।
– छाला सम्बन्धि र छाला फुट्ने समस्यामा समाधान गर्छ ।
– झाडापखाला तथा वान्ता लागेमा झोल बनाएर खाएमा रोक्छ ।
– पेटको जुका र किरा मार्छ ।
– रिंगटा वा चक्कर (उच्चरक्त चाप) मा नियमित रस पिएमा निको हुन्छ ।
– औलो ज्वरो निको पार्न बरदान नै हो तितेपातीको चूर्ण बनाएर खाने ।
– रुघा खोकि दम, ज्वरो आएमा तातो पानीमा राखेर पिउने बाफ लिएमा निको हुन्छ ।
– जिउ दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, टाउको दुख्नेमा वाफमा तताएर सेकाउदा दुखाई निको हुन्छ ।
– कान दुख्ने झोल राखेमा ठिक हुन्छ, दांत दुखेकोमा दुखेको ठाउँमा पेस्ट राखेमा निको हुन्छ।
– चाया, पोते, लगाएत कपाल झर्न रोक्न टाउकोमा झोल राखी नियमित मालिस गरेमा ठिक हुन्छ ।
– सरीरमा रक्त्त सुद्धिकरण गरि रगत अल्पता हटाउछ ।
– ग्यास्टिक, रक्तचाप, मधुमेह, अपच, आउँ, पेटको सम्बन्धी समस्यामा चिया जस्तै निएमित पिएमा निको हुन्छ ।
– महिनावारिमा वा पेट दुख्ने समस्यामा तताएर सेकाएमा दुखाई तूरुन्त निको हुन्छ ।
– टाउको दुख्ने, समस्यामा पनि निक्कै उपयोगी र फईदाजनक छ ।
– योनाङ्गमा jचिलाउने, गन्ध आउने, काखी, खुट्टा, जिउ गन्हाउने यसको रसले सफा गर्दा निको हुन्छ ।
– बच्चा नभै राखेको महिलालाई तितेपाती सुकाएर खान दिएमा बच्चा हुन्छ भनि खुवाउने चलन छ ।
– यौन रोग तथा परिवार नियोजन र यौन उत्तेजना वढाउनको लागि पनि प्रयोग गरिन्छ ।
– बच्चा जन्मे पछि टाउको तथा जिउमा हुने चाया, घाउ, खटिरामा तितेपातीको रस वा पेस्ट राखि दिएमा चाया, घाउ, खटिरालाई चाडैं निको हुन्छ।
– वच्चालाई आमाको दुध छुटाउन दुधको मुण्टोमा तितेपातीको रस दलिदिने गरिन्छ ।
– तितेपातीलाई नियमित प्रयोग गरेमा हाम्रो शरीरको अग्नि Immune system र Power लाई राम्रो र बलियो पार्छ । यो सरीरको अग्नि Immune system र Power बलियो भयो भने कुनै पनि रोग लाग्दैन भन्ने कुरा यो आधुनिक बिज्ञानले पनि स्वीकारेको छ ।
– आधुनिक विज्ञानले मात्र मान्छेमा लाग्ने रोग र समस्या निको वा समाधान गर्न नसक्ने रहेछ भनि स्विकारेर अब त आफुलाई बिस्वको अब्बल डाक्टर भन्नेहरुले नै आधुनिक उपचारको साथ साथै Healing, योग, ध्यान, तथा अन्य प्राकृतिक उपचारको लागि सिफारिस गरिरहेका छन ।
सायद तितेपाती धेरै खाने भएर होला बाख्रिको दुधलाई निक्कै पोसिलो मानिन्छ यसको दुध नियमित पिउनु भएमा निरोगी र दिर्घजिबी भएर बाचिन्छ भन्ने मान्याता राख्दछ । जन्डिस रोगमा, मुखमा खटिरा आयो भने सरीर कमजोर भयो भने तूरुन्त निको भएको मलाई पनि अनुभब छ ।
बिदेसमा
– मोक्जा थेरापी, अक्कूपंचरमा बढी प्रयोग गरिन्छ । यो चाइना, कोरिया, जापान, अमेरिका लगाएत नेपालमा पनि उपचारमा धेरै प्रयोग गरिन्छ ।
५ सांस्कृतिक तथा धार्मिक महत्व
– नेपालका प्राय सबै धर्म जाति, समुदायका मानिसहरुले आ-आफ्नै रितिथिती, चलन, परम्परा अनुसार बच्चा जन्मे देखि मान्छे मर्दा सम्म पनि यो तितेपातीलाई प्रयोग गरेको पाईन्छ ।
– बच्चा जन्मिदा न्वारानको दिनमा घर चोख्याउने भनेर आँगनमा यो तितेपातीलाई बालेर धूवा निकाली पुजा पाठ गर्ने चलन यथावत छ ।
– ब्रतबन्ध, बिहे गर्दा पूजा पाठ गरिरहदा बेला बेलामा पुजारिले जग्य वनाएको ठाउंमा मन्त्र पढ्दै पुजा गर्दा बेला बेलामा जल वा गाईको दुधमा तितेपाती डूबाएर छर्किन्छ । पुरै घर र घरको परिवार तथा पाहुनाहरु सबैलाई जिउ भरि छर्काउने चलन यथावत छ ।
– पंचामृत घ्यू, मह, दुध, दहि, सख्खर लाई तितेपातिले नै घोल्छ र तितेपातीले नै बाड्ने चलन छ ।
– कामाण्डौमा घण्टाकर्णको जिउभरि तितेपाति राखेर तानेर लगेर जलाउने गरिन्छ ।
– बैसाख १ गते तितेपाति र अँगेरु मिसाएर नुहाई जिउँ चोख्याउने चलन छ ।
– दशैंमा पनि जमराको साथ साथै तितेपाति र दुवो पनि टाउको वा कानमा लगाई दिने चलन छ ।
– मान्छे मर्दा मलामी फर्केर आउँदा वा मरेको मान्छकोे काज क्रिया गर्दा तितेपाती जलाउने चलन अध्यावति छदै छ ।
६ तान्त्रिक महत्व
जहाँ हुन्छ यो तितेपाती त्यँहा भूत, प्रेत, पिचास आउन सक्दैन भन्ने मान्यता राखेको पाईछ । मलाई जहां सम्म लाग्छ यो भूत प्रेत, पिचास भनेको अहिलेको भाषामा भाईरस, ब्याक्टेरिया नै हो । किन भने आधुनिक विज्ञानले पनि अनुसन्धान गरि भाईरस ब्याक्टेरिया tयसको संसर्गमा आए मान्छे विरामी भई मरिन्छ भनि पत्ता लगाई सकेको छ ।
तामाङ, गुरुङ, राई, लिम्वु, किराँत जातीको मान्छे बिरामी हुँदा झाक्री लगाउने चलन अहिले पनि छ । गाउँघरमा अहिले पनि झाक्री वस्दा, जिउँभरि टाउको देखि खुट्टा सम्म तितेपातीको मुठ्ठा हल्लाई हल्लाई मन्त्र पढेर विरामीलाई करिब एक घण्टा बढि झार फुक गरि बिरामि निको भएको हजारौ प्रयोगहरु अहिले पनि देख्न पाइन्छ । एक चोटि काभ्रेपलान्चोक अस्पतालवाट निको नभएर अव मरिन्छ भनि घर फर्काएको विरामी त्यहि दिन एउटा तामाङ झाक्रि (जसको नाम कान्छा लामा) आएर धुप वालेर चामल अक्षेता छक्र्याएर तितेपातीले हम्काएर उपचार गर्दा, हेर्दा हेर्दै अनुहार फेरिएर राम्रो भएर आएको र करिव एक हप्ता जति झाक्रि लगाउदा विरामी निको भएको मैले देखेको छु । आज थाहा पाए कि झाक्रिको तान्त्रीक, तथा मन्त्रको शक्ति र तितेपातीको औषधिए प्रभावले विरामी निको भएको रहेछ भनेर विस्वास मात्र होइन आज यो काम स्वय आफैले अंगाल्न पुगे पछि पो थाहा पाए कि तितेपातीको शक्ति Energy कत्तिको शक्तिसाली रहेछ भनेर । यदि शक्ति Energy को वारेमा कोहि जान्ने वा सिक्ने उत्सुक हुनुहुन्छ र उपचार गराउन चाहनु हुन्छ भने मलाई सम्पर्क गर्न सक्नु हुन्छ ।
– यदि घर बनाउँदा केहि गरि बास्तुशास्त्र नमिलेर बास्तु दोश भएमा यो तितेपातीले बास्तु दोश मिलाउन प्रयोग गरिन्छ ।
– घरमा, प्रेत, पिचास, आत्माले दुख दिएमा त्यसलाई हटाउन पनि तितेपाती प्रयोग गरिन्छ ।
– मान्छे मर्दा यो तितेपाती घर भित्र बाहिर बालेर धूवाले चोख्याउदा मरेको मान्छेले तर्साउन आउदैन भनि मान्यता राख्छ ।
– मृत प्रेत आत्मालाई यो तितेपाती प्रयोग गरि पुजा आजा गरेमा प्रेत आत्मा प्रितृमा परिवर्तन भई वा मुक्त भई अर्को जन्म लिन सजिलो गरि दिन्छ भनि मान्यता राख्दछ ।
– हिमालयन बौद्ध मार्गीहरुको मरे पछि साइत हेरेर कत्ति दिनमा जलाउन लाने भन्ने हुन्छ । धेरै दिन राख्नु पर्ने भएमा तितेपातीले छोपेर राख्छ तितेपातीले छोपेर राख्दा लास कुहिदैन र गन्ध पनि आउदैन ।
– सुत्दा नराम्रो सपना देख्ने तर्साउने लगाएत यस्तो दुस्प्रभाव हटाउन पनि तितेपाती प्रयोग गरिन्छ ।
– यदि घरमा घरायसी कलह, विमेल, मन मुटाव भएमा पनि यो तितेपाती प्रोयोग गर्दा कलह हति मेलमिलाप गराउछ ।
– घरमा भएको निगेटिभ इनर्जीलाई हटाई पोजेटिभ इनर्जी सुचारु गर्छ साथै घरलाई सुद्द र चोखो बनाउछ ।
– ब्यापार, व्यवसायमा अवरोध आई काम कुराहरु नमिली बिग्री असफल भैई रहेमा पनि यो तितेपातीको प्रयोगले सबै अवरोधहरु हटी काम सुचारु भई फलिफाफ हुन्छ ।
– बच्चाको सातो गयो भने तितेपानी बालेर धुँवा सुंघाई दियो भने बच्चाको सातो गएको फर्किन्छ वा बच्चाको बिरामी सन्चो हुन्छ ।
तन्त्रका अनुशार घर भित्रको सर्व दोस निकाल्ने तरिका
तितेपाती, गोकुल धूप, कपुर, सुनपाती, धूपी र परेवाको लिड पिसेर धूप बाल्दा सम्पुर्ण वायु दोष नष्ट हुन्छ भनि मान्यता राख्छ ।
७ आर्थीक महोत्व
– यसबाट तेल निकाल्न सकिन्छ यो तेल बिदेशमा उच्च मूल्यमा बिक्रि हुन्छ ।
– मोक्जा कोन, मोक्जा उल, मोक्जा स्टिक बनाइ मोक्जा थेरापी र अक्कुपन्चर उपचारमा प्रयोग गर्न सकिन्छ ।
– चिया, धुप, मसला, सलादको रुपमा बेच्न सकिन्छ ।
८ बैज्ञानिक अनुसन्धान
– चाइनामा परम्परागत उपचार बिधिले औलो (मलेरिया) को ओखति बनाएकोमा र पाठे घर Uterus र Brest Cancer निको पार्ने ओखती बनाउन Research गरेकोमा Medical Research Novel पुरस्कार २०१५ द्वारा चाइनिज महिला बैज्ञानिक Tu yu yu सम्मानि हुनु भएको थियो । जसलाई TCM-Traditional Chaises Medicine भनिन्छ ।
– भारतमा वरिष्ठ बैज्ञानिक डाक्टर एन के सक्सेनाले बिगत २२ बर्ष देखि निसन्तर अनुसन्धान गर्दै आई राख्नु भएको छ । उँहाको अनुसन्धानले यो पुष्टि गरेको छ कि ९८% प्रतिसत सम्म अक्सिजन उत्सजर्न गर्छ । हावामा भएको सल्फर अक्साइड, कार्बोन मोनोअक्साइड जस्ता घातक वातावरणमा भएको ग्याँसलाई सोसेर, स्वस्थ अक्सिजन उत्पादन गर्छ ।
– यसमा भएको भोलाटाइल ओइलले भाइरस, ब्याक्टेरिया जस्ता सुक्ष्म जिवानुलाई मार्छ भने लामखुट्टे, झिङ्गा, साङ्गला लगाएतका मान्छेलाई टोक्ने किरालाई भगाउछ भन्ने पत्ता लगाएको छ ।
– कोरिया, अमेरिका लगाएतका देसले दुखाई कम गर्न Side Effect रहित ओखती बनाउनेमा यो तितेपाति सबभन्दा राम्रो बनस्पति हो भनि अनुसन्धान गरि रहेकोछ ।
९ गाउँघरमा यसरि परम्परागत रुपमा पनि प्रयेग गरिन्छ
– तामाङ जातीमा आफ्नो घर गाउँबाट टाढा जानु पर्यो भने महिलाले चुल्ठोमा, केटाले भए इष्टकोट वा टोपीमा र वच्चाहरुलाई पनि हातमा वोकाएर लाने चलन छ, यसोगर्दा बाटोमा भुत प्रेतले छुदैन र विरामी पर्दैन भन्ने मान्यता राख्दछन ।
– बाटोमा तितेपाती हातमा लिई हिड्यो भने मान्छेलाई टोक्ने भुसुना, झिङ्गा लगाएत अरु किराहरु भाग्छ ।
– प्राय जुगा पर्ने ठाउँ वा खेत बारीमा काम गर्न जाँदा जुगाको टोकाइबाट बच्न तितेपातीको झोल हात खुट्टामा दल्दा जुकाले टोक्दैन । यदि जुगाले टोकेमा पनि टोकेको ठाउँमा तितेपाती निचोरेर हाल्ने गरिन्छ । यो तितेपातीको झोलले रगत वग्न तूरुन्त रोकिन्छ । चिलाउने पनि कम हुन्छ र घाउ पनि चांडै निको हुन्छ ।
– बच्चालाई रुन्चे लागेमा वा विरामी भएमा वा भुत भगाउन भनि तितेपाती बालेर हम्काउने वा धुँवामा गुम्साएर राख्ने गरिन्छ ।
– वोक्सि भगाउन र आँखा लागेको निको पार्न पनि तितेपाती वालेर घर, गोठ, वारिमा धुँवा निकालेर राख्ने चलन छ ।
परम्परागत अन्य धेरै प्रयोग गरिन्छ ।
– घरको झ्याल , ढोका, दलिन, काठको दराज लगायत काठका सामानमा यो तितेपाती पकाएर झोल निकाली लगाउने गरिन्छ । यसो गर्दा काठ किराले नखाने र नविग्रने हुन्छ, साथै घरको झ्याल, ढोका, दलिन, काठको सामानको आयू वढछ ।
– घरको मूल ढोका, झ्यालहरुमा पनि तितेपाती झुण्ड्याएर राख्ने चलन छ । यसरि राख्दा घरमा मान्छे नहुँदा भुत प्रेत घरमा पस्न सक्दैन, सायद तितेपातीको बासनाले घरमा मुसा, सर्प, अरु मान्छेलाई टोक्ने किराहरु पनि भाग्ने गर्दछ ।
खेतिपातीमा तितेपातीको हाल सम्म पनि प्रयोग गरिन्छ ।
– घरमा लामखुट्टे, झिंगा, उपिया, उदुस, साङ्घला, लगाएत टोक्ने किरा भगाउन घर भित्र वालेर घर भित्र धुँवा भरिने गरिन्छ ।
– गाई, बाख्राको गोठमा पनि बस्तुलाई टोक्ने किरा मार्न पनि गोठ भित्र बालेर धुँवा पारिन्छ । गोठमा सोत्तर बनाएर भूईमा विक्षाएर गाई वस्तुलाई संक्रमन गर्ने परजिवीवाट बचाउन पनि प्रयोग गरिन्छ । साथै गोठको दुर्गन्ध, हटाउन र गोठमा सुगन्ध वासनाको लागि पनि तितेपातीको बढी प्रयोग गरिन्छ ।
– गोठको भूईमा सोत्तर वनाएर विक्षाएको तितेपाती असाध्य राम्रो गुण स्तरिए कम्पोष्ट मल वन्छ जसले खेत वारिमा उब्जनि बढाउछ । साथै यो कम्पोष्ट मल प्रयोग गरेको खेतमा वारि विगार्ने र किरा पनि लाग्दैन ।
– गाई वस्तु बिरामी भएमा पनि यो तितेपती खुवाउनाले विरामी निको हुन्छ भने गाई वस्तुको मिलन हुन नमानेमा पनि तितेपाती वस्तुको सरीरको बिषेस भागमा बालेर सेकाएमा भोलेले पोथी र पोथीले भाले खोज्छ । यसरि सन्तान वृद्धि गर्न मद्दत गर्छ ।
– वाली विगार्ने किरा फट्यांग्रा , मार्न वा भगाउन पनि यो तितेपातीको झोल छर्किने गरिन्छ ।
– अन्नलाई जोगाउन, घुन किरावाट वचाउन भण्डारण गरि राखेको अन्नको भकारि भित्र र वाहिर पनि तितेपातीको वोट राख्ने गरिन्छ । जसले अन्नलाई लामो समय सम्म जोगाई राख्न मद्दत गर्छ ।
– घर खेतमा मुसा र सर्पलाई भगाउन पनि यो तितेपातीके प्रयोग गरिन्छ ।
– घर, कुखुरा फार्ममा सुलसुले, उपिया, उडुस हटाउन पनि यो तितेपातीको प्रयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्: