A1 र A2 दूधको विज्ञान, स्थानीय गोवंशमा छ विश्वको सर्वोत्तम दुध

२१ कार्तिक २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

A1 र A2 दूधको विज्ञान, स्थानीय गोवंशमा छ विश्वको सर्वोत्तम दुध

संसारभरी दुधको शुद्धताका निम्ति उदाहरण बनेको हाम्रो दुधारू संपदा माथि ग्रहण लागि सकेको छ। पशुका दर्जनौं प्रजातिहरु विलुप्त हुने दोसाँधमा छन्। सिन्थेटिक दुधको प्रचलन, हरियो चारोको कमी एवं पशु हत्याको कारणले पोषणको मुहान सुक्न थालेको छ। दुध बढाउने नाममा हाम्रा स्थानीय नस्लका साथ विदेशी नस्लको घोलमेल हुँदा अमृतलाई पनि कठघरामा उभ्याईदिएको छ। न्युजिल्याण्डमा प्राध्यापक डा. वुडफोर्डले आफ्नो शोध पत्रमा स्पष्ट गरेका छन् कि नेपाल र भारतका समस्त गाईका दुधमा बीटा केसिन–२ पाइन्छ, जसमा आरोग्य बुद्धिवर्धक समस्त गुणधर्म छन्। दर्जनौं रोगलाई समूल नष्ट गर्ने गुणलाई वैज्ञानिक आधारमा सत्यापन गरिसकिएको छ। पौराणिक मान्यता अनुसार नेपाली तथा भारतीय गोवंश समुद्र मंथन बाट उत्पन्न भएका हुन्, त्यसैले जंगली प्रवृत्ति देखि टाढा रहेका छन्। दुधको गुणवत्ता वैज्ञानिक परिक्षणमा पनि हाम्रा स्थानीय गोवंश प्रमाणिक सिद्ध भएका छन्। न्युजिल्याण्डका डा. कीथ वुडफोर्डले एशिया एवं यूरोपीयन नस्लमा शोध गरेर निष्कर्ष निकालेका छन् कि प्राचीन कालमा यूरोपीय नस्लका गाईहरुमा उत्परिवार्तन (म्यूटेशन) भएको कारणले दुधमा बीटा केसिन ए–२ नष्ट भएर यसको स्थानमा बीटा केसिन–ए१ नामक विषाक्त प्रोटीन बन्न थाल्यो भने हाम्रा स्थानीय नस्लका गाईहरुमा म्यूटेशन नहुनाले दुधको गुणस्तर यथावत रहेको छ। भारतका सबै दुग्ध उत्पादन केन्द्रमा लगभग ६०% उत्पादन स्थानीय गाई बाट हुन्छ भने नेपालमा त्यो सून्य प्रायः छ। बिडम्वना नै भनौं, यहाँ भैंसी र बिदेशी नस्लका विषाक्त दुध दिने जर्शी पालनको होड नै चलेको छ र सरकारले पनि यसैमा अनुदान दिने गरेको छ भने स्थानीय गौवंश लोप हुने तरखरमा छ। यस बारे हामीले समयमै केहि प्रभावकारी कदम नचाल्ने हो भने हाम्रा सन्ततिको भविष्य अन्धकारमा डुब्नेछ।

Advertisement:

विदेशी नस्लका पशुको दुधमा बिष… !!

अमेरिकामा गरिएको एक शोध अनुसार विदेशी नस्लका पशुको दुधमा बीटा केसिन ए–१ नामक प्रोटीन पाइएको छ जसलाई बिष जस्तो भनिएको छ। यो दुधको प्रोटीन पाचन हुँदा एक प्रकारको उत्पादन बन्छ जुन पाचन भन्दा पहिले नै रक्तप्रवाहमा मिसिन्छ जसको कारणले हृदय रोग, मधुमेह, क्यान्सर, सिट्जनोफ्रेनिया, एवं अन्य अनेकौं घातक रोगहरु लाग्छन्। “द डेविल इन मिल्क” नामक पुस्तकमा स्पष्ट गरिएको छ कि ए–२ प्रकारको दुधको प्रयोग मात्र मानव स्वास्थ्यका निम्ति उत्तम छ। अमेरिका र एवम न्युजिल्याण्डका कम्पनिहरुले जेनेटिकल्ली टेस्टेड ए–२ दुध बजारमा उपलब्ध गराइरहेका छन्।

वैज्ञानिकहरु के भन्दै छन् ?

यहाँका पशुको नस्लीय विशेषता हमेशा सम्मानजनक रहेको छ। यहाँका गोवंशको गोबर र मूत्रमा रेडियोधर्मितालाई निष्क्रिय गर्ने क्षमता छ जुन कुरो भारतको भोपालमा भएको ग्यास त्रासदीको समयमा पनि सिद्ध भैसकेको छ। गोबरले लिपेको घरमा यसको प्रभाव कम भयो। अमेरिकाले पनि गोमूत्रमा ४ वटा पेटेन्ट क्यान्सर विरोधी तत्वको रुपमा लिएकोछ। गाईको दुध सर्वोत्तम पेय मानिन्छ, गाईका सबै गव्यहरुमा एकदम सुद्ध स्वर्ण भस्म पनि पाइन्छ। गाईको घिउ सेवन गर्नाले रगतमा राम्रो कोलेष्ट्रोलको   मात्रा वृद्धि हुन्छ भने खराब कोलेस्ट्रोलको मात्रा घट्छ। हृदय रोगिहरुका निम्ति गाईको घिउ उत्तम मानिन्छ। गौमाताको दुध बाट बनेको दहीमा यस्ता जीवाणु पाइन्छन् जसले एड्स विरोधी गुणधर्म राख्दछन्।

जैविक प्रविधिको यो युगमा गोवंशका लागी अपार संभावनाहरु छन्। यहाँको जलवायुको कारणले पनि दुधको गुणस्तर उच्च छ। यो सृष्टिकै सर्वोत्कृष्ट नस्ल कामधेनु गाई त लोप भैसक्यो, तर त्यसैको प्रनिधि गुण–धर्म बोकेको “निलगाई” हाम्रै देशको बाँके र बर्दियाको जङ्गलमा छ। चोरी – शिकारीको कारणले यो पनि लोप हुने स्थितिमा छ। विश्वको सबभन्दा सानो गाईः नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रको अछाम जिल्लामा उत्पत्ति मानिने यस गाईको उचाइ ८८से.मि.तथा औसततौल ११० किलोग्राम हुने गर्दछ। यो गाईलाई “नौमुठे” गाई पनि भनिन्छ । यो गाई कैलाली, कंचनपुर, बझाङ र डोटी जिल्लाका केहि स्थानमा पनि छन् तर यो पनि सरकारी नीति र हाम्रो लापरबाहीका कारण लोपोप्न्मुख छ। विश्वको दोस्रो सानो गौवंशको प्रजाति “लुलु” गौवंश पनि नेपालकै मुस्ताङ र मनाङका केहि स्थानमा अहिले सम्म केहि मात्रामा जीवित छन्।

यो गाईको जुरो हुदैन । यी गाईहरुको शारीरिक तौल १५०–२०० किलोग्राम सम्म हुन्छ। काठमाण्डौ र चितवनमा यसको विकास र नस्ल सुधारको प्रयास गरिएको भए पनि सरकारी नीति भरपर्दो नभएको र शोधकर्ताहरु नाफामुखी भएको कारणले त्यति उपलब्धि मुलक देखिएको छैन। अर्को सर्वोत्कृष्ट नस्लको श्रीगाई लगभग लोप भैसक्यो भन्दा पनि हुन्छ। नेपालको पूर्वी पहाडका केहि गाउँमा मात्र नगन्य संख्यामा जीवित रहेको आशंका गरिएको छ। तराई गाईः मुख्यरुपमा नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ ।

हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा नै छ । पहाडी गाईः नेपालको मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरु भूटान, सिक्किम र दार्जि्लिङ बाट भित्रिएको पाइन्छ । मुख्यतया यी गाईहरु गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन् । यी गाईहरुको शारीरिक तौल २००–३०० के.जी सम्म हुन्छ। शरीरको रङ कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ । पहाडी गाईले सरदर एक वेतमा १५०–२०० लिटर सम्म दुध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउछन्।

याक, नाक र चौरीः यी गाईहरु नेपालको हिमाली क्षेत्रहरुमा पाइन्छन् । यी गाईहरुको ठूलो शरीर, लामा लामा तिखा सिंग र शरीर भरी भुत्ला भएका हुन्छन् । याकको पोथीलाई नाक भनिन्छ । याक र नाकलाई पहाडी गाई र गोरुसंग प्रजनन गराई खच्चड उत्पन्न गरिन्छ, जसलाई चौरी भनिन्छ। पहाडी गोरु (किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ । त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ । यस्तो अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरुले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । दुध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नका लागि उरंग झोप्क्यो उत्तम मानिन्छ । आर्थिक वर्ष २०७४-०७५ को आर्थिक सर्वेक्षण अनुसार स्वदेशी र विदेशी गरि नेपालमा करिब ७४ लाख गाईगोरुको संख्या छ। पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा ८ लाख मात्र स्थानीय प्रजातिका गाई छन्। हाल नेपालका स्थानीय गाईले आधा लिटरदेखि २ लिटर दूध दिन सक्छन्। शाहीवालः यो गाई नेपालमा कमै मात्रामा पाईन्छ। यो गाईले प्रती बेत औसत २५०० लिटर दुध दिने गर्दछ। यस्को दुधमा ४–६ प्रतिसत सम्म चिल्लो पाईन्छ। अरु नेपालमा नपाइने बर्णशंकर जातहरुमा थारपार्कर, गिर, हरियाना लगायतका गाईहरु पर्दछन्।

अन्जानमा हामीहरुले आफ्नो परिवारलाई कतै विषालु दुध त खुवाइरहेका छैनौं ?

भारतका प्रमुख पशु चिकित्सक एवं वरिष्ठ वैज्ञानिकहरुले गरेको शोधको आधारमा दिइएको जानकारीः अधिकांश विदेशी गोवंश (होलेस्टीन, जर्सी, एच एफ आदि) को दुधमा ‘बीटा केसीन ए–१’ नामक प्रोटीन पाइन्छ जसको कारणले अनेकौं गम्भीर रोग पैदा हुन्छन्। ति मध्ये पाँच प्रकारका रोग भएको स्पष्ट प्रमाण त वैज्ञानिकहरुलाई भेटिसकिएको छ जस्तै– रक्तवाहिनी नाडीहरु अवरुद्ध हुनु (इस्चीमिया हर्ट डीजीज)। प्यांक्रियाज खराब हुनु जसमा इन्सुलिन बन्न बन्द हुन्छ, जसलाई मधुमेह–मेलिटस (डाइबिटिज टाईप–१) भनिन्छ। मानसिक रूपमा अपाङ्ग बालबालिकाको जन्म हुनु जसलाई“अटिज्म” भनिन्छ। स्नायु कोषहरु नष्ट हुनु तथा अन्य मानसिक रोग (शिजोफ्रेनिया)। बालबालिकाहरु कुनै अज्ञात कारणले अचानक मर्न थाल्छन् (सडन इनफेण्ट डेथ सिंड्रोम)।

टिप्पणीः विचारणीय पक्ष यो छ कि विदेशी जनावरको हानिकारक ए–१ प्रोटीनका कारण यदि उपरोक्त पाँच असाध्य रोग हुन्छन् भनेअन्य अनेकौं रोग पनि त हुन्छन् होला। यदि यो दुधका कारण मनुष्यको प्रतिरक्षा प्रणाली नष्ट हुन्छ भने थाहा छैन, अन्य कस्ता कस्ता रोगहरु पनि हुने हुन् जसको अहिले सम्म खोज भएको छैन।

दुधको संरचनाः सामान्यतः दुधमा ८३–८७ प्रतिशत सम्म पानी, ३.५–६ प्रतिशत सम्म चिल्लो, ४.८–५.२प्रतिशत सम्म कार्बोहाइड्रेड, ३.१–३.९ प्रतिशत सम्म प्रोटीन हुन्छ। यस प्रकार कुल ठोस पदार्थ १२–१५ प्रतिशत सम्म हुन्छ। ल्याक्टोज ४.७–५.१ प्रतिशत सम्म हुन्छ। शेष तत्व अम्ल, एन्जाईम विटामिन आदि ०.६–०.७ प्रतिशत सम्म हुन्छन्। गौमाताको दुधमा पाइने प्रोटीन २ प्रकारको हुन्छ। एक ‘केसीन’ र अर्को ‘ह्वे’ प्रोटीन। दुधमा केसीन प्रोटीन ४ प्रकारको पाइन्छ जस्तै– अल्फा एस–१ (३९–४६प्रतिशत) अल्फाएस–२ (८–ज्ञज्ञप्रतिशत) बीटा केसीन (२५–३५प्रतिशत) कापा केसीन (८–१५प्रतिशत) गौमाताको दुधमा पाइने प्रोटीनमा लगभग एक तिहाई ‘बीटा केसीन’ नामक प्रोटीन हुन्छ। अलग–अलग प्रकारका गऊमा वंशानुगत नियम (जैनेटिक कोड) का आधारमा ‘केसीन प्रोटीन’ अलग–अलग प्रकारको हुन्छ जसले दुधको संरचनालाई प्रभावित गर्दछ, अर्थात्, त्यसमा गुणात्मक परिवर्तन गर्दछ। उपभोक्तामा त्यसको अलग–अलग प्रभाव पर्न सक्छ।

बीटा केसीन ए–१ र ए–२ मा अन्तर के छ ?

बीटा केसीन १२ प्रकारका हुन्छन् जसमध्ये ए–१ र ए–२ प्रमुख हुन्। ए–२ को एमिनो एसिड श्रृंखलामा ६७औं स्थानमा ‘प्रोलीन’ हुन्छ भने ए–१ को प्रकारमा यो ‘प्रोलीन’ को स्थानमा विषाक्त ‘हिस्टिडीन’ छ। ए–१मा यो कमजोर हुन्छ तथा पाचनको समयमा टुट्छ र विषाक्त प्रोटीन ‘बीटा केसोमर्फीन–७’ बनाउँछ।

विदेशी गोवंश (जर्शी आदि) विषाक्त किन ?

विदेशी गोवंशमा अधिकांश गौको दुधमा ‘बीटा केसीन ए–१’ नामक प्रोटीन पाइन्छ भन्ने कुरो सुरुमै भनियो। हामी जब यो दुध सेवन गर्दछौं र यसमा शरीरका पाचक रस (एन्जाइम) मिसिएर यसको पाचन शुरू हुन्छ, तब यो दुधको ए–१ नामक प्रोटीनको ६७औं कमजोर भाग फुटेर अलग हुन्छ र यसको ‘हिस्टिाडीन’ बाट ‘बी.सी.एम.७’ (बीटा क्यासो मर्फिन–७) को निर्माण हुन्छ। सात भाग भएको यो विषाक्त प्रोटीन ‘बी.सी.एम–७’ ले पूर्वोक्त सारा रोग उत्पन्न गर्दछ। शरीरको प्रतिरक्षा प्रणालीलाई नष्ट गरेर अनेकौं असाध्य रोगहरुको कारण बन्छ।

रैथाने गोवंश विशेष किन छ ?

हाम्रा स्थानिय नश्लका गौवंशको दुधमा ए–२ प्रकारको प्रोटीन पाइन्छ अर्थात् यो दुध विष रहित छ। यसको दुधको प्रोटीनको एमीनो एसिड सृंखला (बीटा केसीन ए–२) को६७औं स्थानमा‘प्रोलीन’ छ र यो आफ्नो ६६औं भागका साथ मजबूतीका साथ जोडिएर रहन्छ तथा पाचनको समयमा पनि टुटफुट नभएर यथावत रहन्छ। ६६औं भागमा ऐमीनो एसिड ‘आइसोल्यूसीन’ हुन्छ। वैज्ञानिकहरुको अनुमान छ कि हाम्रा रैथाने नश्लका केहि गौवंशमा देखिएको ए–२ नामक विषालु प्रोटीन विदेशी नश्लका गोवंशका साथ भएको उत्परिवर्तन(म्यूटेशन)का कारण आएको हुन सक्छ। गुणसूत्रहरु जोडीमा हुन्छन्, अतः स्वदेशी–विदेशी गोवंशको डी.एन.ए. जाँच गर्दा ‘ए१, ए२’ ‘ए१, ए२’ ‘ए२, ए२’ को रूपमा गुणसूत्रहरुको पहिचान हुन्छ।

स्पष्ट नै छ – विदेशी गोवंश ‘ए–१,ए–१’ गुणसूत्र वाला तथा हाम्रा रैथाने‘ए२, ए२’ हुन्। केवल दुधको प्रोटीनको आधारमा नैरैथाने गोवंशको श्रेष्ठता नाप्नु अपर्याप्त होला। किनकि भेडी,बाख्री, भैंसी, ऊँटनी आदि पशुहरुको दुध विष रहित ए२ प्रकारको हो। हाम्रा स्थानीय नश्लका गोवंशमा यसका अतिरिक्त पनि अनेकौं गुण पाइएकाछन्। भैंसीको दुधको वसा आकार(ग्लोब्यूल) अपेक्षाकृत अधिक ठूलो हुन्छ यसले मानव मस्तिष्कमा नराम्रो असर गर्दछ। आयुर्वेदका अनुसार पनि भैंसीको दुध मस्तिष्कका लागि राम्रो मानिदैन, यो कफ र वातकारक (गठिाया जस्तारोग उत्पन्न गर्नेवाला), गरिष्ठ तथा कब्जकारक छ भने गोदुग्ध सुपाच्य,बुद्धि, आयु तथा स्वास्थ्य र सौन्दर्य वर्धक भनिएकोछ। रैथाने गोवंशमा अनेकौं गुणः बुद्धिवर्धकः अनेकौं शोध र अनुसन्धान बाट प्रामाणित भएको छ कि रैथाने गौमाताको दुधमा ‘सेरिब्रोसाईट’ नामक तत्व पाइएको छ जसले मस्तिष्कको सेरिब्रमलाई स्वस्थ र सबल बनाउँछ। यसले स्नायु कोशलाई बल दिनुका साथै बुद्धि वर्धक पनि छ। स्फूर्ति प्रदायकः जन्मना साथ गाईका बाच्छा–बाच्छी हिंड्न र दौडन थाल्छन् भने भैंसीका पाडा–पाडी घिस्रीन थाल्छन्।

यसबाट स्पष्ट हुन्छ कि गाई र उनको दुधमा अधिक स्फूर्ति हुन्छ। आँखाको ज्योति, शरीरको उचाई र बल बढाउनेः रैथाने गौमाताको आँत १८० फिट लामो हुन्छ। गोदुग्धमा केरोटीन नामक एक यस्तो उपयोगी एवं बलशाली पदार्थ पाइन्छ जुन भैंसी र अन्य जनावरको दुध भन्दा अधिक प्रभावशाली हुन्छ। यो तत्व आँखाको ज्योति, बालबालिकाको शरीर र बल बढाउनका लागि अत्यन्त उपयोगी हुन्छ र यो क्यान्सररोधक पनि छ। रोगप्रतिरोधी क्षमता बढाउनेः गौमाताको दुधमा स्टोनटियन नामकपदार्थ पनि हुन्छ जुन विकिरण (रेडियेशन) प्रतिरोधक हो र यसले अनेकौं रोगहरुलाई शरीरमा आक्रमण गर्न बाट रोक्ने कार्य गर्दछ। रोगाणु बाट लड्ने क्षमता बढाउने भएको हुनाले शरीरमा रोगको प्रभाव क्षीण हुन्छ। गोदुग्धमा ओमेगा–३ः फ्याटी एसिडले मस्तिष्कलाई सुरक्षा गर्छ । ओमेगा ३ ले रक्तधमिनी र आँखालाई स्वच्छ राख्छ। यसको प्रभाव मस्तिष्कमा पनि पर्छ, जसले क्रियासिल र स्वस्थ्य बनाउँछ । आधुनिक वैज्ञानिक अनुसंधान बाट यो कुरा सिद्ध भैसकेको छ कि गोदुग्धमा सबभन्दा अधिक मात्रामा ओमेगा–३ नामक पौष्टिकतावर्धक तत्व पाइन्छ जुन अनेकौं रोगलाई निर्मूल पार्नका लागि रामबाण सावित भएको छ। आहारमा ओमेगा–३ ले डी. एच.ए. तत्व बढाउँछ। यहि तत्वले मानव–मस्तिष्क र आँखाको ज्योति बढ्छ।

डी. एच. ए. मा दुई वटा तत्व ओमेगा–३ र ओमेगा–६ पाइन्छ। मस्तिष्कको संतुलन यहि तत्वले बनाइ राखेको हुन्छ। आज विदेशी कम्पनिहरुले यसैको क्याप्सुल बनाएर औषधिको रूपमा बेचेर अरबौंको कमाइ गरिरहेका छन्। भीटामिनले भरपूर आमा कै दुधको समकक्षः भारतीय रसायन वैज्ञानिक प्रा.एन. एन. गोडबोलेका अनुसार गोदुग्धमा अल्बुमिनाइड, वसा, क्षार, लवण तथा कार्बोहाइड्रेडका साथै समस्त विटामिन पनि उपलब्ध छन्। गोदुग्धमा ८ प्रतिशत प्रोटीन, ०.७प्रतिशत खनिज तथा भिटामिन– ए, बी, सी, डी र ई प्रचुर मात्रामा विद्यमान छन् जुनगर्भवती महिला रबालबालिकाहरुका निम्ति अत्यन्त उपयोगी हुन्छन्।

खराब कोलेष्ट्रोल बाट मुक्तिः वैज्ञानिकहरुकाअनुसार गौमाताको दुधमा खराब कोलेष्ट्रोलको मात्रा कम गर्ने र असल कोलेष्ट्रोलकोमात्रा बढाउने गुण हुन्छ। योहृदय रोगिहरुका लागि अत्यन्त उपयोगी मानिएको छ। यसको सेवनले मोटोपन पनि बढ्दैन। शरीर चुस्त र दुरुस्त रहन्छ। क्षयरोग र अर्वुद रोगमा लाभदायीः क्षय (टी.बी) रोगीलेयदि गाईको दुधमा कुरिलोको जरो मिलाएरमिलाकर सेवन गर्ने हो भने क्षयरोगसमाप्त हुन्छ। एसमाएच.डी.जी.आई. प्रोटीन पाइने हुनाले रक्तशिराहरुमाअर्वुद रोगप्रवेश गर्न सक्दैन। गिरी विहार, संकुल राष्ट्रिय राजमार्ग संख्या ८, नवसारी मार्ग, वागलधारा,बलसाड़ जिल्ला, गुजरात भारतमा ८० शैयाको पन्चगव्य चिकित्सा आधारित अर्वुद अस्पताल छ। त्यहाँ तेस्रो स्तरको अर्वुद रोगिहरुकोपनि सफल उपचार हुन्छ।

गोदुग्धले हृदयाघात बाट जोगाउँछ, भारतीय हृदयरोग विशेषज्ञ डा. शान्तिलाल शाहको भनाइ अनुसार जर्शी र भैंसीको दुधमा जटिल शृंखलाको वसा (लङ्गचेन फ्याट) हुन्छ जुननसामा जम्छ। फलस्वरूप हृदयाघातको सम्भावना अधिक हुन्छ। त्यसैलेहृदय रोगिहरुका लागि गाईको दुध नै सर्वोत्तम छ। भैंसीको दुधमा ग्लोब्यूल्ज पनि आकारमा अधिक ठूला हुन्छन् यी स्नायु कोषका लागि हानिकारक छन्। भिटामिन बि–१२,  रैथाने गौमाताको गव्यहरुमा भिटामिन बि–१२अत्यधिक मात्रामा पाइन्छ, जुन दिर्घायु र स्वस्थ शरीरका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले बालबालिका तथा वयस्कहरुको शारीरिक तथा मानसिक विकासमा वृद्धि हुनुका साथै रक्तको कमि हुने रोग–रक्ताल्पता(एनीमिया), सिकेलसेल, थेलिसीमियापनि ठीक हुन्छ।

गाईको दुधमा दस गुण चरक संहिता (२७÷२१७) मा गाईको दुधमा दस गुणको वर्णन छ– स्वादु, शीत, मृदु, स्वादिष्ट, शीतल, कोमल, चिल्लो, गाढा, श्लक्ष्ण, लसदार, भारी र बाहिरि प्रभावलाई विलम्बता पूर्वक ग्रहरण गर्नेवाला तथा मनलाई प्रसन्न गर्नेवाला हुन्छ। केवल रैथाने नस्लका गाईको दुध मात्र पौष्टिक विविध अध्ययनमा पाइएको छ कि रैथाने गौमातामा प्रचुर मात्रामा ए–२ एलील जीन पाइन्छ जुन उनीहरुलाई स्वास्थ्यवर्धक दुध उप्तन्न गर्नमा मद्धत गर्दछ। स्थानीय नस्लका गाईमा योजीनको आवृत्ति १०० प्रतिशत सम्म पाइन्छ। प्रवरं जीवनी यानां क्षीरमुक्त्तं रसायनम् ।। अर्थात, महर्षि सुश्रुतले पनि गो दुग्धलाई जीवनीय भनेका छन्। ज्वरव्याधिनाशक, रसायन, रोग तथा वृद्धावस्था नष्ट गर्ने वाला, क्षतक्षीण रोगीहरुका लागि लाभकारी,बुद्धिवर्धक, बलवर्धक, दुग्धवर्धकतथा थोरै विरेचक छ। कमजोरी,थकावट, चक्कर आउने, मद, अलक्ष्मी दूर गर्दछ।

आयु स्थिर राख्छ रउमेर बढाउँछ। बिगौती (कोलेस्ट्रम) मा छ भरपुर मात्रामा जीवनी शक्तिः प्रसव पछी गाईको प्रथम दुधमा यस्तोतत्व पाइन्छ जुनअत्यन्त मूल्यवान, स्वास्थ्यवर्धक हुन्छ, जसलाई बिगौती, बिघौरी, प्रथमस्तन्य, खीस आदि नामले जानिन्छ। त्यसैले यसलाई सुकाएर क्याप्सुल बनाएर असाध्य रोगको चिकित्साका लागि बेच्ने पनि गरिएको छ। यही कारणले जन्मेपछि बच्चालाई यो दुध जसरि भए पनि सेवन गराउनु पर्दछ। यसबाट उसको जीवनी शक्ति आजीवन बनीरहन्छ। यो वाहेक गाईका अन्य गव्यहरुमा अर्वुद विरोधी तत्व (एनडीजीआई) पनि पाइएको छ; यसमा अमेरिकाले पेवा (पेटेन्ट) लिएकोछ। गो गव्य नै सर्वोत्तम आहार हो यज्ञ गर्दा अग्निमा हवन गरिने घृत केवल गो–घृत नै हुनु पर्दछ तब मात्र यज्ञको उपादेयता सिद्ध हुन्छ। बजारमा पाइने रसायन,बोसो र प्लास्टिक मिलाइएको अशुद्ध घृतको हवन गर्दा नकारात्मक उर्जा वृद्धि हुनुकासाथै प्रदुषण बढ्छ र यज्ञ तामसिक बन्छ।

अतः यज्ञमा केवल सुद्ध गौ उत्पादन मात्र प्रयोग गर्नु पर्दछ। शास्त्र विरुद्ध गरिएको अवैदिक कार्य सम्पूर्ण सृष्टिका लागि हानिकारक हुन्छ। शास्त्रमा जहाँ पनि गोमूत्र, गोमय, दुध,दही, तक्र (मोही) घृत आदि उल्लेख गरिएको छ, त्यो केवल गौमाता बाट प्राप्त गव्य नै हुन् किनकि त्यति बेला भैंसी,जर्सी, होलिस्टीयन जस्ता पशुको व्यवहार कहिल्यै शास्त्रमा आएकै छैन। शरीर भयङ्कर रोगले ग्रसित भएर अत्यन्त दुःखी हुँदा पनि सामान्य व्यक्ति मात्र हैन बुद्धिजीवि, र कैयौंमहानसाधु–संतहरुमा पनि भोजनको शुद्धतामा सजगता देख्न सकिन्न। दुध र घीऊको विषयमा त झन् तिनीहरु बिल्कुल लापरवाह या अनभिज्ञ जस्ता देखिन्छन्। मस्तिष्काघात, हृदयघात र धमनी अवरुद्ध (ब्लकेज) मा मुख्य कारण मानिने खराब कोलेष्ट्रोल मुख्यतः गोघृतको साटो खाइएको अन्य पशुको घृत नै हो, जसलाई हाम्रो पाचन प्रणालीले पचाउन सकेन। योबाहेक गुणमा गौमाताको दुध सात्विक, भैंसीको राजसी रजर्सी–होलिस्टीयन लगायतका पशुको तामसी हुन्छ। यी उत्पादन खानाले यिनको गुण जस्तो छ, हाम्रोमन मस्तिष्क र हृदय पनि त्यस्तै बन्छ। सेतो रङको सबैतरल पदार्थ दुध हुँदैन।

अहिलेगरिएको गौमाताको त्याग र तिरस्कार मुख्यरूपले दुधको मात्रा र त्यसको व्यापार सङ्ग मात्रसम्बन्धित छ। बेच्ने व्यापारीले त पैसा कमाउनका लागि यस्तो कुकर्म गर्दैछ, तर किनेर खानेहरु दुधप्रति सचेत तथा शिक्षित नहुनाको कारणलेशुद्ध गौमाताको दुधकोमाग गर्नसकेका छैनन्। गौमाता प्रति लगातार गरिएको उदासीनताले हाम्रो देशमा रैथाने गौमाताको नस्लमा भारी गिरावट आएको छ जसको कारण दुध झन्–झन् कम दिदै छन् र बिस्तारै लोपहुँदै छन्। देशमा दुधको माग केवल दुई वटा फाल्तु कारणले बढ्दैछ; त्यो हो– चिया–कफी रमिठाई। यदि हामीले चिया र कफी (जुनजीवन निर्वाहका लागि कुनै आवश्यकता नै छैन) खान छोड्यौं भने दुधकोखपत एकदमकम हुनेछ। अहिलेजुनजो मिठाई बजारमा किन्न पाइन्छ र किनेर खाइदैछ, त्यो एकदम विषाक्त छ, त्यसले स्वास्थ्य लाभको साटो हानि अधिक गरिरहेको छ। केवल जिब्रोको स्वादका लागि खानाले रोगग्रस्त हुँदैछौं। यस्ता मिठाई पनि यदि परित्याग गरिदियौं भने दुधको खपत झनै घट्नेछ। त्यस्ता मानिसहरुको संख्या अत्यन्त कम छ जसले स्वास्थ्यका लागि दुध खाने गर्दछन्। बालबालिकाहरुले भने दुध अहिले पनि खाइरहेका छन् र उनीहरुलाई यो आवश्यक पनि छ। जब दुधकोमागकम हुन्छ तब त्यसको पूर्ति केवल गौमाता बाट नै पूराहुनेछ। यसबाटलाभ यो हुनेछ कि हामीले शुद्ध दुध खान पाउने छौं। हाम्रो स्वास्थ्य र करोडौंको खर्च बच्नेछ। चिया–कफी र मिठाईका लागि अधिक दुधको मागले गर्दा गौमातालाई घर देखि बाहिर सडकको वास बनाएको छ र गौतस्करी र गौहत्या बढेको छ।

कहानी भन्ने गरिन्छ कि एकपटक अकबरले बीरबलसङ्ग सोध्यो –सबभन्दा उत्तम दुध कुन जनावरको हुन्छ ? बीरबलले तुरुन्त उत्तर दियो भैंसीको, अकबरलाई बीरबलले यस्तो उत्तर देला भन्ने आशा थिएन । उसले बिरबललाई सनातनी गौको प्रबल पक्षधर सम्झन्थ्यो, त्यसैले बीरबलको यस्तो उत्तर सुनेर ऊ आश्चर्यचकित भयो। अकबरले यो पनि राम्रोसङ्ग जान्दथ्यो कि बीरबलले कहिल्यै गलत उत्तर दिदैनथ्यो, तरआज यस्तो कसरि भयो ? अकबरलेफेरी सोध्यो –कसरि र किन ? बीरबललेउत्तर दियो–महाराज, दुध त प्रत्येक दुधालु पशुले मात्र दिन्छन्। ति मध्ये भैंसीको दुध ठीक छ। महाराज, गाईलाई मैले पशु हैन माता समान मान्छु र गाईले दुध हैन साक्षात् अमृत दिन्छिन्। मैले त्यसलाई दुधको श्रेणीमा राख्न सक्दैन।

अतः मात्रा हैन दुधको गुण हेरौं; हामी गुणका पूजारी हौँ। सेतोबिष बाट बचौं..! जय गौमाता..! जय गोपाल…!

प्रतिक्रिया दिनुहोस्: